राष्ट्रिय सुरक्षालाई सुदृढ बनाउन प्रजग कोरियाद्वारा क्लस्टर क्षेप्यास्त्र परीक्षण
- बैशाख ७, २०८३
कोहलपुर, ४ भदौ । नेपाल मजदुर किसान पार्टी कोहलपुरको दोस्रो नगर सम्मेलन शनिबार नेमकिपाका केन्द्रीय सदस्य नवराज कोइरालाले उद्घाटन गर्नुभयो ।
उद्घाटन समारोहमा केन्द्रीय सदस्य नवराज कोइरालाले नेपालमा बहुमत कामदार जनता रहे पनि सीमित शोषक र दलाल पुँजीपतिहरूले राज गरिरहेको बताउँदै मजदुर किसानको नेतृत्वमा शासन व्यवस्था हुन जनताको प्रजातन्त्र हुँदै समाजवादी व्यवस्था ल्याउन गाउँ–गाउँमा सङ्गठन विस्तार गर्नुपर्छ भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईंले देशघाती नागरिकता विधेयक पुनः संसद्मा पेश गर्ने थाहा पाउनासाथ देशभक्त हजारौँ जनताले संसद् घेरेको चर्चा गर्दै विदेशीहरूलाई खुकुलो गरी नागरिकता वितरण गर्दा देशको अस्तित्व नै सङ्कटमा पर्ने बताउनुभयो ।
नाकाबन्दीको विरोधमा पनि नेमकिपामात्र सडकमा आन्दोलित रहेको स्मरण गर्दै केन्द्रीय सदस्य गोसाईंले शासक दलहरूको देशघाती कदमविरूद्ध व्यापक जनतालाई सङ्गठित बनाउन आवश्यक छ भन्नुभयो ।
नेमकिपा लुम्बिनी प्रदेश संयोजक हरिसुन्दर वासीले देशघाती नागरिकता संशोधन विधेयकमाथि पुनः विचार गर्न राष्ट्रपतिबाट संसद्मा पठाइएको अवस्था गहन छलफल गर्नुको बदला भोटो देखाएजस्तो गरेको चर्चा गर्दै बहुमतको नाममा हाहु गरेर विधेयक पुनः संसद्बाट पास गर्दा संसद्को निर्णय क्षमतामाथि नै प्रश्न उठेको छ भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले जनताको सेवा गर्न कुनै पद हुनैपर्छ भन्ने नभएको चर्चा गर्दै हरेक राजनीतिक कार्यकर्ताले जनताको आवश्यक्ताबारे आवाज उठाएर जनताको सेवा गर्न सकिन्छ भन्नुभयो । शासक दलहरूले किसानहरूको समस्यालाई बेवास्ता गर्दै आएको उल्लेख गर्दै नेमकिपाले पहिलादेखि नै रासायनिक मल कारखाना खोल्न आवाज उठाइरहेको छ भन्नुभयो ।
नेमकिपा बाँकेका अध्यक्ष बखत थापाले पार्टीको विगतका इमानदारिताको कारण देशभक्त जनताको ध्यान नेमकिपातर्फ खिचिएको चर्चा गर्दै पार्टीका शुभचिन्तकहरूलाई सङ्गठित गर्न कार्यकर्ताहरू अझै सक्रियतापूर्वक जुट्न अनुरोध गर्नुभयो ।
नगर अध्यक्ष अन्जिरबहादुर शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेमकिपा नेपालगञ्ज नगर अध्यक्ष दिल्लीबहादुर पुन, नेक्रा महिला सङ्घ केन्द्रीय सदस्य सुनकेस्रा शाही, नेक्रायुसङ्घ बाँकेका अध्यक्ष हिराबहादुर शाही, नेक्रा महिला सङ्घ बाँकेका अध्यक्ष कोकिला शाही, नेक्राशिसङ्घका वीरबहादुर थारू, नेक्राकिसङ्घका लोकबहादुल डाँगी, नेमकिपा बैजनाथ गाउँ समितिका अध्यक्ष मोहन थापा, नेक्राविसङ्घ बाँके जिल्ला अध्यक्ष भावना थापालगायतले सम्मेलन सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा खड्गबहादुर थापाले पनि बोल्नुभएको थियो । सम्मेलनमा शेरबहादुर शाही र सरोजा थापाले गीत प्रस्तुत गर्नुभएको थियो ।
सम्मेलनको बन्दसत्रले खड्गराज थापाको अध्यक्षतामा नौ सदस्यीय नेमकिपा कोहलपुर नगर समिति निर्वाचित गरेको छ ।
Leave a Reply