न्यायालय पनि लामो समयदेखि दबाबमा बाँच्ने गरेको देखिन्छ
- बैशाख ७, २०८३
काठमाडौँ, १७ भदौ । प्रेस काउन्सिल ऐन २०४८ लाई नेपाल मिडिया काउन्सिल ऐन राख्ने विधेयक ल्याइएको छ । स्थानीय तहको वडा विभाजन गर्दा वडा नं १ लाई १० बनाएर नयाँ नेपाल भनिएझैँ प्रेस काउन्सिल ऐनलाई मिडिया काउन्सिल ऐन राखिँदैमा के नयाँ नेपाल होला ? ऐनमा लेखिँदैमा नयाँ नेपाल हुँदैन । भ्रष्टाचार, महँगी बढ्दो छ । भारतबाट ५० अर्बको चामल आउँछ । काठमाडौँको लागि ४० प्रतिशत तरकारी भारतबाट आउँछ । यस्तो अवस्थामा नयाँ नेपाल कसरी होला ? आफ्नो भूमिमा कृषि उत्पादन नगर्ने र तरकारी, चामललगायत कृषि मलसमेत दिन नसक्ने सरकारको नयाँ नेपाल कसरी हुन्छ ?
प्रिन्ट मिडियाको लागि कागज उत्पादन गर्ने भृकुटी कागज कारखाना सस्तोमा बेचेपछि अहिले त्यहाँको जग्गा खरिद बिक्री भइरहेको छ । राज्यको जग्गा व्यक्तिलाई बिक्री गर्ने र महँगोमा विदेशबाट कागज खरिद गर्ने अवस्थामा नयाँ नेपाल कसरी हुन्छ ?
आस्थाको पत्रकारिता गर्ने संस्थालाई सञ्चारमाध्यमसँग सम्बन्धित सामग्री प्रेस, विद्युतीय उपकरण, क्यामेरा, कागज सस्तोमा उपलब्ध गराउनुपर्छ । नाफा खाने पेशागत सञ्चार संस्थाबाट देसै चल्दैन । मन्त्रीलाई कमिसन र कर्मचारीलाई घुस चाहिने मिडिया होइन आस्थालाई ध्यान दिने पत्रकारिता जरुरी छ ।
काउन्सिलका अध्यक्ष र पदाधिकारीहरू सम्बन्धित क्षेत्रमा संलग्न भएकाहरूबीच चुनाव गराई छनोट गर्ने व्यवस्था भएमात्र काउन्सिल स्वायत्त हुनेछ । विधेयकमा मन्त्रीको संयोजकत्वमा अध्यक्ष र पदाधिकारीहरू चयनको लागि सिफारिस समिति गठन गर्ने उल्लेख छ । यसले अयोग्य व्यक्ति शासक पार्टीको सदस्य बनाउने र पार्टीलाई अनियमित पैसा बुझाउनेलाई राजनीतिक नियुक्ति दिएर अध्यक्ष बनाउने पुरानो परम्परा प्रवद्र्धन हुनेछ ।
पत्रिकाको वर्गीकरण गर्दा विज्ञापन दर बढी भएकोलाई कम वर्गमा राख्नुपर्दछ । राष्ट्रिय र अन्तर्राष्ट्रिय विषय प्रकाशित गर्ने र विज्ञापन दर सस्तो भएको आस्थाको सञ्चारमाध्यमलाई माथिल्लो वर्गमा वर्गीकरण गर्नुपर्छ । एउटा पेजको ३०–५० लाख लिने पत्रिकालाई मात्र सरकारले माथिल्लो वर्गमा वर्गीकरण गर्नु गलत हो । ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिकले राष्ट्रिय र अन्तर्राष्ट्रिय विषय लेखेर आस्थाको पत्रकारिता गर्दै आएका छन् ।
(नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले २०७९ भदौ १७ गते बसेको प्रतिनिधिसभाको बैठकमा “नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ मा राख्नुभएको मन्तव्यको सार–सं)
Leave a Reply