तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, १८ भदौ । नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशनको तेस्रो (३३ औँ) केन्द्रीय परिषद् शनिबार सुरु भएको छ । सातौँ महाधिवेशनको तेस्रो केन्द्रीय परिषद्को अध्यक्षता नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले गर्नुभएको हो ।
परिषद्मा अध्यक्ष रोहितले संसद्को निर्वाचन घोषणापछि प्रतिनिधिसभाको बैठक चालु राखिएको गलत भएको उल्लेख गर्नुभयो । उहाँले आगामी निर्वाचनलाई क्रान्तिकारी उपयोग गर्ने विचार राख्नुभयो । उहाँले कम्युनिस्टहरूले निर्वाचनमा जितेर सरकारमा जाने उद्देश्य राख्नु गलत भएको स्पष्ट पार्नुभयो ।
अध्यक्ष रोहितले भन्नुभयो, “देश र जनताको हितको पक्षमा सङ्घर्षको निम्ति चुनावमा जाने हो । कम्युनिस्टहरूले चुनावमा भाग लिनुको अर्थ पुँजीवादी पार्टीहरूको आलोचना गर्नु हो । निर्वाचनमा लाखौँ जनतालाई शिक्षित गर्न सकिन्छ ।”
परिषद्मा अध्यक्ष रोहितले पुँजीवादी वा शासक पार्टीहरूले देश र जनताको भावनाअनुसार काम नगर्ने, बौद्धिकरूपमा कमजोर भएका कार्यकर्ताहरूलाई प्रतिक्रियावादीहरूले हातमा लिने, संशोधनवादले कम्युनिस्ट सिद्धान्त समाप्त पार्ने, देश जोगाउनको निम्ति पार्टीको निर्देशनअनुसार जुनसुकै भागमा गएर जनताको सेवा गर्नुपर्ने, व्यक्तिगतरूपमा पदमा जाने र पैसा कमाउने लालसा राख्न नहुने निर्देशन दिनुभयो ।
परिषद्मा अध्यक्ष रोहितले इमानदारीपूर्वक काम गरे कसैको अगाडि झुक्न नपर्ने, अर्काको भरमा चुनाव जित्नेहरूकै कारण देश सत्यानाश हुने, नेपाली काङ्ग्रेसबाट धोका पाएका नेपाली जनता एमाले र माओवादीबाट पनि धोकामा परेको र दिल्लीमा गएर सरकार बनाउन भिख माग्नेहरू देशद्रोही हुने उल्लेख गर्नुभयो ।
उहाँले पार्टी प्रकाशन जनतासम्म बाँड्नेहरू असल कार्यकर्ता हुने, कार्यकताहरूले ‘सृष्टिको मुकुट मानिस’ भन्ने भनाइलाई व्यवहारमा पुष्टि गर्नुपर्ने, समाज र देश राम्रो भए आफ्नो परिवार पनि राम्रो हुने भावना राख्नुपर्ने आवश्यकता आँैल्याउनुभयो ।
उहाँले विदेशी पैसा लिएकै कारण शासक दलहरूले विदेशीले भनेझैँ काम गरिरहेको भनाइ राख्नुभयो । उहाँले सत्ताबाट फालिएका शासकहरू चुप लागेर नबस्ने तर्क गर्दै राजतन्त्रवादीहरू फेरि आफ्नो पालो आउला कि भनेर बसेका पनि होलान् तर त्यो अहिले सम्भव नभएको भनाइ राख्नुभयो ।
अध्यक्ष रोहितले गत स्थानीय तहको निर्वाचनमा सिद्धान्तलाई त्यागेर विजयी हुन खोज्नेहरू संशोधनवादी भएको तर्क गर्दै भन्नुभयो, “संशोधनवाद कम्युनिस्ट आन्दोलनमा देखिएको पुँजीवाद हो ।”
अध्यक्ष रोहितले क्रान्तिको निम्ति ठूलो त्याग र बलिदान चाहिने, क्रान्तिकारीहरूले आत्मसमर्पण नगर्ने उल्लेख गर्दै निर्वाचनमा कति मत आएको भन्दा पनि सङ्गठन कति व्यवस्थित छ भन्ने कुरा बढ्ता महत्वको हुने विचार राख्नुभयो । पार्टी कार्यकर्ताले व्यक्तिगत इच्छालाई प्राथमिकतामा राख्न नहुनेमा उहाँले जोड दिनुभयो । उहाँले भन्नुभयो, “पैसा र पद प्राथमिकतामा राखेकाहरू नेका, एमाले र माओवादी केन्द्रजस्तै पतन हुनेछ ।”
परिषद्मा पार्टीका सचिव प्रेम सुवालले केन्द्रीय समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सो प्रतिवेदनमाथि छलफल गरेर सुझावसहित बैठकबाट पारित गरियो । प्रतिवेदनमा गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको समीक्षा गरिएको छ । नागरिकता विधेयक, एमसीसी सम्झौता र एसपीपीमा भएको देशघातको विरोधमा नेमकिपाको गतिविधिबारे प्रतिवेदनमा सविस्तार गरिएको छ ।
बैठकमा विभिन्न जिल्लाका पार्टी अध्यक्ष तथा प्रतिनिधिहरूले पेश गर्नुभएको प्रतिवेदनमा स्थानीय तहको निर्वाचनको सिँहावलोकन र आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावको तयारीबारे उल्लेख छ ।
परिषद्मा पार्टी केन्द्रीय समिति, जिल्ला अध्यक्ष तथा प्रतिनिधि, जनवर्गीय सङ्गठन तथा पेशागत सङ्गठनका पदाधिकारीको सहभागिता रहेको छ । बैठक आइतबार पनि चालु रहनेछ । बैठकमा पार्टीको आगामी निर्वाचनको लागि नेमकिपाको घोषणापत्रबारे पनि छलफल हुनेछ ।
Leave a Reply