स्थानीय पाठ्यक्रम अध्यापनको लागि शिक्षकको व्यवस्था कहिले ?
- असार ९, २०८३
माक्र्सवादी ज्ञान केन्द्रले आइतबार काठमाडौँमा ‘समाजवादको नेपाली मार्गचित्र’ विषयक अन्तक्र्रिया कार्यक्रम ग¥यो । कार्यक्रममा आफूलाई कम्युनिस्ट भनिने सत्तासीन शीर्ष नेताहरू सरिक भए र आ–आफ्नो विचार व्यक्त गरे । ती नेताहरूले शासन प्रणाली फेर्नुपर्ने, नेताहरूमा गैरराजनीतिक चरित्र देखिएको र नेताहरू सिद्धान्त र दर्शन छोडेर भावना र कल्पनामा बहकिन नहुने विचार व्यक्त गरे । कार्यक्रममा सहभागी नेताहरू माक्र्सवाद र लेनिनवादलाई पथप्रदर्शक मान्छन् । तर, कार्यान्वयन गर्न या त्यस सिद्धान्त र विचारअनुसार कहिल्यै अघि बढ्दैनन् । कम्युनिस्टको सिद्धान्त र विचार आत्मसात नगर्ने, सिद्धान्त र विचार थाती राखेर पुँजीवादी राजनीति गर्ने ती नेताहरू ‘समाजवाद नेपाली मार्गचित्र’ विषयक अन्तक्र्रियामा भाग लिएर के देशमा साँच्चै समाजवादको नेपाली मार्ग चित्र कोर्छन् ?
पुँजीवादी निर्वाचनमा भाग लिएर, आन्दोलन र सङ्घर्ष छोडेर ती दलका नेताहरूले देशमा कस्तो समाजवाद ल्याउन लागेका हुन् ? निर्वाचनमा जितेर सरकार चलाउँदैमा पुँजीपति वर्गको सरकार कसरी ढल्छ र समाजवाद स्थापना हुन्छ । ठूला दलका सत्तासीन कम्युनिस्ट नेताहरू वर्गसङ्घर्ष गर्ने कुनै हालतमा कम्युनिस्ट हुँदैन भन्छन् । निर्वाचनमा जितेर माविसम्म निःशुल्क शिक्षाको व्यवस्था भएपछि उनीहरू देशमा समाजवाद आएको सम्झन्छन् । ती दलका नेताहरू स–साना सुधारलाई परिवर्तन सम्झन्छन् र सङ्घर्ष गर्नु नपर्ने बताउँछन् । शान्तिपूर्ण तरिकाले पुँजीवादी व्यवस्था कसरी अन्त्य हुन्छ ?
हो, भावना र चाहनाले मात्र क्रान्ति हुँदैन । क्रान्ति गर्न देश, काल र परिस्थिति तयार गर्नुपर्छ । त्यो भनेबित्तिकै तयारी हुँदैन । क्रान्ति भनेको जनताको जीवन बदल्नु हो, पुँजीवादी व्यवस्था अन्त्य गरेर समाजवादी व्यवस्था स्थापना गर्नु हो । क्रान्ति गर्न नचाहने र अहिले सङ्घर्ष या आन्दोलन केको लागि गर्ने भनी पुँजीवादी राजनीति गर्ने दलका नेताहरूले के नेपालमा समाजवादलाई नेपाली माटोमा ढाल्लान् ? सत्तासीन कम्युनिस्ट नेताहरू सरकार छोड्न चाहँदैनन्, सत्ताको लागि तँछाडमछाड गर्छन् । सत्ता एकछिन नछोड्ने ती दलका नेताहरू केका लागि आन्दोलन गर्छन् ? निर्वाचनपछि सडक आन्दोलनमा जाने उद्घोष गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भागबन्डाको लागि सडक आन्दोलन गर्ने ¤ पालैपालो सरकार चलाउने आन्दोलन कि समाजवादी आन्दोलन नै छेड्ने हो ? समाजवादी आन्दोलन छेड्ने भए सत्ताको मोह छोड्नुपर्छ । सत्तामा बसेर पनि समाजवादी आन्दोलन हुन्छ ? बोलीको ठेगान नभएका अवसरवादी नेताहरूको विश्वास कसरी गर्ने ? कुनै पनि अवसरवादी, संशोधनवादी र सिद्धान्त र विचारको राजनीति नगर्ने नेताहरूले देशमा आमूल परिवर्तन गर्दैनन्, गर्न चाहँदैनन् । यो घामझैँ स्पष्ट छ ।
Leave a Reply