नयाँ नयाँ सेवा सञ्चालन गर्दै जनतालाई स्वास्थ्य सेवा प्रदान गर्ने कार्यलाई निरन्तरता दिनुपर्ने
- कार्तिक २०, २०८३
भक्तपुर, २६ भदौ । भक्तपुर नगरपालिकाका प्रमुख एवं ख्वप अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिको सभापतित्वमा भक्तपुर नगरपालिकाभित्रका स्वास्थ्य संस्थाहरूको आ.व. २०७८÷७९ को वार्षिक समीक्षा कार्यक्रम आइतबार सम्पन्न भयो ।
कार्यक्रममा प्र्रमुख प्रजापतिले भक्तपुरलाई शिक्षाको केन्द्रको रूपमा विकास गरिरहेको उल्लेख गर्दै अब स्वास्थ्यको केन्द्रको रुपमा विकास गर्न प्रयासरत हुनुपर्ने बताउनुभयो । उहाँले भक्तपुर नगर क्षेत्रभित्र भक्तपुर अस्पताल, सहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्र, भक्तपुर क्यान्सर अस्पताल, ख्वप अस्पताल, सिद्धि स्मृति अस्पताल, डा. इवामुरा मेमोरियल अस्पताललगायत नगरपालिकाअन्तर्गतकै ३ वटा स्वास्थ्य केन्द्रहरूमार्पmत देशभरिकै जनतालाई स्वास्थ्य सेवा प्रदान गरिरहेको बताउनुभयो ।
स्वास्थ्य सेवा र पूर्वाधार फरक भएको जानकारी दिँदै उहाँले जनताको सेवा गर्न भौतिक पूर्वाधारभन्दा सेवा भाव आवश्यक छ भन्नुभयो । भक्तपुरका जनताले भक्तपुरभित्रकै स्वास्थ्य संस्थाबाट सेवा पाउन सक्ने वातावरण निर्माणको लागि नपाभित्रका स्वास्थ्य संस्थाहरूको बीचमा समन्वय र सहकार्य अपरिहार्य रहेको चर्चा गर्दै उहाँले भक्तपुरका जनतालाई काठमाडौँमा रिफर नगरी भक्तपुरमै विशेषज्ञ सेवासहितको उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्ने प्रयास गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा उपप्रमुख रजनी जोशीले स्वास्थ्य संस्थाहरूको प्रगति विवरणलाई एकीकृत गरी अनुसन्धान गर्ने विद्यार्थीहरूलाई सहज हुने बताउँदै नपाभित्रका स्वास्थ्य संस्थाहरूबीच आपसी सहकार्य र सञ्चारको माध्यमबाट सेवाको गुणस्तरीयता बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रमुख एवं वरिष्ठ जनस्वास्थ्य अधिकृत कृष्ण मिजारले स्वास्थ्यसम्बन्धी सत्य तथ्य विवरणले नगरभित्रको स्वास्थ्य सेवा पहुँचको वास्तविक चित्र प्रदान गर्ने भएकोले प्रशोधित डाटा ज्ःक्ष्क् मा प्रविष्टी गर्नुपर्ने र हरेक महिनाको ५ गतेभित्र स्वास्थ्य संस्थाहरूले नियमितरूपमा डाटा प्रविष्टी गर्नुपर्ने जिम्मेवारी वहन गर्नुपर्ने जानकारी दिनुभयो ।
स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल अफिसर दीपक अच्छामीले प्रगति विवरण प्रस्तुतीकरणमा आएका विवरणले नगरकै स्वास्थ्य सेवाको अवस्था दर्शाउने हुँदा यसलाई तथ्यपरक र विश्वसनीय बनाउनुपर्ने सुझाव राख्नुभयो ।
समीक्षा कार्यक्रममा भक्तपुर अस्पतालका तथ्याङ्क अधिकृत निर्मला भट्ट, सहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रका डा. लुसन सिं, ख्वप अस्पतालका सि.अहेव कृष्णशोभा मिलापति लवजु, सिद्धि स्मृति महिला तथा बाल अस्पतालका नर्सिङ सुपरभाइजर रसिला पसखल, नगर स्वास्थ्य केन्द्र ब्यासीका हेल्थ असिस्टेन्ट कमलकेशरी राजचल, आधारभूत स्वास्थ्य केन्द्र, नपलीका सि.अहेव रामसुन्दर दुवाल, एमसीएच क्लिनिक, भक्तपुर अस्पतालका स्टाफ नर्स जमुना काप्mलेलगायतले आ–आप्mनो स्वास्थ्य संस्थाको प्रगति विवरण प्रस्तुतीकरण गर्नुभएको थियो । ख्वप अस्पतालका डा. रत्नसुन्दर लासीवाले कार्यक्रमको आवश्यकताबारे चर्चा गर्नुभएको थियो ।
Leave a Reply