युरोपेली सङ्घका अग्निनियन्त्रकहरूद्वारा सामाजिक सुरक्षा कटौतीविरुद्ध ब्रसेल्समा विरोध प्रदर्शन
- कार्तिक १९, २०८३
भक्तपुर, २६ भदौ । कार्यक्रममा सिद्धि गणेश बचत तथा ऋण सहकारी सं.लि.को सेवाकेन्द्र व्यवस्थापन उपसमिति, तेखापुखुको आयोजनामा सञ्चालित एकमहिने मादल बजाउने तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं बाग्मती प्रदेशसभा सांसद सृजना सैंजुले सिद्धि गणेश साकोस एक वित्तीय संस्था भए तापनि संस्थाले रासायनिक मल वितरणमार्फत कृषि क्षेत्रमा, विभिन्न सांस्कृतिक तालिममार्फत संस्कृति जगेर्ना तथा सीपमूलक तालिममार्फत समुदायको आर्थिक स्तर विकासमा पु¥याएको योगदानको प्रशंसा गर्नुभयो ।
उहाँले जीवनको उत्तराद्र्धमा सक्रिय जीवन बिताउँदा मानिसको आयु लम्बिने चिनियाँ अनुसन्धानबाट प्रमाणित भएको हुँदा त्यसलाई नेपालमा पनि लागु गर्न सहकारी संस्थाहरूले भूमिका खेल्नुपर्छ भन्नुभयो ।
उहाँले ठूला भनाउँदा राजनीतिक दलहरूले नागरिकता विधेयकसँग चुनाव खर्च तथा सत्ता साट्न लागेको आरोप लगाउँँदै हाल राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पठाइएको नागरिकता विधेयक संशोधन नेपालको हितमा नरहेको र सो विधेयक संशोधन प्रमाणित भएमा करोडौँ भारतीयले नेपाली नागरिकता लिई देशलाई नयाँ सिक्किम बनाउने सम्भावना हुन्छ भन्नुभयो । उहाँले नेमकिपा त्यसको विपक्षमा रहेको जानकारी दिनुभयो ।
संस्थाका अध्यक्ष राजन लाखाजुले सङ्गीतको भाषा, वर्ण, जात र सिमाना नहुने र सङ्गीतले मनोरञ्जनका साथसाथै स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्ने विचार व्यक्त गर्नुभयो ।
एकमहिने तालिमका प्रशिक्षक राजकुमार मानन्धरले व्यक्तिअनुसार सिकाइ क्षमतामा फरक हुने तर देखासिकी र नक्कलले सङ्गीतमा विद्याआर्जन गर्न सकिँदैन भन्नुभयो ।
संस्थाका व्यवस्थापक शिला गोसाईले हाल वित्तीय बजारमा सहकारी अभियानलाई दुरुत्साहित गर्ने नकारात्मक समाचारको बिगबिगी रहेको अवस्थामा सिद्धि गणेश साकोसप्रति सदस्यहरूको विश्वासले हौसला दिएको विचार व्यक्त गर्नुभयो ।
कार्यक्रमका सभापति एवं आयोजक उपसमितिका संयोजक पञ्चरत्न सैंजुले तालिममा सहभागीहरूको उपस्थितिले आगामी दिनमा थप कार्यक्रमहरू सञ्चालन गर्न हौसला प्रदान गरेको छ भन्नुभयो ।
कार्यक्रममा प्रशिक्षार्थीद्वय शोभा बोहजु, रामकृष्ण मुलगुठी र उपसमितिका सचिव राधेश्याम सैंजुले पनि बोल्नुभएको थियो ।
Leave a Reply