भर्खरै :

प्रमुख प्रजापतिसँग नेपालका लागि युनेस्कोका प्रतिनिधि माइकल क्रोफ्टको भेट

प्रमुख प्रजापतिसँग नेपालका लागि युनेस्कोका प्रतिनिधि माइकल क्रोफ्टको भेट

भक्तपुर, २८ भदौ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग नेपालका लागि युनेस्कोका प्रतिनिधि माइकल क्रोफ्टले मङ्गलबार भेट गर्नुभयो । भेटको क्रममा उहाँहरूबीच युनेस्को क्रिएटिभ सिटी नेटवर्क (यूसीसीएन) को उद्देश्यबारे छलफल गर्नुभयो ।
भेटमा नगर प्रमुख प्रजापतिले भक्तपुरको कला र संस्कृति जोगाउन पुराना पुस्तासँग भएको सीप नयाँ पुस्तामा पुस्तान्तरण गर्दै अग्रजमार्फत नयाँ पुस्तालाई सांस्कृतिक गतिविधिबाट प्रशिक्षित गर्दै आइरहेको बताउनुभयो ।
उहाँले भक्तपुरका सांस्कृतिक गुरुहरू कला र संस्कृति क्षेत्रका प्राध्यापकसरह भएको बताउँदै मौलिक सहरलाई जीवन्तता दिन नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले देख्नुभएको १०० वर्षपछिको भक्तपुरको आधारहरू निर्माण गर्दै भक्तपुरलाई संसारकै हेर्नलायक सहरको रुपमा विकास गर्ने उद्देश्यका साथ अगाडि बढिरहेको बताउनुभयो ।
भेटमा माइकल क्रोफ्टले युनेस्को क्रिएटिभ सिटी नेटवर्क (यूसीसीएन) भोलिको सहर आविष्कार गर्न सहयोग र प्रयोगको लागि पहिलो र प्रमुख ठाउँ भएको बताउँदै यो एक अन्तर्राष्ट्रिय प्लेटफर्म हो जसले सहरका सदस्यहरूलाई दृश्यता दिन र रचनात्मक उद्योगमा अन्तर्राष्ट्रिय साझेदारी स्थापना गर्ने लक्ष्य राखेको बताउनुभयो ।
यूसीसीएन कार्यक्रमले सांस्कृतिक विविधतालाई बढावा दिनुका साथै भौगोलिक पहुँचलाई बलियो बनाउने र हाल (यूसीसीएन) मा विश्वभरबाट २४६ सदस्य सहरहरू समावेश भएको बताउँदै भक्तपुर नगरपालिकालाई पनि यसको सदस्य बन्न आग्रह गर्नुभयो ।
भेटमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, युनेस्कोका संयोजक सरोज कुश्वाहा, युनेस्को संस्कृति विभागका निपुणा श्रेष्ठ, प्रशासकीय अधिकृत दामोदर सुवालको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *