उद्देश्य प्राप्तिको लागि निरन्तर विद्यार्थीहरूले मेहनत जरुरी
- जेष्ठ १, २०८३
काठमाडौँ, १३ असोज । नेकाका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकाका केन्द्रीय सदस्य एवं गृहमन्त्री बालकृष्ण खाणका श्रीमती नेकाको समानुपातिक सूचीमा नाम समावेश गरिएपछि देश र जनताको सेवामा इमानदारीपूर्वक लागेका नेकाका कार्यकर्ताहरू नेकाभित्र ‘राजतन्त्र’ पलाएको गुनासो गर्दै छन् । शेखर कोइरालाको नेतृत्वमा रहेका काङ्ग्रेसी कार्यकर्ताहरू समानुपातिक र प्रत्यक्ष निर्वाचनमा ४० प्रतिशत भाग पाउनुपर्ने माग राखी नेकाको केन्द्रीय कार्यालयमा असोज १२ गतेदेखि धर्नामा छन् । नेकाका महामन्त्री गगन थापाले कोइराला समूहका कार्यकर्ताहरूलाई पदाधिकारी बैठकमा आफूले सङ्घर्ष गर्ने उल्लेख गर्दै कार्यकर्ताहरूलाई सडकमा सङ्घर्ष गर्न उत्साहित गरे ।
माओवादी समर्थनमा एमालेका प्रम केपी ओलीले २०७७ पुस ५ गते र २०७८ जेठ ८ गते प्रतिनिधिसभा भङ्ग गरी निर्वाचन गरेको बेला एमाले, माओवादी र जसपाका नेताहरू माधव, पुष्पकमल, उपेन्द्रलगायतको नेतृत्वमा प्रतिनिधिसभा विघटनको विरोधमा यसरी नै सडक सङ्घर्षमा लागेका थिए । त्यतिबेला एउटै पार्टी नेकपाका अर्का अध्यक्ष दाहाल, नेता झलनाथ, माधवहरू यसरी नै ओलीविरूद्ध प्रधानमन्त्री पदको अंश मागेका थिए । एउटै पार्टीका नेताहरू सडकमा असन्तुष्टि देखाउँदै कार्यकर्तालाई विभाजन गर्दै छन् । अन्ततः नेकपा फुटेर एमाले र माओवादी केन्द्र कायम भयो भने एमालेबाट एकीकृत समाजवादी जन्म भयो । त्यतिबेला दाहाल, खनाल र माधवले ओलीविरूद्ध पार्टी र संसद्मा अविश्वासको प्रस्ताव राख्नुपर्ने थियो । त्यसो नगरी प्रम पदमै अंश मागेको हुँदा नेकपा अर्थात् एमाले र माओवादी केन्द्र नै जनविरोधी र देशद्रोही साबित भए । नेकपाकै विवादको कारण अल्पमतको पार्टी नेकाका देउवालाई प्रम बन्ने बाटो खुल्यो ।
नेकाले सरकारको नेतृत्व गरेलगत्तै एमसीसी सम्झौता र नागरिकता विधेयकजस्ता देशघाती सम्झौता र विधेयक पारित गरियो । नेकालाई साथ दिने माधव र खनाल नेतृत्वमा एकीकृत समाजवादी पार्टीले तीन प्रतिशत मत पाउने सम्भावना छैन भने माओवादी केन्द्र र जसपाको पनि मत धेरै घट्ने अनुमान गरिँदै छ । यसरी पुँजीवादी पार्टीहरूको पार्टीभित्रको सङ्घर्ष सडकमा छताछुल्ल भइरहेको छ । जनता सचेत होऔँ ।
Leave a Reply