उद्देश्य प्राप्तिको लागि निरन्तर विद्यार्थीहरूले मेहनत जरुरी
- जेष्ठ १, २०८३
श्रमिक वर्गको वर्गीय चाहना समाजवाद हो । मजदुर वर्गीय दृष्टिकोण र अडानलाई कायम गर्न सके समाजवाद स्थापना गर्न सकिन्छ । व्यापक जनताको माग र आकाङ्क्षा पूरा गर्न सङ्घर्ष गर्ने जिम्मेवारी श्रमिक मजदुर वर्गले नै बोकेको हुन्छ । श्रमिक वर्गको वर्गीय चेतना र एकतामा समाजवाद अडेको हुन्छ । व्यापक जनताको मूलभूत हित र सेवा समाजवादी व्यवस्थामा हुन्छ । यसकारण, समाजवादको लक्ष्य हासिल गर्न मजदुर वर्गीय दृष्टिकोण र अडान आवश्यक छ । तर, नेपालका सत्तारुढ कम्युनिस्ट नेताहरू समाजवादी विचार या समाजवादबारे आफ्ना नेता, कार्यकर्ता, जनप्रतिनिधि तथा सर्वसाधारण जनतालाई सुसूचित पार्दैनन् । ती दलका नेताहरू समाजवादी बाटोमा नजानुको अर्थ, समाजवादी विचारअनुसार अघि नबढ्नु हो । कम्युनिस्टको सिद्धान्त र विचार आत्मसात नगर्नु हो या पुँजीवादी बाटोमा जानु हो ।
सत्तारुढ दलका ती कम्युनिस्ट नेता र मन्त्रीहरूले नेमकिपाको विरोध गर्नुको सट्टा समाजवादी शिक्षा दिनुपर्ने हो, कम्युनिस्टको सिद्धान्त र विचार दिएर जनतालाई सिद्धान्तनिष्ठ र कम्युनिस्ट आन्दोलनको निम्ति तयार गर्नुपर्ने हो ¤ जनतालाई भड्काएर कम्युनिस्ट पार्टीकै विरोध गर्ने दलका नेताहरू कम्युनिस्ट पार्टी र आन्दोलनलाई कमजोर बनाउने कुत्सित प्रयासमा जुटेका छन् । कम्युनिस्टको बखान गर्न पछि नपर्ने, तर मन्त्री भएपछि जनतालाई देख्ने गरी राहत दिने वाचा फुकेका एकीकृत समाजवादी दलका एक मन्त्री भक्तपुर पसेर भक्तपुर नगरपालिकाको विरोध गर्न जुटे । भक्तपुर नगरपालिका र नेमकिपाको विरोध गर्नुको सट्टा आफ्नो दल जितेको स्थानीय तहमा नेमकिपाले जितेको ठाउँभन्दा राम्रो काम गरेर देखाए जाती हुन्छ । कुनै पनि दलका नेता र मन्त्रीहरू कसैले भनेको भनाइको पछि दगुर्ने होइन । कसैले भनेको या विरोध गरेको आधारमा नबुझिकन पछि लाग्ने र पछि लागेर विरोध गर्नु बुद्धिमानी होइन ।
कम्युनिस्ट पार्टीको सिद्धान्त र विचारको राजनीति गर्न जनतालाई शिक्षा दिनुको सट्टा विरोधको लागि विरोध गर्न समय खर्चिनु कुनै कम्युनिस्ट नेता र मन्त्रीलाई सुहाउँदैन । देशघाती सम्झौता गरेर साम्राज्यवादी अमेरिकालाई खुसी पार्ने कम्युनिस्ट भनिएका नेताहरू किन कम्युनिस्ट पार्टीको विरोध गर्छन् ? व्यापक जनतामा केन्द्रित समाजवादको बाटो कोर्ने हो कि पुँजीवादको बाटोमा फस्ने हो ? कम्युनिस्ट पार्टीका नेता र मन्त्रीले केही व्यक्तिको पछि दगुर्ने हो कि यथार्थ बुझेर बोल्ने हो ? कम्युनिस्ट नेता र मन्त्रीले कम्युनिस्टको शिक्षा दिएका भए पुँजीवाद कमजोर हुनेछ, जनताले पनि पुँजीपतिको विरोध गर्नेछन् । कम्युनिस्ट पार्टीले कम्युनिस्ट पार्टीको कमी कमजोरी औँल्याउन आलोचना गर्नुपर्छ । तर, आलोचना गर्नु र विरोध गर्नु फरक कुरा हो । अरूलाई विरोध गरेपछि आफू ठीक हुने सोचाइ गलत हो । यथार्थ नबुझी कसैको सुनुवाइतिर लाग्नु अल्पबुद्धिको परिचय हो । देशका हरेक कम्युनिस्ट पार्टीहरू समाजवाद स्थापनाको निम्ति पूर्वाधार तयार गर्नेतर्फ लाग्नुपर्छ । समाजवादी शिक्षा जनतामाझ पु¥याउनुपर्छ ।
Leave a Reply