भर्खरै :

मिर्मिरे बचतको १६ औँ वार्षिक साधारणभासभा सम्पन्न

काठमाडौँ, १३ असोज । मिर्मिरे बचत तथा ऋण सहकारी संस्था लि.को १६ औँ वार्षिक साधारणसभा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सृजना सैँजूको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।
अतिथि सैँजूले देशमा पुँजीवादी व्यवस्थाले आर्थिक सङ्कट निम्ट्याएको छ, हरेक सहकारीका सदस्यहरूलाई विभिन्न सीपमूलक तालिमको बन्दोबस्त गरी श्रमशक्तिसँग जोड्न सकेमात्र जनताको भावना अनुकूल काम गरेको हुने बताउनुभयो । आफू चीन भ्रमण जाँदा त्यहाँका ६० वर्षका वृद्ध आमाहरूले नाचेर स्वागत गरेको प्रसङ्ग उल्लेख गर्दै उहाँले उहाँहरूको सांस्कृतिक स्तर यस्तै सहकारीबाट भइरहेको बताउनुभयो ।
वृद्धवृद्धालाई आदर निकेतन र बालबालिकाहरूलाई शिशुस्याहारको बन्दोबस्त भए समाज परिवर्तनमा ठूलो टेवा पुग्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।
उहाँले सहकारीका सदस्यहरूले देश र जनताको पक्षमा काम गर्नसकेमात्र सहकारीको अस्तित्व रहने विचार व्यक्त गर्नुभयो । उहाँले देशघाती एमसीसी र राष्ट्रघाती नागरिकता विधेयकविरुद्धको आन्दोलनमा सम्पूर्ण सदस्यहरू पनि जुट्नुपर्छ भन्नुभयो ।
मिर्मिरे बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष कृष्णमान श्रेष्ठको सभापतित्वमा भएको सो सभामा राजवीर डंगोल, कमला कार्की, शोभलाल श्रेष्ठ, रमेश डंगोल, धमेन्द्र श्रेष्ठ, राजन लाखाजु, कमलबहादुर डंगोल, मदन श्रेष्ठ, शैलेश डंगोलले मन्तव्य दिनुभयो भने र सहकारीका विभिन्न उपसमितिका संयोजकहरूले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *