अन्धविश्वास होइन, विज्ञानसम्मत विचार राख्नु आवश्यक
- जेष्ठ ३, २०८३
काठमाडौँ, २४ असोज । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि नेमकिपा काठमाडौँको १० वटै निर्वाचन क्षेत्रअन्तर्गत प्रतिनिधिसभा र प्रदेशसभाको सदस्य पदमा उम्मेदवारी दिएको छ ।
नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले आइतबार उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै भन्नुभयो, “नेमकिपाले निर्वाचनलाई वर्गीय र वैचारिक सङ्घर्षको रूपमा लिएको छ । नेपालको राजनीतिमा देखापरेका खोटा विचार, राष्ट्रघाती एमसीसी सम्झौता र नागरिकता विधेयक संसद्बाट पारित गर्नेहरूको विरूद्ध तथा भ्रष्टाचारीहरूको विरूद्ध नेमकिपाको लडाइँ जारी छ ।”
नेमकिपाको तर्फबाट प्रतिनिधिसभामा क्षेत्र नंं १ मा हरिशरण श्रेष्ठ, क्षेत्र नं. २ मा अनिल श्रेष्ठ, क्षेत्र नं. ३ मा विशोक डंगोल, क्षेत्र नं. ४ मा रमेश डंगोल, क्षेत्र नं. ५ मा शैलेश डंगोल, क्षेत्र नं. ६ मा सनकमान महर्जन, क्षेत्र नं. ७ मा किरण महर्जन, क्षेत्र नं. ८ मा कृष्णमाया मानन्धर, क्षेत्र नं. ९ मा सुमन महर्जन र क्षेत्र नं. १० मा नारायण महर्जनले प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवारी दिनुभएको छ ।
त्यस्तै बाग्मती प्रदेशसभा सदस्यका लागि काठमाडौँ क्षेत्र नं. १ (क) मा राजमाया महर्जन र (ख) मा चमेली महर्जन, क्षेत्र नं. २ (क) मा कमलबहादुर डंगोल र (ख) मा रामप्रसाद भट्टराई, क्षेत्र नं. ३ (क) मा कृष्ण दुवाल र (ख) मा सुमित्रा श्रेष्ठ, क्षेत्र नं. ४ (क) मा गणेशमाया श्रेष्ठ र (ख) मा श्याम श्रेष्ठ, क्षेत्र नं. ५ (क) मा अकल महर्जन र (ख) मा वीरबहादुर डंगोलले उम्मेदवारी दिनुभएको छ । त्यस्तै क्षेत्र नं. ६ (क) मा देवलक्ष्मी महर्जन र (ख) मा श्यामकुमार महर्जन, क्षेत्र नं. ७ (क) मा धर्मसेन महर्जन र (ख) मा इन्द्रकुमारी बज्राचार्य, क्षेत्र नं. ८ (क) मा रामदेवी महर्जन र (ख) मा हेराकाजी शाही, क्षेत्र नं. ९ (क) मा राजु कपाली र (ख) मा राजेन्द्र श्रेष्ठ र क्षेत्र नं. १० (क) मा हरिकुमार महर्जन र (ख) मा बन्दना श्रेष्ठको उम्मेदवारी दर्ता भएको छ ।
Leave a Reply