भर्खरै :

भारतीय मिडियाको मूर्खता !

भारतीय मिडियाको मूर्खता !

हाल सुरु भइरहेको चिनियाँ जन काङ्गे्रसको बैठकमा चिनियाँ राष्ट्रपति सि चिनफिङलाई देख्दा केही हप्ताअघि मात्र व्यापक भएको भारतीय मिडियाको गाईजात्रारूपी पत्रकारिताको सम्झना भयो ।
चीनमा मौन विद्रोहको निराधार अफवाहहरू भारतीय मिडिया र यसको लहलहैमा भारतको सामाजिक सञ्जालमा हाबी भएको थियो । चिनियाँ राष्ट्रपति सी चिनफिङलाई जनमुक्ति सेनाले पदच्युत गरेको वा घरमै नजरबन्दमा राखेको उनीहरुले दाबी गरेका थिए । तर, यी दाबीहरू तिनीहरूसँग पुष्टि गर्ने कुनै प्रमाण थिएन । सेप्टेम्बर २२ मा चिनियाँ जनमुक्ति सेनाको ठूलो फौज पेइचिङतर्फ प्रस्थान गरेको दाबी गर्दै भारतीय मिडियाले परेडको भिडियो साझा गरे । सैन्य सवारी साधनहरू पेइचिङतिर गइरहेको, ५९ प्रतिशत उडानहरू रद्द भएको र वरिष्ठ अधिकारीहरूलाई जेलमा राखिएको जस्ता समाचार भाइरल भयो । कम्युनिस्ट पार्टीभित्र आगो फैलिएको हुनुपर्छ भनेर अनुमान लगाएइयो । चीन अस्थिर भएको बताइयो । भारतीय मिडियामा एक जर्मन पत्रकारले साझा गरेको व्यङ्ग्यमा फसेर अनापसनाप समाचार बनाए ।
हल्ला कसरी सुरु भयो ?
शाङ्घाई सहयोग सङ्गठनको राज्य परिषद्का प्रमुखहरूको २०२२ वार्षिक शिखर सम्मेलन सेप्टेम्बर १५–१६ मा ताजिकिस्तानको समरकन्दमा भएको थियो । उक्त सम्मेलनमा चिनियाँ राष्ट्रपति चिनफिङले भाग लिएका थिए । सम्मेलनबाट फर्केपछि कोरोना रोकथामअन्तर्गत चिनियाँ नियमअनुसार ७ दिन क्वारेनटाइनमा बसेका थिए । हामीकहाँ जस्तो शक्तिमा रहेकाले नियम मान्नु नपर्ने अवस्था चीनमा थिएन । गलत मनसायले हल्ला फैलाउनेलाई यति निहुँ पर्याप्त थियो । चीनविरोधी अन्तर्राष्ट्रिय तत्वले सामाजिक सञ्जालमा चिनियाँ राष्ट्रपति नजरबन्दमा परेको हल्ला फैलायो ।
यसैबीच पेइचिङमा कार्यरत जर्मन पत्रिका ‘डेर स्पीगेल’ का पत्रकार जर्ज फाह्रियनले यही कथित सैनिक कूलाई ठट्टाको लयमा विभिन्न क्याप्सन राखेर ट्विट गरे । पेइचिङको रिङ्ग रोडमा रहेको ट्राफिक जामलाई देखाएर आवतजावत बन्द गरिएको क्याप्सन राखियो । टियनमेन चोकमा घुम्न आएका पर्यटकलाई देखाएर प्याराट्रपले कब्जा गरेको भनेर लेखियो । बिजुलीको पोलमुनि बसेका सर्वसाधारणलाई देखाएर विद्युत् आपूर्तिलाई सुरक्षा दिइरहेको सेना भनी लेखियो । यसरी राजधानी पेइचिङका विभिन्न ठाउँका अपुष्ट तस्बिरहरूलाई कूको प्रमाणको रूपमा पेश गरियो । त्यतिबेला भारतमा ह्यासट्याग ‘चीन कू’ सबैभन्दा ठूलो समाचारमध्ये एक थियो । उक्त पत्रकारको राष्ट्रपतिलाई नजरबन्द गरिएको हल्लालाई व्यङ्ग्य गर्ने मनसायले गरेको ट्विटलाई सोधपुछै नगरिकन भारतीय मिडियाले व्यापक प्रचार गरे ।

कसैले सार्वजनिक सभाहरू उपस्थित हुनु पर्ने भएर पुटिनले एक हप्ताको लागि प्लास्टिक सर्जरीको समय तालिका बनाएको थियो भन्नेजस्ता अत्यन्त काल्पनिक कथा बुनेका थिए । कसैले पुटिनलाई जटिल प्रकारको क्यान्सर रोगले गाँजेको कुरा प्र्रकाशित गरे । पछि रुसले पुटिन सम्मिलित बैठकहरूको फुटेज जारी ग¥यो । फेरि ती वास्तवमा अघिल्लो हप्ता टेप गरिएको थियो भनेर अर्को हल्ला फैलाइयो । यस्तो घटिया हल्लाको जवाफ रुसले राम्ररी दियो । जब रुसले सोभियतकालको आफ्नै भूभाग अहिले युक्रेनअन्तर्गत रहेको लुहान्स्क, डोनेट्स्क, खेरसन र जापोरिभिझ्या ४ प्रान्तको प्रतिनिधि सम्मिलित रुससँग गाभिन सहमत भएको भिडियो बाहिर आएपछि बल्ल पश्चिमी मिडियाले पुटिनको मृत्युको हल्ला फैलाउन बन्द ग¥यो ।

चिनियाँ राष्ट्रपति सि चिनफिङलाई नजरबन्द राखिएको हल्ला भारतीय मिडियामा बाढी नै आयो । ‘अब चीनमा के हुन्छ’ भन्ने शीर्षकमा सेनाका भूपू वरिष्ठ अधिकारीहरू संलग्न गराएर भारतीय टीभी च्यानलमा बहस कार्यक्रमसमेत चलाइयो ।
“यस अफवाहमा पहिलो ट्वीट पोस्ट गर्ने ट्विटरमा धेरै फ्लोअर हुनुको साथै एक प्रख्यात युट्युबर जेनिफर जेङ हुन् । उनी विश्वव्यापी मिडियामा चीन सरकारको स्पष्टरूपमा आलोचना गर्ने एक महत्वपूर्ण व्यक्ति थिए । सामाजिक सञ्जाल र इन्टरनेटले कसरी नक्कली समाचार वा गलत सूचना फैलाएर विश्वव्यापी लहरहरू सिर्जना गर्न मद्दत गर्न सक्छ भन्ने कुरा यस घटनाले पुष्टि गर्छ । यस्तो झूटो, अप्रमाणित जानकारी सामाजिक सञ्जाल साझेदारीमा ‘पुलित्जर पुरस्कार’ विजेताजस्ता उच्च–प्रोफाइलका व्यक्तिसमेत लागेका थिए । निस्सन्देह ः चीनविरुद्ध अन्तर्राष्टिय षड्यन्त्रको रुपमा यो जानाजानी गरेको हो ।
मिडियाको विश्वसनियताको आधारमा गत वर्षको १४२ औँ स्थानबाट २०२२ मा १५० औँ स्थानमा झरेको भारतीय मिडिया झूट उत्पादन गर्ने कारखाना नै रहेछ । भारतभित्रै भारतीय मिडियाको विरोध हुन्छ । ‘मिडियाका लागि विश्वको सबैभन्दा खतरनाक देशहरूमध्ये एक’ भनेर चिनाएको छ, जहाँ हरेक वर्ष औसत तीन वा चार पत्रकारको मृत्यु हुने गरेको छ । विश्व प्रेस स्वतन्त्रता सूचकाङ्कमा भारतको वरियतामा सन् २०१६ देखि खस्कँदै गएको छ । भारतीय मिडियाको विश्वनियता त धेरैलाई थाहा नै छ । २०७२ सालको भूकम्पको समयमा भारतीय मिडियाको झूटको त नेपाली प्रत्यक्ष भुक्तभोगी नै हुन् । भारतमै पनि यस्तो भनिन्छ, दुई चिज असीमित छन् । ती हुन्, ब्रम्हाण्ड र भारतीय मिडियाको मूर्खता ।
यसै क्रममा भारतीय मिडियाले केही समयअघि प्रजग कोरियाका सर्वाेच्च नेता किमजोङ उनको निधन भएको घोषणा गरिसकेको थियो । केही समय सार्वजनिक नहुनेबित्तिकै यी मिडियाहरूलाई आफूभन्दा फरक विचारका मानिसहरूलाई मार्न हतार हुन्छ । आफ्नो विपरीत विचारलाई आधारहीन स्रोत बनाएर संसारबाट नामेट बनाउने प्रयास गर्ने पश्चिमी मिडियाको चरित्र नै हो । यही चरित्रलाई पछ्याउँदै भारतीय मिडिया एक पाइला अगाडि बढिरहेको छ ।
रसिया युक्रेन द्वन्द्व भइरहँदा पश्चिमी मिडियाले रुसी राष्ट्रपतिबारे भ्रामक समाचार प्रचार गरेको थियो र भइरहेको पनि छ । पुटिनको पारालाइसिस भएर मृत्यु भएको जस्ता हल्ला फैलाए । उक्त समयमा पुटिनले कजाकिस्तानको भ्रमण रद्द गरेपछि यो हल्ला सुरु भएको थियो । पुटिनलाई हृदयघात भएको झूटो समाचार फैलाइयो । कसैले सार्वजनिक सभाहरू उपस्थित हुनु पर्ने भएर पुटिनले एक हप्ताको लागि प्लास्टिक सर्जरीको समय तालिका बनाएको थियो भन्नेजस्ता अत्यन्त काल्पनिक कथा बुनेका थिए । कसैले पुटिनलाई जटिल प्रकारको क्यान्सर रोगले गाँजेको कुरा प्र्रकाशित गरे । पछि रुसले पुटिन सम्मिलित बैठकहरूको फुटेज जारी ग¥यो । फेरि ती वास्तवमा अघिल्लो हप्ता टेप गरिएको थियो भनेर अर्को हल्ला फैलाइयो । यस्तो घटिया हल्लाको जवाफ रुसले राम्ररी दियो । जब रुसले सोभियतकालको आफ्नै भूभाग अहिले युक्रेनअन्तर्गत रहेको लुहान्स्क, डोनेट्स्क, खेरसन र जापोरिभिझ्या ४ प्रान्तको प्रतिनिधि सम्मिलित रुससँग गाभिन सहमत भएको भिडियो बाहिर आएपछि बल्ल पश्चिमी मिडियाले पुटिनको मृत्युको हल्ला फैलाउन बन्द ग¥यो ।
अहिलेको समयमा जो कोही पनि गलत रिपोर्टहरूको साथ सामाजिक सञ्जाल भाइरल हुन चाहन्छ । हाम्रै देशमा पनि गलत मनसायले यस्ता हल्ला फैलाउने व्यक्तिहरू बढ्दै छन् । पहिले सूचना सामग्रीको अभावमा सर्वसाधारण दिगभ्रमित हुन्थे भने अहिले सूचना सामग्री यति धेरै छन् कि कुन सही सूचना कुन गलत सूचना बुझ्न नसकेर दिग्भ्रमित हुन्छन् । त्यसैले हामीले कुनै कुरा सामाजिक सञ्जालमा पढ्दा त्यसको विश्वसनियतालाई पुनः एकपटक सोच्ने बानी बसाल्नुपर्छ । नत्र हामी पनि गलत समाचारको शिकार हुनेछौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *