लोकतन्त्र भनेको ‘एल्गोरिदमतन्त्र’ होइन, न त ‘मिदासतन्त्र’ नै हो !
- बैशाख २८, २०८३
नेपालीहरू भारतीयहरूलाई किन रुचाउँदैनन् ?
११. नेपालीहरूले भारत र भारतीयलाई हेर्ने दृष्टिकोणका बारेमा हामीले छलफल गर्यौँ । अब भारतीयहरूले नेपाललाई कसरी हेर्छन् भन्नेबारे चर्चा गरौँ । भारतीयहरू नेपाललाई एक सुन्दर हिमाली देश र नेपालीहरूलाई भारत र भारतीलाई माया गर्नेहरूको रूपमा चिन्छन् । धर्ममा आस्था राख्ने भारतीयहरूका लागि पशुपतिनाथ र मुक्तिनाथ ठूला आकषर्ण हुन् । त्यस्तै मानसरोबर र कैलाश पर्वतको यात्रा गर्न भारतीयहरू नेपाल भएरै यात्रा गर्छन् । हाम्रो पालामा सन् ०७० को दशकमा बनेको देवानन्दको सिनेमा हरेराम हरेकृष्णले नेपालको प्राकृतिक सौन्दर्य र हिप्पी संस्कृतिलाई प्रख्यात बनाएको थियो । नेपाली गोर्खा सैनिक रेजिमेन्टलाई भारतमा धेरै श्रद्धाले हेरिन्छ । आज पर्यन्त भारतीय सैनिकको लागि गोर्खालीहरूलाई भर्ना लिइन्छ र उनीहरूले भारत भूमिको लागि पनि गौरवपूर्ण बलिदान गरेका छन् ।
मलाई अहिले पनि आश्चर्य लाग्छ कि धेरै शिक्षित, पढेलेखेका र देश विदेश भ्रमण गरेका दिल्लीका भारतीयहरू नै सवा एकघण्टाको हवाई दूरीमा रहेको काठमाडौँमा आजसम्म पुगेका छैनन् । सामान्यतया भारतमा कुल्ली, दरवान, अन्य ज्यामी र शारीरिक परिश्रम गर्ने नेपालीहरूलाई हेरेर भारतीयहरूले नेपालीहरूका बारेमा आफ्नो धारणा बनाउँछन् । नेपालका उपसभामुख चित्रलेखा यादवको भारतमा भएको एउटा औपचारिक भ्रमणको प्रसङ्ग म यहाँ कोट्याउँछु । उनको भेटघाट भारतीय संसद्का वरिष्ठ अधिकारीसँग थियो जसले उनलाई बताए कि उनका नेताका धेरै सहयोगीहरू नेपाली छन् । मैले श्रीमती यादव आफ्नो सीटमा बस्दा एकदम नर्भस र असजिलो गरी चलमलाइरहेकी पाएँ । उनको बसाईँ र हाउभाउले नेपाल–भारत सम्बन्धको जटिलताप्रति उनी अनभिज्ञ रहेको प्रस्ट झल्किन्थ्यो । दुःखका साथ भन्नुपर्छ, यस्तै कुराहरूले धेरै भारतीयहरूमा नेपालीका बारेमा उनीहरू इमानदार, चौकीदार र कामदारमात्र हुन् भन्ने धारणा राख्छन् ।

काठमाडौँको पशुपतिनाथ मन्दिर क्षेत्र
धेरै कम भारतीयहरू नेवार समुदायको अति विशिष्ट र उत्कृष्ट कला, कौशल, परम्परा, मूर्तिकला, धातुकला, काष्ठकला, चित्रकला र वास्तुकलाका बारेमा जानकारी राख्छन् । युनेस्कोको सूचीमा रहेको सात विश्वसम्पदामध्ये ६ वटा त नेवार संस्कृतिसँग सम्बन्धित छन् । शिखर शैलीको वास्तुकलाको डिजाइन गर्ने कलाकार अरनिको नेवार हुन् । उनको कला चीन र पूर्वी एसियाको कोरिया र जापानसम्म फैलिएको छ । मुश्किलले केही भारतीयहरूलाई थाहा होला कि नेपालको मुस्ताङ तिब्बेती संस्कृतिको धरोहर हो । नेपालबारेको यही अनभिज्ञता र उनीहरूले सङ्गत गरेका कामदारहरूलाई हेरेर आम भारतीयले नेपालीहरूलाई इमानदार, आज्ञाकारी, मिहेनती, विश्वासिलो व्यक्तिको रूपमा चिन्छन् र यही कुरालाई लिएर शिक्षित नेपालीहरू भारतको विरोध गर्छन् । भारतीयहरूको यस व्यवहारलाई लिएर नेपालीहरू उनीहरू संवेदनशील नभएका र नेपालीहरूको संरक्षक हुन खोेजेको र नेपालका बारेमा सामान्य जानकारी पनि नभएका ठान्छन् ।
नेपालको जातीय विविधताबारे पनि भारतीयहरूलाई ज्ञान छैन । मधेसी समुदाय तराईकै हुन् । उनीहरू सुगौली सन्धिपछि मात्र दुई देशमा बाँडिएका हुन् भन्ने पनि थाहा छैन । नेपालका मधेसीहरू भारतबाट बसाईँ सरेर नेपाल गएको धेरै भारतीयहरू ठान्छन् । नेपालको बारेमा धेरै जानकारी राख्नु हुने सुष्मा स्वराजले समेत जनकपुरका मधेसीहरू भारतका डायसपोरा समुदाय भएको ट्वीट गरेछन् र नेपालले त्यसको विरोध गरेपछि त्यसलाई हटाए ।
कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालको नयाँ नक्सामा हालसालै समावेश गरेपश्चात् भारतीय मिडियामा नेपालको बारेमा चर्को आलोचना भयो । यस घटनापछि भारतले पाकिस्तानसँग मात्र गर्ने खालको व्यवहार नेपालको हकमा पनि ग¥यो । भारतीय मूलधारका मिडियाहरूमा नेपालको यो कार्य चीनको उक्साहटमा भएको र पीत पत्रकारितामा भने तात्कालीन प्रम ओली नेपालको लागि चीनका राजदूतको ‘हनी ट्रयापमा’ परेको समाचार सम्प्रेषण गरे । यसलाई लिएर नेपालमा भारतीय मिडियाको विरोधमा चर्को आक्रोस पोखियो र केही दिनको लागि भारतीय समाचार च्यानललाई नेपालमा प्रसारण गर्न बन्द गरियो ।
भारतमा प्रवासी नेपाली समुदाय र नेपालमा भारतीय प्रवासी समुदायको बसोबास उल्लेखनीय छ । यस प्रवासी समुदायको आधिकारिक जनसङ्ख्या यकिन नभए पनि भारतमा नेपाली समुदाय ४० देखि ६० लाख भएको अनुमान छ । यिनीहरूमध्ये केही दुईतीन महिना काम गरेर फर्कन्छन् । यस्ता मौसमी कामको लागि भारत पस्ने नेपालीहरूको सङ्ख्या माओवादी सशस्त्र विद्रोहताका ह्वात्तै बढ्यो । भारतमा रहेका प्रवासी नेपालीहरू राजनैतिकरूपले पनि सक्रिय छन् । हरेक राजनैतिक पार्टीको एक शाखा भारतमा पनि स्थापना गरिएका छन् । यी प्रवासी समुदायको सहयोगमा नै माओवादी विद्रोहको बेला उनीहरूका केही नेताहरूले भारतका विभिन्न सहरहरूमा आश्रय लिए । समग्रमा भारतका प्रवासी नेपाली समुदाय शान्तिपूर्ण र कानुनको पालना गर्ने गर्छन् । एकाध भने हत्या, हिंसा र लुटपाटमा पनि संलग्न हुन्छन् । त्यस्तो अपराधमा संलग्न आरोपितहरू नेपाल भाग्छन् । सुपुर्दगी सन्धिको अभावमा यस्ता दोषीहरूलाई न्यायको कठघरामा उभ्याउन मुश्किल हुने गर्छ ।

नेपालको मुस्ताङ जसले तिब्बती संस्कृतिको नेपालमा प्रतिनिधित्व गर्छ
आधिकारिक सङ्ख्या उपलब्ध नभए पनि नेपालमा रहेका भारतीय प्रवासीको सङ्ख्या भारतमा रहेका नेपाली समुदायको तुलनामा निकै कम भएको अनुमान छ । नेपाल र भारतबीचको आवतजावतमा कुनै बन्देज नभएकोले यस्तो सङ्ख्याको हिसाब राख्न गाह्रो छ । नेपालमा रहेका यस्ता भारतीयहरू अधिकांश विहार र सँगैका राज्यका हुन् । उनीहरू धेरैजसो स–साना व्यापार व्यवसायमा संलग्न छन् । तर, केरलासम्मका भारतीयहरू शिक्षकका रूपमा पनि नेपालमा कार्यरत छन् । भारत र नेपालका बीचमा केही किचलो भयो भने ती भारतीयहरू निशाना पर्ने गरेका छन् किनभने नेपालका मधेसी र भारतीयहरू छुट्याउन गाह्रो हुन्छ । नेपालमा रहेको भारतविरोधी भावना एउटा तथ्य नै भइसकेको छ । यही भावना दुई देशबीचको सम्बन्धको प्रमुख तत्व पनि रहेको छ जसबारे यसपछिका अध्यायहरूमा चर्चा गरिनेछ ।
लेखकका विचारमाथि हाम्रो आलोचनात्मक टिप्पणी :
जसरी नेपालका बारेमा अधिकांश भारतीयहरू जानकारी राख्दैनन् त्यसरी नै भारतका बारेमा नेपालीहरू पनि धेरै जानकारी राख्दैनन् । तर, यसकै आधारमा सामान्यीकरण गरेर नेपालीहरू यस्ता हुन्छन्† खालि कुल्ली र दरवान कामका लागि योग्य छन् । इमानदार कामदार हुन् भन्ने ढङ्गले टिप्पणी गर्नु नै हेपाहा प्रवृत्ति हो । सङ्ख्यामा घटीबढी भए पनि पुराना मारवाडी समूहका व्यापारीहरूबाहेक नेपालमा काम गर्न आउने अधिकांश भारतीयहरू उत्तर प्रदेश र विहारका छन् । तिनीहरू अक्सर घर निर्माण, फलफुल व्यापार, कवाडी सङ्कलनको कार्यमा संलग्न छन् । हो, केरलाका भारतीय नागरिकहरू अधिकांश मिसन स्कूलमा शिक्षण पेशामा संलग्न छन् । तर, आम नेपालीले उनीहरूको श्रमप्रतिको लगावलाई अति आदरका भावले हेर्छन् । सामान्यीकरण गरेर महावीर, चाणक्य, दयानन्द सरस्वती, गान्धी, नेहरू, स्वामी विवेकानन्द, राहुल सांस्कृत्यान, टैगोर, प्रेमचन्द, सत्यजीत राय वा भगत सिंलाई त्यही कोटीमा राखेर हेर्दैनन् । लेखक आफैले सुष्मा स्वराजजस्तो उच्च ओहदामा रहने व्यक्तित्वमा पनि दुई देशका बारेमा सामान्य जानकारी नहुँदो रहेछ भन्ने कुरा प्रस्ट पार्नुभयो ।
नेपालले कैयौँ पटक सिमाना नियमन वा बन्द गर्ने प्रस्तावलाई एकरति पनि टेरपुच्छर लगाएको देखिएको छैन । उल्टै डा. हर्क गुरुङ संयोजक रहेको सीमा व्यवस्थापन समितिको प्रतिवेदन प्रकाशित हँुदा उनलाई फाँसी चढाउनुपर्छ भनियो । यसले के देखाउँछ भने खुला सिमानाले नेपालले भन्दा भारतले लाभ उठाइरहेको हुनुपर्छ । लेखकले भारतमा काम गर्ने नेपालीभन्दा नेपालमा काम गर्ने भारतीयको सङ्ख्या धेरै कम भनिए पनि यो तथ्यपरक देखिँदैन ।
त्यसैले, नेपालका उपसभामुुख चित्रलेखा यादवको मूल्याङ्कन गरेर उनलाई अन्य कामदारको दर्जामा राखेर अभिव्यक्ति दिनु ठूलो देशको अहङ्कारमात्र हो । हरेक देशको आफ्नै विशेषता हुन्छ । भारत आकारमा ठूलो भएर विविधता भएको होला । नेपाल आकारमा सानै भए पनि भौगोलिक विविधताले यसलाई अति सुन्दर र सौम्य बनाएको छ । सानो देश पनि सुन्दर र त्यहाँका जनता सौम्य हुन्छ भने जानकारी नहुनुमा त्यहाँका जनताको मात्र दोष होइन, सरकारको छिमेकप्रतिको हेपाहा प्रवृत्ति पनि त्यतिकै जिम्मेवार छ ।
नेपालको चुच्चे नक्सा प्रकरणको बारेमा लेखकले कुरा उठाउनुभयो र यसको बारेमा मिडियाको प्रतिक्रिया उल्लेख गर्नुभयो । तर, यसको वास्तविक इतिहासलाई कोट्याउनु भएन । वास्तविक इतिहासले पनि भारतले त्यस क्षेत्रमा कसरी बल मिचाइँ गरेको छ त्यो जगजाहेर हुन्छ । नेपालले आफ्नो भूमि रक्षा र स्वाधीनताको बारेमा उठाउने कुरालाई घुमाइफिराइ उत्तरी छिमेक चीनको हात र ‘उक्साहत’ देख्नु भारतीय सरकारको रोग भइसकेको छ ।
नेपाल र भारतबीचको खुला सीमाको बारेमा पनि लेखकले कुरा उठाउनुभयो र आपराधिक गतिविधि गरेर सीमा पार भाग्ने प्रचलनलाई समस्याको रूपमा औँल्याउनुभयो । तर, नेपालले कैयौँ पटक सिमाना नियमन वा बन्द गर्ने प्रस्तावलाई एकरति पनि टेरपुच्छर लगाएको देखिएको छैन । उल्टै डा. हर्क गुरुङ संयोजक रहेको सीमा व्यवस्थापन समितिको प्रतिवेदन प्रकाशित हँुदा उनलाई फाँसी चढाउनुपर्छ भनियो । यसले के देखाउँछ भने खुला सिमानाले नेपालले भन्दा भारतले लाभ उठाइरहेको हुनुपर्छ । लेखकले भारतमा काम गर्ने नेपालीभन्दा नेपालमा काम गर्ने भारतीयको सङ्ख्या धेरै कम भनिए पनि यो तथ्यपरक देखिँदैन ।
Leave a Reply