भक्तपुर नगर हिन्दू र बौद्ध वास्तुकलाले समृद्ध नगर
- मंसिर १, २०८०
बडा दसैँपछि नेपालीहरूको दोस्रो ठूलो चाड उज्यालो पर्वको रूपमा नजिकिँदै आएको आभाश हुन्छ । दसैँभन्दा तिहार झिलिमिली, उल्लासमय र रमाइलो हुन्छ । तर, बढी खर्चालु हुन्छ । कार्तिक महिना सुरुआत भएसँगै आवश्यक सामग्रीहरूको जोहो गर्ने हेतुले बजारमा चहलपहल र भिडभाडमा वृद्धि भएको देखिन्छ । हुने खाने सुकिला–मुकिलाहरूलाई भन्दा हुँदा खाने निम्न वर्गका आयआर्जन गर्नेहरूलाई महँगीले ढाडै सेकेको छ । फौबञ्जार र बिचौलियाहरू सल्बलाउन थालेपछि त्यसको कुप्रभाव सर्वसाधारणमा पर्न जानेछ ।
अर्थबजारलाई आधार बनाउने हो भने महँगीले नेटो काटेसँगै, अमेरिकी डलरको भाउ आकासिएको छ । नेपालको आर्थिक अवस्था शिथिल र आयात–निर्यातमा घोर असन्तुलित प्रतीत हुन्छ । नेपाल र चीनको तातोपानी र रसुवागढी नाका बन्दै भए पनि आ.व. २०७८÷०७९ मा मात्र २ खर्ब रुपियाँ बराबरको सामान आयात हुँदा ८० करोड रुपियाँको सामानमात्र निर्यात भएको छ । चालु आ.व.को साउन महिनासम्म १८ अर्ब ७६ करोड रुपियाँ बराबरको आयात हुँदा नेपालबाट केबल ६ करोड रुपियाँ बराबरका सामानहरू निर्यात हुन सकेको अवस्था छ ।
साल–बसाली मेरुदण्डको रूपमा रहेको कृषि प्रणालीलाई टेवा दिन सरकारले बजेट प्रस्तुत गर्छ । बिउबिजन, रासायनिक मल, सिँचाइ, प्राविधिक जनशक्तिको व्यवस्थापन सम्बन्धित मन्त्रालयको दायित्वमा पर्छ । ठूला चाडबाडसँगै नजिकिँदै गरेको निर्वाचनलाई दृष्टिगत गरी महँगी वृद्धि नहोस् भनेर सरकारले राष्ट्रव्यापीरूपमा प्रभावकारी अनुगमन गर्नुपर्ने थियो । अपितु, बडा दसैँको पूर्वसन्ध्यामा सस्तो बजारजस्तो सरकारी तवरबाट खोलिएका ‘सुपथ’ पसलहरूमा अखाद्य र गुणस्तरहीन खाद्य वस्तुहरू भेटिनुले विगतमा झैँ सरकार र स्थानीय तहको धज्जी उडाएको छ । सरकारको उपस्थितिमा नै प्रश्न चिह्न खडा भएको छ । लोकतान्त्रिक सरकारको अक्षम्य भूल नै न्यायालयदेखि भ्रष्टाचार नियन्त्रण, कारबाही, अनुगमन÷मूल्याङ्कन गरेर सुशासनको प्रत्याभूति दिनुपर्नेमा सरकारी निकायहरूमा भागबन्डा र संसद् विघटन गर्दा समेत एकपक्षीय नियुक्ति गर्ने रवैयाले बजार अस्तव्यस्त छ ।
छिमेकी भारत र चीनलाई गालीगलौज गर्नुभन्दा, राम्रा कुरा अनुशरण गरी अर्तीलाई हृदयङ्गम गर्नुमा नै श्रेयस्कर हुन्छ । उनीहरू नुनदेखि सुनसम्म आफ्नै उत्पाडित वस्तुहरूको प्रयोगमा प्राथमिकता दिन्छन् भने अधिकांश हामी नेपालीहरू स्वदेशी वस्तु भन्नासाथ नाक खुम्च्याउँछौँ र विदेशी वस्तु खरिद गर्न गर्व महशुश गर्छौँ । करिब ३ दशक अघिसम्म विदेशी ‘सिको’ कम थियो । चाडपर्वलगायत भान्छामा तयार हुने खाद्य वस्तु, मसला सबै बारीमै उब्जन्थे । सम्पूर्ण घरका परिवारजन पशुपालन र कृषिमै आश्रित हुन्थे । बा¥है महिना, बा¥है काल खुरापाटी गरेर फजूल कुरा गरेर समय व्यतीत गर्ने फुर्सदै कहाँ थियो र ¤ लाइटर, सलाईमा समेत पैसा खर्च नगरी आ–आफ्नै अँगेनामा अगुल्टो गाडेर ‘आगो’ को जगेर्ना गर्थे । अझ काठमाडौँ उपत्यकामा त लत्ताकपडा आफ्नै तानबाट उत्पादन हुन्थ्यो । स्कूले केटाकेटीहरूले समेत बिहान–बेलुका गृहकार्यको अलावा, गाईवस्तु, भेडाबाख्रा आदिलाई घाँस, कुँडो आदिको जिम्मेवारी बहन गर्नुपथ्र्याे । बिदाको दिनमा गाई–बाख्रा चराउने, अभिभावकलाई खेतीपातीमा सघाउने गर्थे र सानैदेखि कृषि–पशुपालनको महत्व बुझ्दथे । चाडबाडमा प्रयोग हुने वस्तु बिक्री गरेर आय–आर्जन गर्थे, मितव्ययी थिए । गोजीको पैसा गोजीमै रहन्थ्यो । किन्नैपर्ने वस्तुमा मात्र पैसा फाल्थे । बिउ, मल, सिँचाइ, कुलो आफैँ जोहो गर्थे र सरकारको मुख ताक्दैनथे । सन् १९६० को दशकताका नेपाल चामल निकासी गर्ने देशमा गनिन्थ्यो । बिस्तारै कृषिकार्यमा ¥हास आउन थाल्यो । आज वैदेशिक रोजगारीको आकर्षणले हलो–जुवा मक्किएको अवस्था छ भने गोठ सुनसान भई घरको चिसो पानीमा फलेको मिठो भकारीको ‘एक्ले धान’ को सट्टा बजारको मिसमास गरेको बोराको चामलमा निर्भर रहनुपर्ने बाध्यता बनेको छ । अहिले काम चोर र सौखिन बनेका छन् । गाउँले परिवेशमा वन्सो घाँस, कुँडो खाएका गाई भैँसीको शुद्ध दूध, दही, मही खान छोडेर, मन्द विषाक्त पेय पदार्थ लिची, आँपको बजारिया जुस खाएर जीवन जिउन मख्ख छन्, नेपालीको सुद्धि–बुद्धि कहिले फेर्ने होला ?
नेपालीहरूमा ‘आफ्नो घाँटी हेरेर हाँड निल्नु’ त कता हो कता विवाह, व्रतबन्ध, रक्षा बन्धनमा राखी बाँध्ने नक्कलले गर्दा अर्थतन्त्र नै धरासयी बन्न बेर छैन । तिहारमा दिने भाइ मसला, झिलीमिली बत्ती, उपहारजन्य वस्तु, फलफुल अत्यधिकरूपमा खपत हुन्छ । सुनचाँदी पसल, खाद्यान्न, मासुमाछा र पेय पदार्थ ओसार्नेको ताँती हुन्छ । पसलेलाई भ्याईनभ्याई बोल्ने फुर्सद हुँदैन । अझ टीको लाउन र थाप्न, एक ठाउँबाट अर्काेमा जानेको यातायात खर्च छुट्टै छ । प्रतिव्यक्ति न्यूनतम १००० रूपैयाँ खर्च गर्दा सरदर ३० अर्ब खर्च हुने देखिन्छ । मध्यम वर्गकी एक महिलाले दाजुभाइलाई टीको लाउन जाँदा १५ देखि २० हजार खर्च गरेको देखिन्छ । विगतका दुई वर्ष कोरोनाको कारणले मन फुकाएर मान्न नपाएको र यस वर्ष सरकारले विलासी वस्तुमा रोकतोक लगाएको कारणले लुकीछिपी भित्रिने तिहारजन्य वस्तुहरूमा ठूलै रकम बाहिरिने र राजस्व गुमेर तस्करहरू मोटाउने देखिन्छ ।
खाद्यान्नदेखि लत्ताकपडाहरू आदि तिहारकै लागि आयातीत गरिन्छन् । महानगरपालिकाहरूले पनि बिहान–बेलुका तिहारको बेला व्यापारीहरूलाई फुटपाथमा पसल राख्न छुट दिएमा, स्थानीय व्यापारी र उपभोक्ता लाभान्वित भई कालाबजारियाहरूको चङ्गुलबाट केही हदसम्म मुक्त हुनसक्छन् । भट्टी वा चिया पसलमा सरकारको मात्र बद्ख्याइँ गर्नुभन्दा तडकभडक र होडबाजी गर्ने प्रवृत्तिको तिरष्कार आफैबाट सुरुआत गर्नु उचित हुन्छ । औषधिजन्य वस्तु, मेसिनरीजस्ता चिजबिज आदि अत्यावश्यक वस्तु स्वदेशी ढुकुटी जोगाउने कदम आफैँबाट चाल्नुपर्छ । अरूले घोडा चढ्यो भनेर आफूले धुरी चढ्नु किमार्थ हुँदैन । खोक्रो नारा र राष्ट्रभक्तिको फोस्रो आडम्बरले जन्मभूमिको ऋण मोचन गर्न सकिन्न । स्वदेशी वस्तु पाएसम्म महँगो नै भए पनि प्रयोग गर्ने प्रचलनले राष्ट्र समृद्ध बन्दै जान्छ । विदेशी हेपाहा प्रवृत्तिको सिकार हुनुपर्दैन । अमेरिका र भारतीय बजारमा बेलायती सामानको ठाडै बहिष्कार गरेर अङ्ग्रेजहरूलाई लज्जास्पदरूपमा भगाइएको कुरा इतिहास साक्षी छ । जुनसुकै दलको शासक सत्ता भए पनि राम्रा जनमुखी कार्यलाई सफलिभूत पार्ने कार्य जनतामै आश्रित छ ।
असोज ३० गते नन्दलाल खरेलद्वारा लिखित नेपालमा व्यापार घाटाको चोटिलो र हृदयस्पर्शी कुरा आयो । अहिले घर–घरमा ‘भटभटे’ र महँगा गाडी छन् । देश तन्दुनाम भए पनि गत आर्थिक वर्षमा मात्र ३ खर्ब, १० अर्ब १८ करोड बराबरको ३१ लाख, ८९ हजार, ७१६ किलोमिटर पेट्रोलियम आयात गरेको देखिन्छ । विद्युतीय सवारी साधनमा सरकारले भारी छुट दिएर व्यापार घाटा कम गर्न प्रोत्साहित गर्नुपर्छ ।
तिहार नेपालीको मौलिक, संस्कृति एवम् पौराणिक चाड हो । भकारीमा पुरानो अन्न हुन्थ्यो । प्रायजसोको आँगनमा मकैको सूली हुन्थ्यो । घरमा लैनो÷बकेर्नाे भैँसी, गाई, खसी, बोका, रैथाने कुखुराको भाले वारि बास्दा पारि सुनिन्थ्यो । दसैँमा छुट्टी नमिल्नेहरू मुङ्लानबाट घर फर्कने छोरालाई सदा आउने बाटोतिरै आँखा हुन्थे । आमाको ‘तिहारको विशेष’ भनेकै सेलरोटी थियो । मिठो–मसिनो खाने रङ्ग–रउस, मनोरञ्जन गर्ने, देउसी–भैलो खेल्ने र उठेको दान–दक्षिणाले सामाजिक सेवामा लगाउने, वनभोज गर्ने चलन थियो । वारिभरि खेतबारीमा लह–लह धान झुल्थ्यो । पाखा बारीमा कोदो, कान्लामा कात्तिके र वोसे बोडी लटरम्म फलेका हुन्थे । घरबारीको छेउमा जुनेलो, मकै रसिला उखु हुन्थे । खोलामा रैथाने प्रजातिका माछा तिहारको लागि मारिन्थ्यो । घ्यू, दूध, दही, महीको दुःख हुँदैनथ्यो । गाउँमा प्रत्येकले गोरस र मलको लागि गाई पाल्थे । गाउँमा उब्जेको तिउन–तरकारी, घ्यू, मासु सहरतिर माग हुन्थ्यो र सहरमा भएका उत्पादित वस्तु गाउँमा आइपुग्थे । माछा, मासुलगायत अचार आदि घरकै उपज हुन्थे । ताइचिन जस्तै वासनादार चिउरा र घैयाको भात, घिरौँलाको तिहुन दूधको साथमा अत्यन्त मिठो लाग्थ्यो । प्रायः गाउँले सबैको घरमा मौसमी फलफुल लटरम्म हुन्थे । चाड पर्वमा २÷४ घारी केरा पाकेकै हुन्थे र सबै कुरा घरकै उब्जनी हुन्थ्यो । कुमालेले बनाएको पालामा बारीकै कोलमा पेलेको तेल राखेर प्युरीबाट काडेको बत्ती बालिन्थ्यो । गाउँले दमाई दाइले सिएको टोपी लुगा लगाउन पाउँदा दङ्ग परिन्थ्यो तथा रोजगारीको सिर्जना गरेको थियो । घरमै बनाइने रोटी, अनरसाको सट्टा पारिबाट आयातीत मिठाइ, मसला, ‘तिहार विशेष’ का विदेशी रङ्गी–बिरङ्गी पोशाकहरूले बजार ढाकेका छन् । दिदी बहिनीले भड्किला उपहार, मसला दिने र दाजुभाइले पनि दक्षिणाको अलावा महँगो आयातीत जिन्सी सामान उपहार दिनाले तिहारको मौलिक संस्कृतिलाई कुठाराघात भएको छ । चाडपर्वमुखी सयपत्री, मखमली फूलहरूका बिरुवा बाँझोपाखो पखेरामा लगाएर तिहारको शुभारम्भ हुनु ३ महिना अघिदेखि घर परिवारलाई रोजगारी दिनुको सट्टा सम्पूर्ण खाने–लाउने कुरामा परनिर्भर हुँदा देश कङ्गाल बन्दै गएको छ भने विदेशी वस्तु खपत गर्ने माध्यम बन्नु दुःखद हो ।
.
Leave a Reply