भर्खरै :

मतदान गर्ने राजनीतिक अधिकारको सही उपयोग होस्

मतदान गर्ने राजनीतिक अधिकारको सही उपयोग होस्

निर्वाचनमा मतदान गर्नु जनताको राजनीतिक अधिकार हो । जनताले आफ्नो राजनीतिक अधिकार खेर फाल्नु हुँदैन । आफ्नो अधिकार सही ढङ्गले प्रयोग गर्नुपर्छ । आफ्नो अधिकार भनेर जो कसैलाई मतदान गर्दा हाम्रो मतको सही उपयोग हुँदैन । निर्वाचनमा हामीले असल प्रतिनिधि छान्नुपर्छ, जनताका प्रतिनिधि छान्नुपर्छ, देश र जनताका निम्ति सङ्घर्षरत दलका उम्मेदवारलाई जिताउनुपर्छ । असल प्रतिनिधि छान्न सकिएन भने जनताले धोका पाउनेछन् । यसले देशलाई पनि हानि पु¥याउँछ । जनताको मत लिएर जनतालाई शोषण, दमन गर्ने, देशविरोधी र जनविरोधी सन्धि–सम्झौता गर्ने, ऐन–कानुन बनाउने दलका उम्मेदवारलाई हराउनुपर्दछ ।
शासक दलका नेता, मन्त्री र सांसदहरू भ्रष्टाचार गर्छन्, भ्रष्टाचारमा फस्छन् । उनीहरू भ्रष्टाचारीमाथि कारबाही गर्दैनन् । बरू भ्रष्टाचारीहरूलाई नै पार्टीमा हुल्छन् या पद दिन्छन् र हौसला दिन्छन् । नेमकिपा भ्रष्टाचारीविरोधी दल हो । नेमकिपाले पार्टी स्थापनादेखि भ्रष्टाचारको विरोध गर्दै आएको हो, भ्रष्टाचारीहरूमाथि कडा कारबाही गर्नुपर्छ भन्ने नेमकिपाको माग हो । भ्रष्टाचार अन्त्य गर्न नेमकिपाले भ्रष्टाचारविरोधी अभियान थालेको थियो, भ्रष्टाचारीहरूमाथि कारबाही गरेको थियो । नेमकिपाका जनप्रतिनिधिहरू, सांसदहरू भ्रष्टाचार गर्दैनन्, अरू कसैले गर्छन् भने त्यसको विरोध गर्छन् । हामीले भ्रष्टाचारको विरोध गर्ने, भ्रष्टाचारविरोधी अभियान चलाउने, भ्रष्टाचार गर्नेहरूमाथि कारबाही गर्ने दलका उम्मेदवारहरूलाई निर्वाचित गर्नुपर्छ ।
भ्रष्टाचार अन्त्य नभएसम्म देशको राम्रो विकास सम्भव छैन । भ्रष्टाचार र अनियमितता नरोकेसम्म देशमा विधिको शासन सम्भव छैन, सुशासन सम्भव छैन । देशको सन्तुलित विकासको निम्ति सङ्घर्षरत, विकासको रकम सदुपयोग गर्ने दलका उम्मेदवाहरू जनताको निम्ति आवश्यक छ । पैसा र पदमा भुल्ने, पदको दुरूपयोग गरी अकुत सम्पत्ति कमाउने, दलगत र व्यक्तिगत स्वार्थमा लाग्ने दलका उम्मेदवारहरू जनताका सच्चा प्रतिनिधि हुनेछैनन् । निर्वाचनमा पैसा बाँड्ने, लोभलालच देखाउने, धाक धम्की दिने सरकार र ठूलो दलको रवाफ देखाएर मत लिन खोज्ने दलका उम्मेदवारहरूलाई हामीले चिन्नुपर्छ र पाखा लगाउनुपर्छ । यसमा देशभरका मतदाता सचेत हुनुपर्छ । हाम्रो मत जित्नेलाई होइन असल, योग्य, सक्षम, देशभक्त, इमानदार, सिद्धान्त र विचारको राजनीति गर्ने देश र जनताप्रति समर्पित दलका उम्मेदवारलाई दिनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *