निर्वाचनबारे संवाद ५
- चैत्र १०, २०८२
काठमाडौँ, १३ कार्तिक । नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले घोषणापत्र अध्ययन गरी मतदान गर्न आग्रह गर्नुभएको छ ।
काठमाडौँ जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरूको भेलामा सचिव सुवालले नेमकिपाबाट निर्वाचित हुने सांसदहरूले देश र जनताको पक्षमा ऐन, कानुन बनाउन र देशघाती र जनविरोधी कार्यको विरोध गर्न आवाज उठाउने विश्वास व्यक्त गर्नुभयो ।
“नेमकिपा बहुसङ्ख्यक कामदार जनताको पक्षमा सङ्घर्षरत छ, जनताको हितमा नीति बनाउन ध्यान नदिई विकासे कुरामात्र गर्नु राजनीतिक अदूरदर्शिता हो”, उहाँले भन्नुभयो ।
सत्तासीन दलले विकासको पोको बाँडेर मत बटुल्ने प्रयास गरिरहेको हुँदा जनता सचेत हुनुपर्ने आवश्यकता पनि उहाँले औँल्याउनुभयो ।
उम्मेदवारहरूले जनताको सम्पर्कमा निरन्तर गइरहनुपर्नेमा जोड दिनुभयो ।
भेलामा नेमकिपा काठमाडौँ जिल्ला समितिका अध्यक्ष नारायण महर्जनले पुँजीपति वर्गको सरकारले बहुमत जनताको हित नहेर्ने हुँदा समाजवादी व्यवस्था ल्याउन जनतालाई सैद्धान्तिक र वैचारिकरूपले सचेत पार्नुपर्नेमा जोड दिनुभयो ।
Leave a Reply