यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
भारतले नेपाली भूमि धेरै मिचिसकेको छ । नेपाली भूमि मिच्ने क्रम अझै छोडेको छैन । नेपाली भूमिमा भारतीय सेना राख्ने, नेपाली भूमिमा सडक बनाउने, नेपाली भूमिलाई आङ्कनो भूमि ठान्ने, नेपाल–भारत सीमामा भारतले एकतर्फीरूपमा बाँध तथा तटबन्ध बनाउने काम गरिरहेको छ । नेपाली भूमिमा बसिरहेका नेपालीलाई उठिबास गर्ने, नेपालबाट भारत पस्दा र भारतबाट नेपाल पस्न लाग्दा लुटपिट गर्ने, शारीरिक र मानसिक यातना दिने काम भारतीय पक्षबाट भइरहेको छ । नेपाल–भारत सीमामा मात्र होइन नेपाली भूमिमा समेत भारतीय सुरक्षाकर्मीले दुव्र्यवहार गरिरहेको स्थानीय बासिन्दाको गुनासो हो । यसरी भारतले नेपालमा पहिलेदेखि दुःख दिँदै आएको हो । तर पनि नेपाल सरकार मौन छ ।
नेकाले हालै पार्टीको घोषणापत्र सार्वजनिक ग¥यो । घोषणापत्रमा कालापानी, लिपुलेक, लिम्पियाधुरा र सुस्ताबारे विवाद मिलाउन कूटनीतिक माध्यममार्फत सुल्झाउने उल्लेख छ । देशमा बहुदलीय व्यवस्था भएपछि धेरै पटक सरकारको नेतृत्व गर्ने दल नेका नै हो । लामो समयसम्म शासन गरेको नेकाले सीमा विवाद समाधान गर्ने पाइला खासै चालेन । बरु नेकाकै पालामा देशमा सीमा अतिक्रमणमात्र होइन धेरै असमान सन्धि सम्झौता भयो । देशका नदीनाला नेकाकै पालामा भारतको हातमा गयो । नेकाकै पालामा अन्तर्राष्ट्रिय मूल्य र मान्यताविपरीत नेपाल–भारत सीमामा बाँध तथा तटबन्ध बनाइयो । यो भारतको दादागिरी नै हो ।
कार्तिक १३ गते प्रकाशित ‘नागरिक’ दैनिकमा ‘सीमामा भारतको दादागिरी’ शीर्षकको समाचार छापियो । समाचारमा दार्चुला जिल्लाको उत्तरी भू–भाग व्यास गाउँपालिकाको त्रिदेशीय सीमा क्षेत्रमा भारतीय पक्षले गरेको दादागिरीको चर्चा छ । दार्चुलाको कालापानी, लिपुलेक र लिम्पियाधुरामा भारतले अतिक्रमण गरिरहेको प्रसङ्ग उल्लेख गरिएको छ । सुरक्षाकर्मीको दुव्र्यवहार, सुरक्षा जाँचको नाममा खानतलासीको मालसामानमा रोकतोक र यात्रा अनुमतिमा अनावश्यक दुःख दिइरहेको सो समाचारमा उल्लेख गरिएको छ ।
भारतीय पक्षले सडक निर्माण गर्ने बहानामा नेपाली भूमिको दोहन, नेपाली भू–भागमै सुरक्षा गस्ती सञ्चालन, वन पैदावार तथा वन्यजन्तुको चोरी सिकारी गर्दै आएको छ । अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा कुनै भौतिक संरचना बनाउँदा दुवै देशले एक अर्कालाई असर पु¥याउने काम गर्न नपाइने व्यवस्था छ । विस्फोट गराउनैपर्ने भए त्यसको सूचना दिनुपर्छ । तर, भारतीय पक्षले सीमा क्षेत्रमा आफूखुसी गर्दै आएको छ । भारतीय एकाधिकार पुँजी पनि नेपालको अर्काे समस्या हो । यसबाट प्रस्ट हुन्छ, भारत नेपालको हित चाहँदैन । भारतले नेपालमा विकासको नाउँमा नेपालका प्राकृतिक स्रोत साधन कब्जा गर्दै छ, भारतले नेपाललाई निल्ने पूर्वाभ्यास गर्दै छ । यसमा सत्तासीन दल, ठूला र अन्य दलका नेता र आम जनता सचेत र सङ्गठित हुनुपर्छ र भारतको अतिक्रमणको विरोध गर्नुपर्छ ।
Leave a Reply