जाँचबुझ आयोगमा सरोकारवालाहरूको बयानको सार सङ्क्षेप – ९
- बैशाख ११, २०८३
आउँदो मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदै छ । नेमकिपाले यस पटक देशका ५८ जिल्लामा आफ्नो उम्मेदवारी दर्ता गरेको छ ।
चुनाव एक वर्गीय सङ्घर्ष हो । नेमकिपाले सुरुदेखि नै चुनावलाई उपयोग गर्दै आएको हो । चुनावलाई नेमकिपाले देश र जनताको सेवाबाहेक आफ्नो कुनै स्वार्थ नभएको स्पष्ट पार्दै आएको हो । यो कुरा नेमकिपाका विजयी प्रतिनिधिहरूमार्फत भक्तपुर नगरपालिकाले अहिलेसम्म गर्दै आएको काम र खेल्दै आएको भूमिकाबाट प्रस्ट छ । भक्तपुर नगरपालिकाको कामको सराहना गर्न देशका ठुला पार्टीका नेताहरूसमेत जानकार छन् । यो पार्टीको ४०÷४५ वर्षको मेहनतको फल हो । कतिले हामीलाई भोट दिएर भोट खेर गएको ठान्छ । तर, हाम्रो भोट खेर गएको छैन । सन् १९०५ मा रुसी संसद् ड्युमामा लेनिनको पार्टीको ५ जनामात्र सदस्यहरू उपस्थित थिए । तर, तिनीहरूले पुँजीवादी अवस्था र जारको शासन सत्ता नै हल्लाए । अक्टोबर समाजवादी क्रान्तिको आधार तयार गर्न ती समाजवादी प्रतिनिधिहरूको ठुलै भूमिका रह्यो । हामीले चुनेर पठाएका जनप्रतिनिधिहरूले देशमा समाजवादी व्यवस्था स्थापना गर्नको निम्ति सहयोग हुने कुरा समयले देखाउनेछ । नेमकिपाले जितेको भक्तपुर नगरपालिकाको काम हेर्न देशका विभिन्न जिल्लाका नगरपालिकाका प्रतिनिधिहरूमात्र होइनन् विदेशका नगरपालिकाका प्रतिनिधिहरूसमेत अध्ययनका लागि आउँदै छन् । यो नै तपाईँ हामीले दिएको मतको सफलता हो । प्रतिनिधिहरूले गरेको काम हाम्रो मतको सम्मान हो ।
आज देशका बुद्धिजीवीहरू आफ्नो मत खसाल्न पार्टीहरूले गरेको पुरानो प्रतिबद्धता पत्रहरू पल्टाएर हेर्दै छन् । उनीहरूले घोषणापत्रअनुसार कुनै पनि कामहरू गरेका छैनन् भनी प्रश्न गर्न थालेका छन् । संसद्मा सबभन्दा बढी समय हाजिर भएर जनताको पक्षमा प्रश्नहरू उठाउने हाम्रै प्रतिनिधि हुन् । एमसीसी, एसपीपीलगायतका देशघाती सन्धि सम्झौताहरूको विरोधमा आवाज उठाउने देशभरिमा नेमकिपाकै जनप्रतिनिधि हुन् ।
मानिसहरू भन्छन्, नेमकिपालाई हालेको मत खेर जान्छ वा नजित्नेलाई किन भोट हाल्ने ? अर्को प्रश्न पनि उठ्छ – संसद्मा देश र जनताको पक्षमा आवाज उठाउन नसक्ने प्रतिनिधि पठाएर के गर्ने ? कानुन निर्माणजस्तो संवेदनशील विषयमा गयल भई मन्त्रालय मन्त्रालयमात्र धाउन किन पठाउने ? जनपक्षीय कानुन निर्माणमा ध्यान नदिएर ठेक्कापट्टाको कमिसनमा मात्र ध्यान दिन किन प्रतिनिधि पठाउने ? त्यसैले, मत उनीहरूको खेर गएको हो ।
Leave a Reply