नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
अक्टोबर ५ मा अशोक विजयादशमीको अवसरमा आयोजित एक कार्यक्रममा सहभागी भएको कारणले आम आदमी पार्टीका नेता तथा दिल्लीका मन्त्री राजेन्द्र पाल गौतमलाई राजीनामा दिन बाध्य पारियो । उनी बुद्ध धर्म दीक्षा समारोहमा सहभागी भएका थिए । हजारौँ दलितहरू सहभागी भएको सो कार्यक्रम हिन्दूत्व त्याग र बुद्ध धर्म अङ्गाल्ने पावन दिन थियो । तिनीहरूले स्वतन्त्र भारतका प्रथम कानुनमन्त्री र भारतीय संविधानको मस्यौदा समितिका प्रमुख डा. भीमराव अम्बेकरको पदचाप पछ्याए । सन् १९५६ मा जस्तै सो समारोहमा शपथका २२ श्लोक जप्नुपर्छ । बुद्ध धर्म अङ्गालेपछि ब्रह्मा, विष्णु, शिव र गौरीजस्ता हिन्दू देवीदेवताहरूको पुजाआराधना त्याग्नुपर्छ । त्यसपछि मानवतावाद, इमानदारी र सत्यको बाटो अङ्गाल्नुपर्छ । विभेद र हिंसा त्याग्नुपर्छ ।
अम्बेडकरको तस्बिरमा माल्यार्पण गर्दैगर्दा उनका २२ श्लोक जप्नुपर्छ । विडम्बना ‘आरएसएस’ ले यस कार्यमा भाँजो हाल्न सक्छ । सो समारोहमा मन्त्री गौतमको उपस्थितिले राष्ट्रिय स्वयम्सेवक सङ्घ (आरएसएस) का नेता कार्यकर्ताको पारो तात्यो । उनीहरूले गौतमलाई हिन्दूविरोधी करार गर्ने अभियान नै चलाए । ‘आम आदमी पार्टी’ (आप) को रवैया पनि फरक देखिएन । दिल्ली सरकारको बागडोर सम्हालेको ‘आप’ ले आफ्नै नेता र मन्त्रीको बचाउ गरेन । यो ठूलो विरोधाभाष हो । किनभने, दुवै सङ्गठनले मुखले अम्बेडकरलाई श्रद्धा गर्ने दाबी गर्छन् र आफ्ना कार्यालयहरूमा उनको तस्बीर झुन्ड्याउँछन् । यद्यपि ‘आरएसएस’ र ‘आप’ को प्रतिक्रियाबाट अम्बेडकरले जीवनभर अङ्गालेका विचार, शब्द र मूल्यमान्यतालाई ती सङ्गठनले कति सजिलै लत्याउन सक्छन् भन्ने कुरा स्पष्ट भएको छ । ‘आरएसएस’ देशकै बागडोर सम्हालिरहेको भारतीय जनता पार्टी (भाजपा) को भात्रृ सङ्गठन हुनाले भाजपाको रवैया पनि फरक देखिन्न ।
भाजपाका कार्यकर्ताहरूको एउटा समूह मन्त्री गौतमको घरबाहिर भेला भएर उनीविरुद्ध नारा लगाए र हिन्दू देवता रामको तस्बिरयुक्त झन्डा फहराए । सामाजिक सञ्जाल र सरकारपक्षधर मिडियाहरूले उक्त कार्यक्रममा सहभागी भएर गौतमले हिन्दू देवीदेवतालाई अपमानित गरेको आरोप लगाए । भाजपा दिल्ली समितिका अध्यक्ष आदेश गुप्ताले गौतमविरुद्ध मुद्दा दायर गरे । दिल्ली प्रहरीले गौतमसँग सोधपुछ गरिसकेको छ । चुनावी सरगर्मीबीच गुजरातमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई हिन्दूविरोधीको रूपमा चित्रण गर्दै पोस्टरहरू टाँगेर प्रचार गरिँदै छ । आफू कृष्ण जन्माष्टमीमा जन्मेको र प्रतिबद्ध हिन्दू भएको भन्दै केजरीवालले तुरुन्तै प्रतिवाद गरे । साथै उनले मन्त्री गौतमले २२ बौद्ध शपथ लिएकोमा दुःखी भएको बताए ।
अन्त्यमा गौतमले राजीनामा दिए । गत अक्टोबर ५ मा गौतमले उच्चारण गरेको बौद्ध शपथलाई अम्बेडकरले झन्डै ३ लाख अनुयायीहरूसँगै सन् १९५६ मा वाचन गरेका थिए । अम्बेडकरको लेखनीमा ती शपथको उच्च स्थान छ र उनले आफ्ना अनुयायीहरूलाई हिन्दू देवीदेवताको पुजा नगर्न अनुरोध गरेका थिए । यद्यपि उनले हिन्दू देवीदेवतालाई अपमानित भने गरेका थिएनन् । ‘आरएसएस’ र ‘भाजपा’ को गठजोडले दलितहरूलाई फकाउँछ तर आफूले स्तुति गाउने आधुनिक भारतको सबैभन्दा ठूलो राजनीतिक अगुवाको विचारलाई दबाउँछ । त्यस्तै अम्बेडकरको स्तुति गाउने केजरीवालको खोक्रोपन पछिल्लो प्रकरणले छताछुल्ल पारेको छ । ‘आरएसएस’ ले अम्बेडकरलाई ‘प्रातः स्मरणीय’ भनेको छ । ‘आरएसएस’ बाट आएका प्रसिद्ध नेताहरूले समेत समानता र न्यायको निम्ति अम्बेडकरले गरेको सङ्घर्षकै कारण आफू राजनीतिमा आउन सकेको भन्ने गरेका छन् । यी नेताहरूको लहरमा प्रम नरेन्द्र मोदी पनि पर्छन् । ‘आरएसएस’ का कार्यकर्ताहरूले धुमधामसँग अम्बेडकरको जन्म दिवस पनि मनाउँदै आएका छन् ।
सिक्काको अर्को पाटो पनि छ । ‘आरएसएस’ ले अम्बेडकरको उधुम प्रशंसा गर्छ । यसरी ऊ भारतलाई हिन्दू राष्ट्रमा फेर्ने योजनामा छ । निश्चय नै यो अम्बेडकरको सोचभन्दा विपरीत योजना हो । किनभने एक शताब्दीअघि नागपुर क्षेत्रमा ‘गैरब्राह्मण’ आन्दोलनसँग जुध्न ‘आरएसएस’ को स्थापना भएको थियो । जातिवादविरोधी अभियानले वर्णाश्रम व्यवस्थालाई तारो बनाउँदै गर्दा ‘आरएसएस’ ले सुरुसुरुमा जातिप्रथाका गहिरा सामाजिक र आर्थिक जराहरू नखोतली सारा हिन्दूलाई एकै छातामुनि ल्याउन खोजेको थियो । ‘आरएसएस’ ले पौराणिक काललाई स्वर्णकालको रूपमा प्रशंसा ग¥यो । पौराणिक कालमा बाहुनवादी वर्ण व्यवस्था उत्कर्षमा थियो । ‘आरएसएस’ ले भविष्यमा मनुस्मृतिका श्लोकहरू लागू गर्ने राज्य बनाउने सङ्कल्प ग¥यो । बिस्तारै उसले आफ्नो रणनीति र भाषा फे¥यो । हिन्दू राष्ट्र बनाउने मूल योजनालाई ‘आरएसएस’ ले परित्याग गरेको छैन । हिन्दू सभासँगै मिलेर सो योजना पूरा गर्ने उसको उद्देश्यमा हेरफेर भएको छैन । सन् १९४७ मा बनेको धर्मनिरपेक्ष लोकतान्त्रिक भारतको ठिक विपरीत ऊ भारतलाई हिन्दू राष्ट्रमा फेर्ने उद्देश्यमा प्रतिबद्ध छ । इतिहासमा उसले आफ्नो जुम्ल्याहा भाइ पनि पाएको थियो । मुस्लिम लीगले अलग्गै मुसलमान देशको माग राखेर सङ्घर्ष गरेको थियो ।
अम्बेडकरले दुवै धर्मगत राष्ट्रवादलाई अर्थहीन ठह¥याए र उनी सामाजिक न्याय र धर्मनिरपेक्ष राज्यको पक्षमा उभिए । पाकिस्तानबारे लेखिएको आफ्नो पुस्तकमा उनले नयाँ देश (पाकिस्तान) को मागको विरोध गरे । किनभने, त्यसले हिन्दू राष्ट्रको मागलाई मलजल गर्ने उनले देखे । धर्ममा आधारित देश (वा पाकिस्तान) मा ‘श्रेणीबद्ध जात’ र ‘श्रेणीबद्ध आदिवासीहरू’ माथि कहर बर्सिने अम्बेडकरको पूर्वानुमान थियो । पाकिस्तानवारि ‘आरएसएस’ ले पनि अम्बेडकरले मस्यौदा गरेको संविधानको आलोचना ग¥यो । संविधानमा पश्चिमा विचारहरू घुसाएको र आफूले गौरवपूर्ण ठान्ने हिन्दू पवित्र ग्रन्थहरूलाई बेवास्ता गरेको ‘आरएसएस’ को तर्क थियो ।
अम्बेडकरले जातिप्रथाको उन्मूलनभन्दा कम माग कहिल्यै गरेनन् । उनले लेखेको संविधानले समयक्रममा जातीय विभाजन र विभेदको उन्मूलन गर्ने परिस्थिति पैदा गर्न आरक्षण नीतिमा जोड दियो । हुकुमी जातिहरूले आरक्षणको विरोध जारी राखे । सो विरोध गुजरातमा सन् १९८१ मा दलितविरोधी हिंसामा परिणत भयो । रोजगारीमा आरक्षण लिएको पिछडा वर्गविरुद्ध सन् १९८६ मा पनि उस्तै हिंसा मच्चिएको थियो ।
भारतले मन्डल आयोग पुरस्कार दिन थालेपछि ‘आरएसएस’ ले बाबरी मस्जिद रहेको स्थानमा राम मन्दिर बनाउनुपर्ने माग उछालेर आन्दोलन चलायो । पूर्वप्रम अटल बिहारी बाजपेयीले मन्डलको जवाफ कमन्डल वा हिन्दू धर्मले दिनुपर्ने भने । यसबाट ‘आरएसएस’ को नियत स्पष्ट हुन्छ ।
यसरी ‘आरएसएस’ ले दलित र पिछडिएको तप्कालाई अघि बढाउने नीतिहरूलाई निरुत्साहित गर्न सक्छ । केही वर्षअघि ‘आर्थिक रूपमा कमजोर तप्का’ को लागि आरक्षणको नीति ल्याएर उसले यो काम थालिसकेको छ । उसले दलित, पिछडा र आदिवासी समुदायका मानिसहरूलाई हातमा लिएर ‘सोसल इन्जिनियरिङ’ मा उपयोग गरेको छ । हिन्दू राष्ट्रको आफ्नो एजेन्डामा अन्य समुदायलाई तान्न उसले धेरै सङ्गठनहरू बनाएको छ । दलित र पिछडा वर्गको लागि ‘सामाजिक समरास्ता मञ्च’, आदिवासीहरूको लागि ‘वनबासी कल्याण आश्रम’ आदि । उत्पीडित समुदायका नायक वा वीरहरूलाई छानीछानी मुसलमानहरूका शत्रुका रूपमा चित्रण गरिन्छ । यसको गतिलो उदाहरण राजा सुहेलदेव हुन् । उनी पासी जातका दलित थिए । ‘आरएसएस’ ले उनको महिमामन्डन ग¥यो र त्यसमा मुसलमानविरोधी रङ पोत्यो ।
खासगरी सन् २०१४ मा आमनिर्वाचन जित्न थालेयता भाजपाले दलित नेताहरूलाई सत्तामा सहभागी बनाउँदै आएको छ । यसबाट ‘आरएसएस’ लाई हिन्दू धर्मशास्त्रले तल्लो दर्जा दिएका समुदायहरूबीच आफ्नो चुनावी र वैचारिक जरा गाड्न मद्दत मिलेको छ । ती समुदायलाई प्रोत्साहन गर्ने नीतिहरूलाई कुल्चेर ‘आरएसएस’ ले ‘सेवा’ गर्दै छ ।
आफ्नै पार्टी आफ्नो पक्षमा नउभिएपछि मन्त्री गौतमले राजीनामा दिनु अस्वाभाविक हो कि ? उनको दल ‘आप’ नागरिकहरूको धर्म चुन्ने अधिकारको पक्षमा पनि उभिन सकेन । वास्तवमा उनको दलले अम्बेडकरले आजीवन सङ्घर्ष गरेको सामाजिक न्यायको मुद्दामा कुठाराघात ग¥यो । कुनै बेला केजरीवाल ‘समानताको निम्ति युवा’ नामक सङ्गठनमा सक्रिय थिए । सो सङ्गठनले सीमान्तकृतहरूलाई उत्साहित गर्ने नीतिहरूको विरोध गथ्र्यो । यो पछिल्लो प्रकरणबाट ‘आप’ शासित राज्यहरूमा वैचारिक प्रतिबद्धताभन्दा पनि चुनावी जीतको निम्ति मात्र अम्बेडकरलाई नायकत्वकरण गरिएको सावित भएको छ । यो तथ्यलाई ‘आप’ ले अस्वीकार गर्न गा¥है पर्नेछ ।
(लेखक मानव अधिकार अभियन्ता हुन् । पहिले उनी प्राध्यापन गर्थे ।)
अनुवाद : संयम
Leave a Reply