“सम्पदाको संरक्षण, संवद्र्धन र पर्यटन प्रवद्र्धनलाई भक्तपुर नगरपालिकाले प्राथमिकतामा राखेको छ”
- असार ३१, २०८३
प्रतिनिधिसभाको निर्वाचनमा एमाले र नेकाले बहुमत ल्याउने दाबी गरेका थिए । तर, एउटा दलले त के एमाले र नेकाको गठबन्धनले पनि बहुमत ल्याउन सकेनन् । कुनै पनि गठबन्धनले बहुमत ल्याउन नसकेको स्थितिमा गठबन्धनका शीर्ष नेताहरूले गठबन्धनबाहेकका दलका नेताहरूसँग भेटघाट या गृहकार्य गर्न थालेका छन् । गठबन्धनका दलहरूले निर्वाचनमा बहुमत ल्याउन नसक्नुको कारण सत्तासीन र ठूला दलहरूले जनताको निम्ति केही गर्न नसक्नु हो । यो जनताको अविश्वासको सङ्केत हो । जनताको विश्वास जित्न नसक्नु भनेको सरकारको असफलता पनि हो । सत्तासीन दलले बहुमत जनताको हितमा काम गर्न नसक्नु हो ।
कुनै पनि दलले बहुमत प्राप्त गर्न नसक्ने स्थितिमा सत्ताधारी र ठूला दलका नेताहरू अनेक षड्यन्त्र या चलखेल गर्छन् । पहिले नेकाले बहुमत प्राप्त गर्न नसक्दा बहुमत पाउन सांसदसमेत किनेको थियो । नेकाले नेमकिपाका सांसद विदेश पु¥याएर आफ्नो हातमा लिएको थियो । नयाँ सरकार गठन गर्न अब नेकाले के कस्तो दाउपेच गर्ने हो, गठबन्धनबाहेक अन्य दलका नेताहरूलाई सरकारमा सामेल गराउन के कस्ता मन्त्रीको लोभ देखाउने हो ? हेर्न बाँकी छ । सत्तासीन दललाई जसरी भए पनि बहुमत ल्याउनु छ । बहुमत पु¥याउन अरू दलका सांसदहरूलाई लोभलालच देखाएर भए पनि तान्नु छ । पुँजीवादी पार्टीहरूले विगतमा गर्दै आएको यस्तै दाउपेच हो । अर्काे ठूलो दल एमालेले पनि बहुमत प्राप्त सरकार बनाउन यस्तै दाउपेच गर्ने हो ।
नेका र एमालेले सरकार गठन गर्न सकेन भने कुनै पनि बेला नेका र एमालेको छुट्टाछुट्टै गठबन्धन तोड्न बेर लाग्दैन । नेकाको गठबन्धनमा रहेका दलहरू एमालेतर्फ या एमालेको गठबन्धनमा रहेका दलहरू नेकामा सामेल हुनसक्छन् । किनभने, नेका र एमालेका नेताहरूले सिद्धान्त र विचारको राजनीति गरिरहेका छैनन् । सत्तामुखी ती दलका नेताहरूले कुनै पनि बेला कुनै पनि दलसँग मिलेर सरकार गठन गर्नसक्छन् । आ–आफ्नो दलको सिद्धान्त र विचार बन्धक राखेर अवसरवादी राजनीति गरेकै कारण ठूला दलहरूप्रति जनताको विश्वास गुम्दै गएको हो ।
बहुमत जनताको सेवा गर्ने राजनीतिक दलका असल र इमानदार सांसदहरू बहुमत नजितेसम्म देशका शासकहरू अहिलेझैँ भ्रष्टाचार, कमिसन, ठेकेदार, धनाढ्यहरूको वरिपरि घुमिरहनेछन् । बहुमत जनता सचेत र सङ्गठित हुनुपर्छ । पुँजीपति वर्गको सेवा गर्ने दलका उम्मेदवारलाई जिताउनु हुँदैन भन्नेतर्फ सर्वसाधारण जनता सचेत र चनाखो हुनुपर्छ । तीन चार जिल्लाका जनता सचेत भएर पुग्दैन । प्रतिनिधिसभाको निर्वाचन परिणामले बहुमत जनता अझै सचेत नभएको देखाउँछ । नेमकिपाले निर्वाचनलाई जनताको चेतनास्तर नाप्ने ब्यारोमिटर भनेको छ । निर्वाचनमा बढी सिट नेका, एमालेजस्तो पुँजीपति वर्गको सेवा गर्ने दलले जितेका छन् । सबै दलका नेताहरू देश र जनताप्रति जिम्मेवार हुनुपर्छ । कम्युनिस्टहरू आमूल परिवर्तनको निम्ति अघि सर्नुपर्छ । समाजवादी व्यवस्था स्थापना गर्न जनतालाई सचेत र सङ्गठित गर्नुपर्छ ।
Leave a Reply