भर्खरै :

नेक्राविसङ्घको स्थापना दिवसमा फूटबल प्रतियोगिता

नेक्राविसङ्घको स्थापना दिवसमा फूटबल प्रतियोगिता

भक्तपुर , १७ मङ्सिर । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको स्थापना दिवसको अवसरमा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ केन्द्रीय समिति अतिरिक्त विभागको आयोजनामा भक्तपुर बहुमुखी क्याम्पसमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता भयो ।
उक्त मैत्रीपूर्ण खेलमा पूर्व नेक्राविसङ्घ र वर्तमान नेक्राविसङ्घ सदस्यबिच खेल भएको थियो ।
वर्तमान नेक्राविसङ्घ टीम (चे ग्वेभारा) ले पूर्व नेक्राविसङ्घ टीम (कार्ल माक्र्स) लाई ६ – ३ को गोल अन्तरले जितेको थियो ।
अतिथि नेक्राविसङ्घ पूर्वकेन्द्रीय अध्यक्ष रवीन्द्र ज्याख्वले नेक्राविसङ्घको एतिहासिक आन्दोलनको चर्चा गर्दै विद्यार्थीहरूले देशको सार्वभौमसत्ताबारे चासो राख्नुपर्ने बताउनुभयो ।
उहाँले देशको वर्तमान राजनीतिक अवस्थाबारे जानकार राखिराख्नुपर्ने र सबै विद्यार्थीहरूलाई यसबारे सचेत बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
भारतीय विस्तारवादले नेपालको ६० हजारभन्दा बढी भूमि अतिक्रमण गरेको बताउनुभयो । भारतले नेपालको सुस्ता भूमि अतिक्रमण गरेकोले पञ्चायती शासनकालमा भक्तपुरमा भारतीय विस्तारवादविरुद्ध आन्दोलन गरेको बताउनुभयो ।
त्यही शिलसिलामा नेक्राविसङ्घको स्थापना भएको उहाँले जानकारी गराउनुभयो । उहाँले सबै खेलाडीहरूलाई बधाई दिँदै प्रमाणपत्र वितरण गर्नुभयो । नेक्राविसङ्घका केन्द्रीय सचिव दिनेश खड्गीको सभापतित्वमा भएको सो कार्यक्रममा नेक्राविसङ्घका केन्द्रीय सदस्य तथा अतिरिक्त विभाग समितिका संयोजक किरण गोसाईले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *