भर्खरै :

पूर्वराष्ट्राध्यक्ष चियाङ चमिनप्रति श्रद्धाञ्जली व्यक्त

पूर्वराष्ट्राध्यक्ष चियाङ चमिनप्रति श्रद्धाञ्जली व्यक्त

काठमाडौँ, २० मङ्सिर । चिनियाँ कम्युनिस्ट पार्टीका पूर्वमहासचिव तथा जनवादी गणतन्त्र चीनका पूर्वराष्ट्रपति चियाङ चमिनको गत नोभेम्बर ३० का दिन ९६ वर्षको उमेरमा उपचारकै क्रममा दुःखद निधन भयो ।
नेता चियाङको निधनप्रति विश्वका राजनेता, राष्ट्रप्रमुख तथा प्रतिष्ठित व्यक्तिहरूबाट दुःख व्यक्त गर्दै समवेदना सन्देश दिने क्रम जारी छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले सोमबार चिकपाका महासचिव सि चिन फिङलाई समवेदना सन्देश पठाउनुभयो ।
नेमकिपाको प्रतिनिधिमण्डल मङ्गलबार बालुवाटारस्थित चिनियाँ दूतावास पुगी नेता चियाङको तस्बिरमा पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जली अर्पण ग¥यो । प्रतिनिधिमण्डलमा नेमकिपाका केन्द्रीय सचिव एवम् सांसद प्रेम सुवाल, केन्द्रीय सदस्यद्वय सुनिल प्रजापति र सुरेन्द्रराज गोसाई हुनुहुन्थ्यो ।
नेता चियाङको परिवार, चिनियाँ कम्युनिस्ट पार्टी तथा चिनियाँ जनताप्रति समवेदना व्यक्त गर्दै सचिव सुवालले नेता चियाङ चमिनले आप्mनो जीवनकालमा समाजवादी आन्दोलन, चीन र विश्वमा शान्ति तथा समृद्धि स्थापना गर्न पु¥याउनुभएको योगदान अविस्मरणीय रहने उल्लेख गर्नुभयो । उहाँले नेता चियाङ नेपाल र नेपाली जनताका एक असल मित्र हुनुभएको उल्लेख गर्नुभयो ।
एक प्रतिभाशाली नेता, कम्युनिस्ट योद्धा र सच्चा माक्र्सवादी चियाङ चमिनले आफ्नो जीवनकालमा समाजवादको निर्माण, चीनलाई एकताबद्ध राष्ट्र बनाउन तथा वैचारिक, सांस्कृतिक र प्राविधिकरूपमा आधुनिक समाजवादी देश बनाउन ठूलो योगदान गर्नुभएको थियो । चियाङको ७० वर्ष लामो क्रान्तिकारी सङ्घर्ष सबैका लागि र अझ विशेषगरी नयाँ पुस्ताका लागि प्रेरणादायी रहेको छ । उहाँ कम्युनिस्टप्रति निष्ठावान पार्टीप्रति बफादार र पार्टी तथा जनताको लक्ष्यप्रति अटलरूपमा प्रतिबद्ध रहनुभयो ।
नेपाली जनताले चियाङलाई एक सच्चा मित्र र नेपालको एक सच्चा शुभचिन्तकको रूपमा सम्झना गर्छन् । उहाँले दुई देश र जनताबिचको मित्रता बलियो पार्न अत्यन्त महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो र नेपालको सच्चा मित्र र छिमेकीको रूपमा रहेको चीन र नेपालबिचको सहयोगात्मक सम्बन्धलाई थप उचाइमा पु¥याउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *