“टेबुलटेनिस खेलले मस्तिष्कको स्नायु क्षय हुन नदिने र मस्तिष्कलाई स्वस्थ राख्ने काम गर्छ”
- असार ३०, २०८३
काठमाडौँ, २० मङ्सिर (रासस) । ब्राजिल फिफा विश्वकप फुटबल २०२२ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
कतारमा गए राति भएको प्रि–क्वार्टरफाइनल खेलमा ब्राजिलले दक्षिण कोरियालाई ४–१ गोलअन्तरले पराजित गर्र्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
ब्राजिलका लागि खेलको ७ औँ मिनेटमा भिनी जुनियरले गोल गर्दै अग्रता दिलाए भने खेलको १३ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै नेयमारले अग्रता दोब्बर बनाए । त्यस्तै खेलको २९ औँ मिनेटमा रिचार्लिसन र ३६ औँ मिनेटमा लुकास पाक्वेटाले गोल गरेपछि ब्राजिलले पहिलो हाफमा खेलमा ४–० ले अग्रता लियो ।
खेलको ७६ औँ मिनेटमा पाइक सेउङले दक्षिण कोरियाका लागि सान्त्वना गोल गरे । त्यसपछि खेलमा कुनै गोल भएन र ब्राजिलले खेल ४–१ गोल अन्तरले आफ्नो पक्षमा पा¥यो ।
यसअघि आजै राति भएको अर्को खेलमा क्रोएसियाले जापानलाई टाइब्रेकरमा पराजित गर्दै क्वार्टरफाइनलमा पुगेको छ । ब्राजिलले क्वार्टरफाइनलमा क्रोएसियासँग खेल्नेछ ।
Leave a Reply