“टेबुलटेनिस खेलले मस्तिष्कको स्नायु क्षय हुन नदिने र मस्तिष्कलाई स्वस्थ राख्ने काम गर्छ”
- असार ३०, २०८३
काठमाडौँ, २० मङ्सिर (रासस) । क्रोएसिया फिफा विश्वकप फुटबल २०२२ को क्वार्टरफाइनलमा पुगेको छ । गए राति कतारको अल जनौब रङ्गशालामा भएको प्रि–क्वार्टरफाइनल खेलमा जापानलाई टाइब्रेकरमा पराजित गर्दै क्रोएसिया क्वार्टरफाइनलमा पुगेको हो ।
खेलको ४३ औँ मिनेटमा जापानका लागि डेइजेन मेइदाले गोल गर्दै अग्रता दिलाए पनि खेलको ५५ औँ मिनेटमा क्रोएसियाका लागि तन पेसिसिकले गोल गर्दैै खेल बराबरीमा ल्याएका थिए ।
त्यसपछि निर्धारित ९० मिनेटमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा पुग्यो । अतिरिक्त समयमा पनि दुवै टोलीबाट कुनै गोल नभएपछि खेलको टुङ्गो टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा क्रोएसिया विजयी भयो । क्रोएसियाका गोलरक्षक डोमिनिक लिभाकोभिचले टाइब्रेकरमा जापानका तीन पेनाल्टी असफल बनाएका थिए ।
जापानका लागि ताकुमी मिनामिनो, काअरु मितोमाको र माया याशिदाले प्रहार गरेका पेनाल्टी क्रोएसियाका लिभाकोभिचले विफल पारिदिएका थिए भने ताकुमा असानोको प्रहार भने सफल भएको थियो ।
क्रोएसियाका जीतमा निकोला भ्लासिच, मार्सेलो ब्रोजोभिच र मारियो पासालिचले पेनाल्टीमार्फत गोल गरेका थिए । क्रोएसियाका मार्का लिभाजाको प्रहार भने पोस्टमा लागेर फर्किएको थियो । क्रोएसियाले क्वाटरफाइनमा ब्राजिलसँग खेल्नेछ ।
Leave a Reply