भीम रथारोहण : दीर्घायुको उत्सव
- फाल्गुन १८, २०८२
नेपालका अन्य पूर्णिमाहरूमध्ये योमारी–योमाह«ी–योमधी पुन्हि पनि एक हो । यहाँका अनेक रोटीहरूमध्ये योमधी पनि एक हो । संस्कृतिविद्हरूका अनुसार यो रोटीको नाम यवमधी हो । यो यवमधीबाट योमधी बनेको हो । पहिले पहिले योमधी यव (जौ) बाट बनाइएको हुन्थ्यो । पहिले यज्ञ गर्दा र ऋग्वैदिक युगमा जौको प्रयोग हुन्थ्यो ।
हिजो नेवार समुदायमा योमधी पूर्णिमा मनाइयो । यो पूर्णिमा अनेक कार्यक्रम गरेर मनाइन्छ । सुरु सुरुका दिनमा योमधी यव (जौ) बाट बनाइन्थ्यो । अन्य अन्न उत्पादनभन्दा पहिले जौ उम्रेको थियो भन्ने भनाइ छ । त्यसैले जौलाई मुख्य अन्न मानिन्छ । जौ विभिन्न यज्ञ, होम, श्राद्व, पूजापाठ र विधिमा प्रयोग गरिन्छ । दसैँमा जौ छरेर नै जमरा उम्रेको हुन्छ र त्यसलाई फूलको रूपमा मानिसहरू प्रयोग गर्छन् । जमरालाई नेपाली जडीबुटीको रूपमा पनि प्रयोग गरिन्छ ।
पाँचौँ शताब्दीदेखि योमधी बनाउने चलन रहेको विभिन्न ग्रन्थहरूमा पाइन्छ । मत्सेन्द्रनाथको रथ लगनखेल पुग्दा पनि नरिवल खसाल्ने दिन रथको चुचुरोबाट योमधी खसाल्ने चलन छ । नेवार समुदायमा मानिसहरूको जन्मोत्सवमा पनि यो योमधी प्रयोग गरिन्छ । योमधीलाई ब्रह्माण्डको प्रतीकको रूपमा पनि लिइन्छ । पूर्णिमाको दिन योमधी खानुभन्दा अघि गणेश, कुमार, सूर्य, लक्ष्मी तथा पहिले पहिले धानको भकारीमा चढाइने चलन छ । सम्भवतः धानको भकारीमा पूजा गर्ने भएकोले यसलाई धान्य पूर्णिमा पनि भनिएको हो कि ¤
योमारी पानीको वाफले पकाउने रोटी हो । आजभोलि कुनै पनि उत्सव, मेला तथा कार्यक्रममा योमारी बनाउने र प्रदर्शन गर्ने चलन सुरु भएको छ । विद्यालय–विद्यालयमा पनि विद्यार्थीहरूलाई योमारी बनाउने कार्यक्रम राखेर सिकाउने चलन सुरु भएको छ । योमारीभित्र तिल र चाकु राख्ने चलन छ । आजभोलि अन्य मिठाइहरू पनि राख्न थालेको छ । सबैलाई मनपर्ने यो रोटीको आफ्नै महत्व, पहिचान भएको हुनाले योमारीकै नाउँको पूर्णिमा मनाइएको अन्दाज गर्न सकिन्छ । योमारी पूर्णिमाकै दिन विभिन्न गुठियारहरूको गुठी सञ्चालन गरिएको हुन्छ । योमारी पूर्णिमाकै अवसरमा कति सामाजिक सङ्घ संस्थाले रक्तदान गरेका हुन्छन् । यही बेला दाफाभजन समूहहरूले गीत गाउँछन् । गोल्मढी याताका दिदीबहिनी भजन समूहले योमारी माग्दै टोल–टोलमा भजन गाउन थालेको छ ।
यसैबिच मङ्सिर २४ गते भनपा वडा नं ९ को दत्तात्रय स्थानमा योमारी प्रदर्शनी, सांस्कृतिक प्रदर्शनी, खाद्यान्न उत्सव र सन्ध्याकालीन सांस्कृतिक सम्पदा पदयात्रा हुने भएको छ । दिउँसो २ बजेदेखि ७ बजेसम्म हुने प्रदर्शनीमा सहभागी हुन आयोजक भनपाले अनुरोध गरेको छ । आजकै दिनदेखि योमारीको चुचो भाग जति दिन लामो हुन्छ भन्ने नेवार समुदायका वृद्धवृद्धाहरू बताउँछन् । उनीहरू यो दिन अबेलासम्म सुतिरहने मानिसलाई कहिल्यै सुत्न नपुग्ने पनि बताउँछन् ।
Leave a Reply