स्थानीय पाठ्यक्रम अध्यापनको लागि शिक्षकको व्यवस्था कहिले ?
- असार ९, २०८३
निर्वाचन आयोगको मागअनुसार राजनीतिक दलहरूले बन्दसूचीमा रहेका नामावलीको आधारमा निर्वाचन आयोगमा सिफारिस गरी पठाइसकेका छन् । दलको सिफारिसको आधारमा सिफारिस गरिएको बन्दसूचीमा रहेका नामावली र संविधानको मर्मअनुसार पठाइएको छ छैन निर्वाचन आयोगले छानबिन गर्दै छ । आयोगले दलहरूमा नाम फेरबदल गर्न आवश्यक छ छैन भन्नेबारे पनि पत्राचार गरिसकेको छ । छानबिनको आधारमा आयोगले ठीक बेठीक छनोट गर्नेछ र उपयुक्त भए सोही आधारमा समानुपातिक सांसदहरूको टुङ्को लाग्नेछ । सबै सांसदहरूको टुङ्को लागेपछि निर्वाचन आयोगले अन्तिम नामावली सार्वजनिक गर्नेछ र प्रमाणपत्र प्रदान गर्नेछ । त्यसपछि मात्रै समानुपातिकका सांसदहरूको नाम टुङ्गिनेछ ।
सांसदहरूको नाम टुङ्गिएपछि कुनै दिन मिलाएर पद तथा गोपनीयताको शपथग्रहण हुनेछ । शपथग्रहणको व्यहोरामा यसअघि ईश्वरको नाममा शपथग्रहण गराइएको थियो । सामन्ती शैलीमा राजतन्त्रात्मक देशमा झैँ ईश्वरको नाउँमा शपथग्रहण गराउनु समय अनुकूल नभएको कुरा पञ्चायतकालमै विरोध भएको थियो । तर, त्यो व्यहोरा संवैधानिक राजतन्त्रको बेलामात्र होइन सङ्घीय लोकतान्त्रिक गणतन्त्रको समयमा पनि यथावत रह्यो । अहिले निर्वाचित सांसदहरूको शपथग्रहण हुनेछ । उक्त शपथग्रहण देश र जनताको पक्षमा हुनुपर्ने माग देशभक्त र परिवर्तन चाहने सांसदहरूको रहेको छ । पहिले ईश्वरको नाउँमा शपथ खुवाउँदा कसैले वाचन गरेको र कसैले नगरेको पाइयो ।
अहिले ईश्वरको नाउँमा शपथग्रहण गराउने हो कि देश र जनताको नाउँमा गराउने हो भन्नेबारे सांसद र राजनीतिक विश्लेषकहरूबिच चासोको विषय बनेको छ । विज्ञान र प्रविधिको युगमा के ईश्वरको नाउँमा शपथग्रहण गर्न आवश्यक छ ? ईश्वरको नाउँमा गरिने शपथग्रहणको व्यहोरा सुधार्नुपर्छ । समयअनुसार यसलाई परिमार्जित गर्नुपर्छ । समय अनुकूल सुधार गर्दै लगिएन भने सांसदहरूमात्र होइन जनता पनि आक्रोशित हुनेछन् । गणतन्त्रात्मक देशमा सामन्तको अवशेष बाँकी किन राख्नुप¥यो ? ईश्वरको नाममा गरिने शपथ छोडेर देश र जनताको नाममा शपथ खाँदा के पो बिग्रिएला र ?
राजतन्त्रवादी दलहरूले ईश्वरकै नाउँमा शपथ खानुपर्ने अडान राख्नु अस्वाभाविक होइन । उनीहरूले अडान राखे पनि अब ईश्वरको नाउँमा शपथ खाइरहनु उचित हुँदैन । सरकार समयअनुसार अघि बढ्नुपर्छ । प्रजातान्त्रिक, प्रगतिशील, देशभक्त र कम्युनिस्ट पार्टीहरूले किन ईश्वरको नाउँमा शपथ खानुप¥यो ? पहिलेको गल्ती फेरि किन दोहो¥याइरहने ¤ समयमै बुद्धि पु¥याएर अघि बढ्नु बुद्धिमानी हुनेछ ।
Leave a Reply