बिदै बिदा दिएर शैक्षिक गुणस्तर कायम होला ?
- बैशाख ७, २०८३
सयौँ वर्षको बलियो जग दिनेछ
नयाँ पुस्ताले मलाई चम्काउनेछ
यही सोचमा ८ वर्ष बितेछ
फुस्रो इँटाले उभ्याएको थाहै भएनछ ।
भक्तपुरको चाँगुनारायण नगरपालिका सांस्कृतिक, ऐतिहासिक र पर्यटकीय महत्व बोकेको नगर हो । सन् १९७९ मा चाँगुनारायण मन्दिरलाई विश्व सम्पदामा सूचिकृत गरिएको थियो । विनाशकारी भूकम्प २०७२ ले मन्दिर परिसरको पाटी र सत्तलमा ठूलो क्षति पु¥याएको थियो । विसं २०७२ पछि चाँगुनारायण मन्दिरमा रेट्रो फिटिङ गरिएको थियो । त्यस्तै पाटी र सत्तलको पनि पुनः निर्माण कार्य अगाडि बढिरहेको छ ।
तर विडम्बना ¤ नवनिर्मित सत्तलको पर्खाल हरियो काईले पोतिएको जस्तो भएको छ । सत्तलमा ठूलो निजी चिप्लो भवनले गिज्याइरहेको छ । सात समुद्रपारिबाट हरियो र फुस्रो पर्खाल हेर्न के पर्यटकहरू आउँछन् ? ८ वर्षदेखि पर्यटकहरूले चाँगुनारायणबाट मनोरम दृश्य हेन पाएका छैनन् । विश्व सम्पदामा सूचिकृत पुण्त्ूमिको यो कस्तो हालत । सम्पदामा चोट लाग्ने काम नहोस् । यसतर्फ सम्बन्धित निकायको ध्यान पुगोस् ।
Leave a Reply