स्थानीय पाठ्यक्रम अध्यापनको लागि शिक्षकको व्यवस्था कहिले ?
- असार ९, २०८३
भक्तपुर नगरपालिका सुरूवातदेखि नै एक स्पष्ट कार्यदिशाका साथ अगाडि बढिरहेको छ । स्थानीय जनतासँग नजिक रहेर घोषणापत्रबमोजिम समाज रूपान्तरणको लागि निरन्तर लागिपरेको छ । स्वास्थ्य सेवालाई हरेक जनताको पहुँचमा पु¥याउने उद्देश्यसहित भक्तपुर नगरपालिकाले नगरको विभिन्न स्थानमा जनस्वास्थ्य केन्द्र सञ्चालन गरिरहेको छ । च्याह्मासिंहमा सञ्चालित जनस्वास्थ्य सेवा केन्द्र अहिले सय शय्याको अस्पताल ‘ख्वप अस्पताल’ले सुलभ र स्तरीय विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ । नयाँ भवनको उद्घाटनको खबरले ज्यादै उत्साहित तुल्याएको छ । ‘स्वास्थ्य नै धन हो’ भन्ने भनाइ हामीले सानैदेखि सुन्दै आएका हौँ ।
नगरको पश्चिमतिर प्रदेशस्तरीय भक्तपुर अस्पताल, क्यान्सर अस्पताल तथा मानव अङ्ग प्रत्यारोपन केन्द्रले पनि जनतालाई स्वास्थ्य सुविधा प्रदान गरी नै रहेको छ । नगरको पूर्वतिर ख्वप अस्पतालले, विशेषज्ञ सेवा तथा कोभिड महामारीको समयमा सुरू भएको एचडीयू सेवा र जनताको सहयोगबाट निर्मित अक्सिजन प्लान्टबाट स्वास्थ्य सेवा पु¥याइरहेको छ । ख्वप अस्पतालसँगै आँखा रोग उपचार तथा श्वास–प्रश्वास पुनःस्थापना केन्द्रबाट पनि जनताले स्वास्थ्य लाभ गरिरहेका छन् । ख्वप अस्पतालको नयाँ भवनबाट सेवा सुरू गरेपश्चात् यस अस्पतालले अझ धेरै किसिमका रोगहरूको निदानमा सेवा उपलब्ध गराउने विश्वास छ । सीमित स्रोत र साधनबिच नयाँ भवनको उद्घाटनपछि जनता खुसी भएका छन् । जनताको अस्पताल ख्वप अस्पतालको प्रगतिको शुभकामना छ । भक्तपुरमा मात्र होइन, देशको हरेक पालिकामा यस्तै स्तरीय स्वास्थ्य सेवाको व्यवस्था घर आँगनमा होस् भन्ने जनताको माग छ । भक्तपुरका युवाहरूलाई कुलतबाट जोगाउन अझै प्रभावकारी कार्यक्रमहरू ल्याउनु आवश्यक छ ।
Leave a Reply