भर्खरै :

“शिक्षालाई कामदार वर्गका जनताको पहुँचमा पु¥याउनुपर्छ”

“शिक्षालाई कामदार वर्गका जनताको पहुँचमा पु¥याउनुपर्छ”

भक्तपुर, ६ पुस । वागीश्वरी कलेज अफ म्यानेज्मेन्टमा बीबीए कार्यक्रममा भर्ना भएका विद्यार्थीहरूको अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भएको छ ।
पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धनमा सञ्चालन हुने यस कलेजको उक्त कार्यक्रममा कलेज व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले वागीश्वरी सस्तो र गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ स्थापना भएको जानकारी दिँदै विद्यार्थीहरूलाई देशभक्त, अनुशासित बनाउनुका साथै अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धा गर्न सक्षम बनाउन अग्रसर रहेको बताउनुभयो ।
कुनै पनि विदेशी दातृ संस्थाको सशर्त अनुदानलाई अस्वीकार गर्दै आत्मनिर्भरताको सिद्धान्तमा जोड दिई अगाडि बढेको भक्तपुरले धनीले मात्र पाउने शिक्षा र स्वास्थ्य सुविधा काम गरी खाने जनताको पहुँचमा पु¥याउन लागीपरेको उहाँले बताउनुभयो ।
भारतीय शैक्षिक संस्थामा भर्ना खुल्ने समयमा नेपालका शैक्षिक संस्थाहरूमा बन्द, हड्ताल, तालाबन्दीजस्ता गैरराजनैतिक गतिविधि गर्ने ठूला दलका विद्यार्थी सङ्गठनहरूका कारण नेपाली विद्यार्थीहरूले नेपालको शैक्षिक व्यवस्थाप्रति वितृष्णा जगाएको प्रस्ट पार्दै उहाँले विद्यार्थीहरूले पढाइका साथसाथै समाजलाई बुझी समाज रूपान्तरणको लागि योगदान गर्नु आवश्यक छ भन्नुभयो ।
त्रिभुवन विश्वविद्यालय एमबीए एमबीएम केन्द्रीय व्यवस्थापन विभागका सहायक निर्देशक डा. बलराम दुवालले बीबीए कार्यक्रमलाई बैङ्कमा जागिर खाने सङ्कायको रूपमा मात्र नलिई उद्यमीको क्षेत्रमा नवप्रवद्र्धनको लागि आफू तयार हुन अध्ययन गरेको बुझ्नुपर्छ भन्नुभयो ।
वागीश्वरी कलेजका संयोजक ज्ञानसागर प्रजापतिले वागीश्वरीको इतिहासबारे जानकारी दिँदै आत्मनिर्भरता नै प्रगतिको लक्षण हो भन्नुभयो ।
वागीश्वरी कलेज अफ म्यानेज्मेन्टका प्राचार्य कृष्णप्रसाद धन्छाको सभापतित्वमा सम्पन्न कार्यक्रममा वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठ, शिक्षक बब्लुकुमार राउतलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *