ख्वप इन्जिनियरिङ कलेजमा साताव्यापी कर्मचारी खेलकुद प्रतियोगिता सुरु
- कार्तिक १७, २०८३
मध्यपुर, १६ पुस । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेमकिपालाई सहयोग गर्ने मतदाता तथा शुभेच्छुकहरूलाई नेमकिपा मध्यपुर नगर समितिको आयोजनामा धन्यवादज्ञापन कार्यक्रम शनिबार नीलबाराही मन्दिर परिसरमा सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले जनताका कार्यकर्ता सदा जनताको साथमा हुनुपर्ने र चुनावको अगाडि मात्र देखापरेमा आलोचित हुनुपर्ने बताउनुभयो । नेमकिपाले कुनै पनि पार्टीको सङ्गठन बिगार्ने काम नगरेको तर नेमकिपालाई पुँजीपति आचरण भएका पार्टीहरूले बिगार्ने कार्य गरेको तथ्य प्रस्ट्याउँदै वर्तमान समयमा जनताले नै सङ्गठन गर्न आउन आह्वान गर्न थालेको बताउनुभयो ।
उहाँले नयाँ पुस्तालाई नयाँविचारसहित उत्साहित गर्नको लागि सङ्गठन गर्नुपर्ने र पुराना साथीहरूले नयाँलाई ऊर्जा दिनुपर्नेमा जोड दिनुभयो ।
नेपालको अर्थतन्त्र ध्वस्त हुनु भनेको नेपालको कृषि, उद्योग क्षेत्रको उत्पादन नहुनु, काम गर्न सक्ने युवा विदेश पलायन हुनु, अन्नसमेत विदेशबाट किनेर खानुपर्ने अवस्था आउनु हो भन्नुभयो । राजनीतिक अस्थिरता र सङ्कटको अवस्थामा निराश नभई स्वतन्त्रता प्राप्त नभएसम्म सङ्घर्ष गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
नेमकिपाका केन्द्रीय सचिव तथा सांसद प्रेम सुवालले प्रतिपक्ष र प्रखर प्रतिपक्ष फरक हुने विचार राख्दै प्रतिपक्ष भन्नेहरू मौका पाउनेबित्तिकै सरकारमा सहभागी हुने तर नेमकिपाले प्रखर प्रतिपक्ष भएर पँुजीवादी पार्टीहरूको भ्रष्टाचार, अनियमितता, देशघाती कामलाई जनतासम्म पु¥याई सचेत बनाउने काम गरेको प्रस्ट्याउनुभयो । उहाँले कोही पनि मन्त्री प्रतिपक्षी नहुने तर प्रधानमन्त्रीको नोकर हुने र आदेश आउनेबित्तिकै राजीनामा दिनुपर्ने विचार राख्नुभयो ।
उहाँले भन्नुभयो, “नेपाल मजदुर किसान पार्टीका सांसदहरूले देशको सन्तुलित विकासबारे सडक र संसद्मा आवाज राख्नेछन् ।”
नेपालको नदी नाला भारतलाई दिएको फिर्ता लिने, जलविद्युत् उत्पादन गरेर देशको विकास गर्ने, रासायनिक मल कारखाना स्थापना गराई कृषिमा आत्मनिर्भर बनाउने र स्वदेशमा रोजगारीको व्यवस्था गराउन पनि जोड दिइनेछ, उहाँले प्रस्ट पार्नुभयो ।
उहाँले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेर जनतालाई पैसा र सामान बाँडेर, भोजभतेर खुवाएर जितेका शासक दलहरूले सिंहदरबारमा भइरहेको भ्रष्टाचारको अखडालाई अन्त्य गर्ने छैन भन्नुभयो ।
उहाँले चुनावमा विदेशी रक्सी खुवाउने, नक्कली नम्बर प्लेट राख्ने, सरकारी मिडिया प्रयोग गरी प्रचार गर्ने बुथ कब्जा गर्ने, मूर्ति चोरेर जेल परेकाहरूको उम्मेदवारी, हत्याको आरोपमा फरार सूचीमा रहेकाहरूको उम्मेदवारी, कवाडी व्यापारी, शेयर कारोबारीहरूको उम्मेदवारीले संसद्को विकृत अवस्था प्रस्ट्याएको बताउँदै अपराधी र भ्रष्टाचारीहरू संसद सदस्य भएसम्म देश अगाडि नबढ्ने कुरा औँल्याउनुभयो ।
उहाँले काठमाडौँमा एक करोडको जनसङ्ख्या बसोबास गर्ने नीतिले सहर रोगको थुप्रो बन्ने कुरा बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य अनुराधा थापामगरले नेमकिपाले सदन र सडकमा देश र जनताको पक्षमा खेलेको भूमिकालाई आत्मसात गर्दै सकारात्मकरूपमा लिएको र देशभक्त जनतालाई सङ्गठनमा गोलबद्ध गर्न अनुरोध गरेको तथ्य औँल्याउनुभयो ।
प्रदेश सांसद सृजना सैँजूले चुनाव जित्नकै लागि अपराध गर्ने तथा जनतालाई ढाँट्न गठबन्धन गर्नेहरूबाट जनतालाई सचेत बनाउन नेमकिपाले निर्वाचनलाई उपयोग गरेको प्रस्ट्याउँदै उहाँले देशलाई विकासको बाटोमा हिँडाउन विषयविज्ञहरू संसद्मा पुगी नीति नियम बनाउनुको सट्टा ठेकेदार र दलालहरू संसद्मा पुग्नु पुँजीवादको विकृत रूप भएको बताउनुभयो ।
प्रदेश सांसद गीता काफ्लेले प्रदेश सभामा पार्टीको नीतिअनुरूप प्रखर प्रतिपक्षमा रहेर देश र जनताको पक्षमा सशक्त आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
रमेश वैद्यको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा निर्वाचन परिचालन समिति, मध्यपुरका संयोजक वीरकृष्ण प्रजापति र अम्बर श्रेष्ठले पनि बोल्नुभएको थियो ।
Leave a Reply