ख्वप इन्जिनियरिङ कलेजमा साताव्यापी कर्मचारी खेलकुद प्रतियोगिता सुरु
- कार्तिक १७, २०८३
भक्तपुर, १६ पुस । नेपाल क्रान्तिकारी युवा सङ्घ केन्द्रीय समितिको बैठक एवं प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भयो ।
बैठकले जिल्ला–जिल्लामा नेक्रायुसङ्घको सङ्गठन विस्तार गर्ने, समाजवादी गणतन्त्र प्रचार अभियान सञ्चालन गर्नेलगायत निर्णय गरेको केन्द्रीय संयोजक मिनबहादुर बाटाले बताउनुभयो ।
प्रशिक्षणको दोस्रो दिन नेमकिपाका केन्द्रीय सदस्य एवं बाग्मती प्रदेशसभा सांसद सृजना सैंजूले चिनियाँ जनक्रान्ति, चिनियाँ कम्युनिस्ट पार्टी र चिनियाँ युवा विषयमा प्रशिक्षण दिँदै शिक्षा, विचार र प्रविधिमा चिनियाँ युवाहरू अगाडि बढ्दै छन् भन्नुभयो ।
उहाँले भन्नुभयो, “जनता पहिला, देश पहिला, पार्टी पहिला भन्ने मान्यता चिनियाँ कम्युनिस्ट पार्टीले लिएको छ । पार्टी बलियो नभए देश पनि राम्रो नहुने चिनियाँ कम्युनिस्ट पार्टीको धारणा रहेको छ ।”
चीनका युवाहरू चिकपासँग आफूलाई समाहित गर्न पाउँदा गौरव महसुस गर्छन् भन्ने धारणा राख्दै उहाँले चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वको कारण नै चीनमा गरिबी रेखामुनिका जनता नरहेको बताउनुभयो ।
केन्द्रीय सदस्य सैँजूले भन्नुभयो, “स्पष्ट राजनीतिक दृष्टिकोण, सैद्धान्तिक र वैचारिक स्पष्टता भएका युवा तयार गर्न चिकपा योजनाबद्धरूपमा अगाडि बढिरहेको छ ।”
नेक्रायुसङ्घका पूर्वकेन्द्रीय अध्यक्ष प्रकाश थुसाले ल्याटिन अमेरिका र अफ्रिकाको प्रगतिशील युवा आन्दोलनबारे जानकारी दिँदै विभिन्न देशका आन्दोलन र क्रान्तिकारी प्रक्रियाबाट नेपालका युवाहरूले सिक्नुपर्ने बताउनुभयो ।
कुनै देश र महादेशमा क्रान्तिकारी र प्रगतिशील सरकार नभएसम्म प्राकृतिक स्रोत–साधन भएरमात्र देश अगाडि नबढ्ने र जनताको हित नहुने ल्याटिन अमेरिका र अफ्रिकाको स्थितिबाट बुझ्न सकिने उहाँले स्पष्ट पार्नुभयो ।
Leave a Reply