भर्खरै :

परिवर्तनको प्रत्याभूति दिनसके प्रदेशसभाको औचित्य हुने

परिवर्तनको प्रत्याभूति दिनसके प्रदेशसभाको औचित्य हुने

(बाग्मती प्रदेशसभामा नेमकिपाका सांसद सृजना सैंजूले पुस १८ गते सोमबार दिनुभएको मन्तव्य –स. ।)
सबभन्दा पहिला यस बाग्मती प्रदेशसभाको प्रथम अधिवेशनको सफलताको हामी शुभकामना व्यक्त गर्दछौँ ।
प्रजातान्त्रिक आन्दोलन तथा विभिन्न राजनीतिक सङ्घर्ष एवम् जनआन्दोलनको क्रममा सहादत प्राप्त गर्ने ज्ञात अज्ञात वीर सहिदहरूप्रति हामी भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ । ती आन्दोलन तथा सङ्घर्षका योद्धाहरूप्रति हार्दिक अभिनन्दन गर्दछौँ ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को उपस्थितिमा पुस १७ गते बसेको संसदीय दलको बैठकले सुरेन्द्रराज गोसाईलाई सर्वसम्मत संसदीय दलको नेता चयन गरेको यो सदनसमक्ष जानकारी गराउँदछु । उहाँका पिता बुद्धिकुमार गोसाई गम्भीर बिरामी पर्नुभएकोले आज सांसद सुरेन्द्रराज गोसाई सदनमा उपस्थित हुन सक्नुभएन । बुद्धिकुमार गोसाई सुपरिचित किसान नेता एवम् नेपाली कम्युनिस्ट आन्दोलनका एक योद्धा हुनुहुन्छ । उहाँले विशेषगरी बाग्मती, नारायणी, जनकपुर, कर्णाली, भेरीलगायतका क्षेत्रका जनताबिच काम गर्नुभएको हो । हामी ‘कामरेड’ जीवन नामले परिचित उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ ।
साना ठूला राजनैतिक आन्दोलन तथा सङ्घर्षका आरोह अवरोह पार गर्दै हामी वर्तमान स्थितिसम्म आइपुगेका छौँ । देशको वर्तमान राजनीतिक, सामाजिक तथा आर्थिक अवस्था जटिल मोडमा पुगेको जगजाहेर छ । यो विषम परिस्थितिमा हामी बाग्मती प्रदेशसभाको अधिवेशन आरम्भ गर्दै छौँ । जनताको परिवर्तनको चाहना, व्यापक जनताको हक अधिकार सुनिश्चितताको माग, शान्ति, सुव्यवस्था स्थापनाको अपेक्षा र देशको स्वाधीनता रक्षा गर्दै समाजवाद स्थापना गर्ने लक्ष्य हासिल गर्न सम्पूर्ण राजनीतिक दल एवम् नेता–कार्यकर्ता जिम्मेवारीपूर्वक लाग्नु समयको आवश्यकता हो । वास्तविक परिवर्तन सम्भव छ भन्ने प्रत्याभूति हाम्रो प्रदेशसभाले दिलाउन सके उचित हुनेछ । त्यसले प्रदेशसभाको औचित्य बढ्नेछ ।
जनताको विश्वास प्राप्त गरी हामी यो जिम्मेवार तथा संवेदनशील ठाउँमा आइपुगेका छौँ । हामी सबै देश र जनताप्रति गम्भीर एवम् जिम्मेवार भएर प्रस्तुत हुन आवश्यक छ । बढी मत पाएर र बढी स्थान जितेर सोहीअनुसार भूमिका निर्वाह नभए हाम्रो प्रदेशमात्र होइन देश नै अझ धेरै पछाडि पर्नेछ । प्रदेशप्रति जनआक्रोश बढाउने वा घटाउने, हाम्रै काम र व्यवहारमा भर पर्नेछ । शासक दलले हिजोका गल्ती, कमी कमजोरी नदोहो¥याऊन् भन्ने हाम्रो शुभेच्छा छ ।
शासक दलहरूले हिजोका असफलता र अपराधबाट शिक्षा लिएर सुध्रिने अवसरको रूपमा सदुपयोग गरून् भन्ने हाम्रो कामना छ । हिजो गर्न नसकेका कामहरू गर्ने सकारात्मक सोचको लागि शुभकामना छ ।
पदका तानातान, भागबन्डा ढिलासुस्ती, भ्रष्टाचार, पक्षपात, सिद्धान्तहीनता र स्वार्थी भावनाबाट गन्हाएका शासक दलहरूले सफा–सुग्घर बन्ने अवसरको रूपमा यो कार्यकाल उपयोग गरे जनता तुलनात्मकरूपमा उत्साहित हुनेछन्, देशको भलो हुनेछ ।
आर्थिक विकासको अर्थ–सरकारमा बस्नेले आफ्नो क्षेत्र मात्र हेर्नु, आफ्नो पार्टीका मान्छेलाई पैसा बाँड्नु, सार्वजनिक जग्गा वितरण गर्नु होइन । सङ्घीयताको मर्मअनुरूप विकेन्द्रीकृत र सन्तुलित विकासको निम्ति देश र जनता केन्द्रमा राख्न जरुरी छ । सन्तुलित विकास नभएकै कारण जनता दुःख–सास्ती झेल्दै छन्, सहरबजार र बस्तीहरू कुरूप बनेका छन् । देशको सन्तुलित विकासमा हाम्रो प्रदेशसभाले पाइला चालोस् ।
महँगी र अभावमा बाँचिरहेका जनता सरकार खोज्दै छन् । पाँच वर्षसम्म सुनेको मात्र होइन हराएको प्रदेश सरकार यो पटक फेला परोस् । जनताले प्रदेश सरकारको उपस्थिति अनुभूत गरून् । देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने भावना ढिलै भए पनि यो पटक पलाओस् ¤ तब, जनताले प्रजातन्त्र र परिवर्तन व्यवहारमा अनुभव गर्नेछन् ।
नेपाल मजदुर किसान पार्टीले सदैव देश र जनताको सेवाको राजनीति ग¥यो, हुर्कायो । राम्रो कामको सराहना, देश र जनताको अहित हुने काम र नीतिको विरोध ग¥यो । आगामी दिनमा पनि निरन्तर सङ्घर्ष गर्नेछ ।
निर्बलिया र सानालाई पेल्ने, बलियासामु झुक्नु राजनैतिक संस्कार होइन । यसको विपरीत कमजोरलाई सघाउनु र अन्याय–अत्याचार अगाडि नझुक्नु राजनैतिक संस्कार हो ।
हामी प्रदेशसभाभित्र राजनैतिक संस्कारको कामना गर्दछौँ । राष्ट्रियरूपमा देशको स्वतन्त्रता र सार्वभौमिकताको विषयमा लड्नुपर्ने आवश्यकता अद्यापि छ । अरूको भरमा हामीले आफ्नो देश विकासको अपेक्षा गर्नु गलत हुनेछ ।
नबुझी÷नसोची शक्ति राष्ट्रसँग झुकेर गरिएका सन्धि सम्झौताकै कारण देशको भविष्य सङ्कटउन्मुख छ । शक्ति राष्ट्रसँग झुक्नु हीनताबोधको परिचय हो । एमसीसी र नागरिकता विधेयक देशघाती छ भन्ने हाम्रो विचार अडान यथावत् छ । यो विचार जनता र देशको भविष्यको निम्ति हो । देश र जनताको पक्षमा सङ्घर्षलाई यहाँ पनि हामी जारी राख्नेछाँै ।
नेमकिपा जनताले जाहेर गरेको अभिमतबमोजिम प्रतिपक्षमा बस्नेछ । विगतमा झैँ नेमकिपा प्रखर प्रतिपिक्षको भूमिका रहनेछ ।
हामी सरकारलाई रचनात्मक सुझाव दिनेछौँ† सरकारका जनविरोधी नीति–नियम, कानुन या क्रियाकलापको विरुद्ध सदाझैँ सङ्घर्ष गर्दै देश र जनताप्रति हाम्रो जिम्मेवारी निर्वाह गर्नेछौँ अन्त्यमा पुनः यो अधिवेशनको सफलताको कामना गर्दछौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *