नियमन होइन प्रवद्र्धन र स्वायत्तता सहकारीको मूल मर्म
- कार्तिक १५, २०८३
भक्तपुर, १ माघ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पारदर्शिता र इमानदारिता नै जनविश्वासको आधार हुने बताउनुभयो ।
भक्तपुर नगरपालिका वडा नं.८ मा पुनः निर्माण गरिएको हरिशङ्कर नारायण मन्दिरको उद्घाटन गर्दै उहाँले भक्तपुर नगरलाई वर्षैभरि जीवन्त राख्न नगरपालिकाले समय समयमा नियमितरूपमा सांस्कृतिक, खेलकुदलगायतका गतिविधिहरू गरिरहेको बताउनुभयो ।
उहाँले सम्पदा संस्कृतिको संरक्षण विदेशीको सहयोग नलिई आफैले गर्नेतर्फ सबैले ध्यान दिनुपर्नेमा आवश्यकता औँल्याउँदै भन्नुभयो, “अरूको सहयोगमा मात्रै काम गर्ने बानी परेमा हामी अल्छी हुन्छौँ । सकेसम्म हरेक काम नगरपालिकाले जनताको सहयोग लिएर आफ्नै स्रोत र साधनको भरमा गर्ने कोसिस गरिरहेको छ ।”
“सांस्कृतिक सम्पदाहरू बचाइराख्न स्थानीय जनताको अमूल्य सहयोग प्राप्त भएको छ । जनप्रतिनिधि, स्थानीय जनता र कर्मचारीहरूको संयुक्त प्रयासले भक्तपुर उदाहरणीय बन्दै गएको छ,” उहाँले भन्नुभयो ।
सहरी विकास तथा भवन विभागका प्रमुख कोषनाथ अधिकारीले भक्तपुर नगरपालिकाको लागि पुनःनिर्माण धिकरणबाट रू.५ करोड विनियोजन गर्ने भनिए पनि पछि रू. ५० लाखमात्रै प्राप्त भएको र त्यसबाट दुईवटा योजना सञ्चालन गर्नसकेको जानकारी दिनुभयो ।
उहाँले भक्तपुरको दुईवटा योजनाको लागि ७२ लाखको ल.ई. भएकोमा टेन्डर गर्दा भारती कन्स्ट्रक्सनले रू. ४७ लाख २ हजारमा गर्ने बोल कबोल गरेबमोजिम एउटा योजना हरि शङ्कर मन्दिर पुनःनिर्माण सम्पन्न भएको बताउनुभयो ।
भनपा वडा नं.८ का वडाध्यक्ष कृष्णप्रसाद कोजुको सभापतित्वमा भएको उक्त कार्यक्रममा पूर्ववडाध्यक्ष महेन्द्र खायमली, गणेजु दाफा भजनका नाइके कृष्णहरि गणेजु, नपा सम्पदा शाखाका प्रमुख रामगोविन्द श्रेष्ठ र नसस सुमित्रा बोहजुले सम्पदा निर्माण गर्नुका साथै त्यसको संरक्षण गर्नु साझा कर्तव्य भएको बताउनुभयो ।
Leave a Reply