कृत्रिम बौद्धिकताबारे तालिम सम्पन्न
- जेष्ठ १०, २०८३
भक्तपुर, ५ माघ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा २५ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा भक्तपुरको दत्तात्रयमा बिहीबार जनचेतनामूलक शैक्षिक प्रदर्शनी भयो । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले प्रदर्शनीको रिबन काटेर उद्घाटन गर्नुभयो ।
कार्यक्रममा अध्यक्ष बिजुक्छेँले माटो जोडाइ, ढुङ्गा र काठ तथा प्राकृतिक स्रोतको प्रयोगबाट मौलिक शैलीमा घर निर्माण गर्नेतर्फ अनुसन्धानको आवश्यकता रहेको बताउँदै मौलिक कला र सीपयुक्त प्रविधिबाट निर्माण भएका संरचनाले ठूल्ठूला भूकम्पहरूमा कम क्षति भएको बताउनुभयो ।
भवन निर्माणमा आधुनिक तथा नयाँ नयाँ प्रविधि प्रयोग बढेसँगै मौलिक घरहरू लोप हुँदै गएको बताउँदै उहाँले देखावटीको निम्ति पुरानो शैलीको घर निर्माण गर्नु गलत भएको बताउनुभयो ।
सिमेन्टको घरले फोक्सो तथा नसासम्बन्धी धेरै रोगहरू निम्त्याइरहेको तर्फ सजग पार्दै अध्यक्ष बिजुक्छेँले भक्तपुर नपाद्वारा सञ्चालित कलेजहरूले अनुसन्धानलाई जोड दिँदै भूकम्प प्रतिरोधी घर निर्माण गर्नेतर्फ जनतालाई सचेत पार्ने काम गर्दै जानुपर्ने बताउनुभयो ।
कार्यक्रमका सभापति एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भूकम्पले क्षति मात्र नभई सहर पुनःनिर्माणको अवसर पनि मिलेको बताउँदै भक्तपुर नगरपालिकाले भौतिक पूर्वाधार तथा निर्माण मापदण्ड तयार गरी भूकम्प प्रतिरोधी निर्माणको लागि आवश्यक व्यवस्था मिलाउँदै आएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलज अफ इन्जिनियरिङबाट विकास निर्माणको लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गरी बलियो र भरपर्दो निर्माणको लागि राष्ट्रियरूपमा टेवा पु¥याउँदै आएको बताउँदै नपाले प्रत्येक वर्ष भवन निर्माण कार्यमा संलग्न डकर्मी, सिकर्मीलगायत प्राविधिकहरूलाई भूकम्प प्रतिरोधी प्रविधिसम्बन्धी तालिम प्रदान गर्दै आएको बताउनुभयो ।
भक्तपुर जिल्लाका प्रजिअ रुद्रादेवी शर्माले सन् १९९० सालको भूकम्पको स्मरणस्वरुप प्रत्येक वर्ष भूकम्प सुरक्षा दिवस मनाउँदै आएको बताउँदै खुला क्षेत्र र सार्वजनिक ठाउँको संरक्षणमा स्थानीय तहले आवश्यक पहल गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्यद्वय सुजन माक र सुनिल दुवालले भूकम्प प्रतिरोधी क्षमता विकास गर्न भूकम्पसम्बन्धी अध्ययन अनुसन्धानलाई निरन्तरता दिनुपर्ने र ख्वप इन्जिनियरिङ कलेजले भूकम्प विषयमा स्नातकोत्तर विषयको अध्ययन अध्यापन सञ्चालन गरेकै कारण यस किसिमको शैक्षिक प्रदर्शनी गर्न सफल भएको बताउनुभयो ।
कार्यक्रममा ख्वप कलेज अफ इन्जिनियरिङका उपप्राचार्य रत्नशोभा प्रजापतिले पनि बोल्नुभएको थियो ।
Leave a Reply