भर्खरै :

विद्यालयमा सरस्वती पूजा अर्काे आर्थिक बोझ !

विद्यालयमा सरस्वती पूजा अर्काे आर्थिक बोझ !

तराईमा विशेषतः मधेस प्रदेशअन्तर्गत पर्ने जिल्लाका शिक्षण संस्थाहरू एक दुई हप्तादेखि नै विद्यार्थीहरूको पठनपाठन अवरोध हुने गरी सरस्वती पूजाको तयारीमा जुट्ने गर्छन् । यसमा विद्यार्थीहरूभन्दा शिक्षकहरू नै बढी रुची राख्ने गर्दछन् । स्थानीय शिक्षण संस्थाहरूको सञ्चालन र रेखदेखको जिम्मेवारी पाएका स्थानीय तहहरू पनि यसमै रमाउने गरेको देखिन्छ ।
सरस्वतीको पूजा माघ पञ्चमी (श्रीपञ्चमी) को दिन धुमधामसाथ मनाउने गरिन्छ । सरस्वती पूजा विशेषतः शिक्षण संस्थाहरूमा गर्ने गरिन्छ । सरस्वतीको राम्ररी पूजा र प्रार्थना गरे विद्यार्थीहरूको चिताएको इच्छा पूर्ति हुन्छ भन्ने भ्रामक कुरा विद्यार्थीहरूको मानसपटलमा सञ्चालकहरूले भरिदिएका हुन्छन् । तराईका विभिन्न जिल्लाहरूमा शिक्षण संस्थामा मनाइने सरस्वती पूजा हिजोभन्दा एकदम फरक शैलीले मनाउने गरेको देखिन्छ । कतिपय ठाउँहरूमा अश्लील गीतहरू बजाउँदा झगडा हुने गरेको देखिन्छ ।
तराईका सामुदायिक विद्यालयका शैक्षिक गुणस्तर दिनप्रतिदिन खस्किँदै गएको छ । आफ्ना नानी–बाबुको उज्ज्वल भविष्यको लागि यहाँका कतिपय अभिभावकहरू रातदिन परिश्रम गरेर निजी विद्यालयहरूमा पढाउने गरेका छन् । तर, केही निजी विद्यालयहरूले यसलाई व्यापारको विषय बनाए । उनीहरूले लिइरहेको अनावश्यक शुल्कबाट यहाँका अभिभावकहरू आजित भएका छन् ।
सरस्वती पूजाको नाममा विद्यालयहरूले प्रतिविद्यार्थी रु. ३०० देखि ७००/८०० रूपैयाँसम्म असुल्ने गरेको देखिन्छ । सरस्वती पूजाको नाममा विद्यालयहरूले विद्यार्थीहरूबाट लाखौँ रूपैयाँ उठाउने गर्छन् । विद्यालयका सञ्चालकहरू केही रकम खर्च गरी बाँकी व्यक्तिगत प्रयोजनमा खर्च गर्ने गर्छन् । पूजाको नाममा केही निजी विद्यालयहरूले विद्यार्थीहरूलाई अनावश्यक मानसिक तनाब दिने गरेको देखिन्छ । त्यो बोझ विद्यार्थीलाई मात्र होइन अभिभावकलाई पनि पर्छ ।
केही सचेत अभिभावकहरू भन्ने गर्छन् कि पूजालाई मौलिक सामान्य ढङ्गले मनाएको खण्डमा विद्यार्थी– अभिभावकलाई आर्थिक बोझ हँुदैनथ्यो । पूजालाई रचनात्मक ढङ्गले मनाएको खण्डमा विद्यार्थी–अभिभावक र विद्यार्थीहरूलाई अनावश्यक तनाव पनि हँुदैनथ्यो । विद्यार्थीहरूको बौद्धिक क्षमताको विकास हुन्थ्यो । यसतर्फ सम्बन्धित निकायले ध्यान पु¥याउँदा उपयुक्त नै हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *