संविधान संशोधनबारे व्यापक छलफलको आवश्यकता
- श्रावण ४, २०८३
किसान र मजदुरहरू देशका बहुसङ्ख्यक जनता हुन् । तिनीहरूको मेहनतले देशमा अन्न उब्जाउ हुन्छ र मालसामान तयार हुन्छ । तिनीहरूकै मेहनतले कलकारखाना, स्कूल, कलेज, घर र अड्डाखानाहरू बन्छन्, किताब छापिन्छन् र कलमसमेत तिनीहरूले नै बनाउँछन् तर जुगौँजुगदेखि तिनीहरू चुसिएका छन्, तिनीहरूले पढ्ने, लेख्ने मौका पाएका छैनन् । यसकारण, तिनीहरूको सांस्कृतिक स्तर उठ्न पाएको छैन । तिनीहरूलाई भूगोलको ज्ञान छैन । तिनीहरू विज्ञान राम्रोसँग बुझ्दैनन्† इतिहास र अरु समाजशास्त्रहरू पढ्न पाएका हुँदैनन् । देश विदेशका सफल र असफल क्रान्तिबारे व्यवस्थित अध्ययनको मौका हुँदैन । यसरी तिनीहरूको सांस्कृतिक स्तरलाई सामन्तवाद र उपनिवेशवादले उठ्नै दिएको हुँदैन ।
तर, तिनीहरूले एउटा कुरा थाहा पाएका हुन्छन् । त्यो के हो ? तिनीहरूलाई थाहा छ कि देश र विदेशका शोषकहरूले तिनीहरूलाई चुसेका छन्† कम ज्याला दिन्छन्, आफ्नो मेहनतको भाग खोसेर लिएका छन् र मालसामान बढी मोल लिएर बेच्छन् । यो तिनीहरूले आफ्नै अनुभवबाट बुझेका हुन् । तर, यो कसरी भयो र कसरी यसलाई जरैदेखि उखेल्न सकिन्छ भन्ने कुरो सुरुमा बुझेका हुँदैनन् । पछि पछि अरु देशका मजदुर र किसान आन्दोलनहरूको सफलता र असफलताले उनीहरू नयाँ नयाँ शिक्षा प्राप्त गर्छन् र गर्दै पनि छन् । यो कुरो तिनीहरूले आफ्नै सङ्गठनबाट र सङ्घर्षबाट सिक्छन् । तर, पनि राजसत्ता कब्जा गर्ने सङ्घर्षको आफ्नै प्रत्यक्ष अनुभव नभएकोले धेरै कमी र खोटहरू पनि तिनीहरूमा हुन्छन् । यसकारण, हामी यो सबै कमी र खोटहरूलाई सांस्कृतिक स्तरको कमी नै भनौ । यहींनेर जनताका साहित्यकारले ध्यान पु¥याउनुपर्छ ।
किसान र मजदुरहरू पनि सामन्ती र पुँजीवादी समाजकै उपज भएका हुनाले यस समाजका खराबीहरूले तिनीहरूलाई पनि प्रभाव पारेका हुन्छन् । सुरु सुरुमा तिनीहरू शोषणको विरोधमा सङ्घर्ष गर्न जानेका हुँदैनन्† शोषणलाई भाग्यकै कारण सम्झन्छन् र नयाँ ढङ्गको सङ्गठन गर्न जानेका हुँदैनन् । व्यक्तिगत र सानातिना स्थानीय सङ्घर्षहरू त्यस्तै सानातिना कारणहरूलाई लिएर गर्छन् । सङ्गठन र सङ्घर्षको अनुभव नभएको हुनाले त्यो सङ्घर्ष बिचैमा दबाइन्छ या सफलै भए पनि कम उपलब्धि हुन्छ । अन्तसम्म सङ्घर्ष गरिरहने भावना हुँदैन । सैद्धान्तिक स्तर माथि पुगेको हुन्न । सङ्गठन पनि फितलो र भाइचारा खालको हुन्छ । तिनीहरूको नेतृत्व गर्ने साथीहरू पनि अनुभवी र पाका हुँदैनन् । के यहाँ आएर साहित्यकारहरूले जनताको यस्ता कमी र खोटहरूलाई उदाङ्ग्याउने हो ? तिनीहरूको फितलो सङ्गठन र नेतृत्वलाई विरोध र निन्दा गर्ने हो ? होइन, यहींनेर साहित्यले जनताको सेवा गर्नुपर्छ । कसरी ? जनतालाई आफ्नो कमी र खोटहरू थाहा पाउन दिनुपर्छ, ती कमी र खोटहरूमाथि विजय पाउन सघाउ पु¥याउनुपर्छ । दमन र हारले ल्याउने तिनीहरूको निराशा र शोकलाई नयाँ जोश र बलमा बदली दिनुपर्छ । फेरि प्रश्न उठ्छ कसरी ? भनौँ, एक कथाकारले कुनै गाउँको एक किसान सङ्घर्षको कथा लेख्छ । केही निश्चित किसानहरूमात्र सङ्घर्ष गर्न अगाडि बढ्छन् । अरु अलि ढलमलिएका हुन्छन् । सङ्घर्षमा किसानहरूको झन्डैझन्डै हार हुन्छ । अर्थात्, तिनीहरूले आफ्नो बाली ल्याउन पाउँदैनन्, बाली शोषकले लैजान्छ । एक दुईजना साथीलाई पुलिसले समातेर लान्छ अथवा शोषक र जालीफटाहालाई कालोमोसो दलेर, टिन ठटाएर गाउँमा घुमाउन पाएनन् । उल्टै शोषक पक्ष बलियो थियो र मुख्य शोषक फुत्क्यो । किसानहरू अस्थायीरूपले पछि हट्छन्, हार्छन् या निराश हुन्छन्, यो साँचो घटना हो । लेखक यहीँनिर आफ्नो कथा टुङ्गयाउँदैन । उसले आफ्नो कथामा किसानहरूको फेरि बैठक बोलाउन लगाउँछ । बैठकमा आफ्ना कमजोरी र खोटहरू केलाउँछन् । अरु गाउँका किसानहरूलाई पनि समयमै खबर नपुगेको हुन्छ अथवा अलि ढिलो आइपुगेको हुन्छ । साथीहरू आइनपुग्दैमा आफूहरू छिटो हिँडेर काम थाल्दा आफू कमजोर भएको झल्याँस्स हुन्छ । पहिले नै ठाउँ–ठाउँमा किसान सङ्गठनको आफ्नो मानिसहरू नखटाइएको हुन्छ । त्यसैले, शत्रु भाग्ने मौका पाउँछ आदि । यसरी आफ्ना खोट र कमजोरी पत्ता लगाइसकेपछि उनीहरू फेरि सङ्घर्षमा लाग्छन् । अब पहिलेको खोट र कमजोरीहरू हुन दिँदैनन् । पहिलेभन्दा किसान कार्यकर्ताहरू धेरै चनाखा हुन्छन् । यहाँ साहित्यकारहरूले जनताको कमजोरी र खोटहरू धुन दिन सघाउ पुयाएका हुन्छन् । यसले क्रान्ति अगाडि बढाउन एक गोलीको काम दिन्छ । यसलाई हामी साहित्यले जनताको सेवा गरेको भन्छौँ ।
त्यस्तै अर्का एक लेखक साथीले शोषकहरूको सभाको बयान गर्छ, तिनीहरूको माझमा शोषण र नाफाको निम्ति हानथाप हुन्छ, जालझेल र तानातानी चल्छ । देश र जनतालाई चुस्ने नयाँनयाँ जाल फैलाउने कुराकानी चल्छ र उनीहरू षड्यन्त्र रच्छन् । जनताले त्यहीँ धावा बोल्छन् । शोषकहरूलाई लछार्छन् आदि लेखकले यहाँ शोषकहरूलाई गिल्ला गरेको हुन्छ । तिनीहरूको स्वार्थलाई नङ्ग्याइदिएको हुन्छ । यसले जनतामा शोषकहरूप्रति झन् घृणा बढ्छ र तिनीहरूको बिचको बेमेललाई बुझ्न सघाउ पु¥याउँछ । त्यसले शोषकहरूको मनोबल तल झर्छ र निर्बलियो हुन्छ फेरि लेखकले शोषकहरूको बैठकमा धावा बोल्न लगाउँदा किसान कार्यकर्ताहरूको बहादुरीलाई गुणगान गर्छ । तिनीहरूको धावा गर्ने जुक्ति र चाँजोपाँजोको बयान गर्छ । किसान जनताको एकता र सङ्गठनको जय जयकार गर्छ । यसले किसानहरूको आफ्नो शोषणविरोधी सङ्घर्षमा विश्वास बढ्छ । तिनीहरूमा भएको हीनताको भावनालाई फाल्न सघाउ पु¥याउँछ । जनताको समर्थन र तारिफ गर्ने काममा र शत्रुहरूको निन्दा र विरोध गर्ने काममा साहित्यकारहरूले कहिलेकाहीँ यथार्थताको हाडखोडमा आदर्शको रगत मासु थपी दिनुपर्ने हुन्छ । अथवा, यथार्थताको तस्बिरमा एक दुइटा बुट्टा थपिदिनुपर्छ – टीका लगाएको जस्तै । यसप्रकार साहित्यकारहरूले आफ्नो भएभरको कलाको बलले किसान जनताको सेवा गर्छन् र क्रान्तिको उज्यालोलाई टाढा–टाढासम्म पु¥याइदिन्छन् ।
ठीक उल्टो यदि लेखकले यथार्थताको नाममा किसानहरूको सङ्घर्षलाई अशिक्षितहरूको असङ्गठित धावा र काँचो हमला भनी लेख्छ भने त्यसको अर्थ हो विरोध । यसले जनतालाई आफ्नो कमजोरी र खोटहरू हटाउन मद्दत गर्दैन । यसले वर्गशत्रुलाई सघाउ पुग्छ र ऊमात्रै खुसी हुन्छ । यस्तै शोषकहरूको सभालाई सुसंस्कृत, व्यवस्थित र औपचारिकताले परिपूर्ण आदि भनेर तारिफ गर्छ भने त्यसको अर्थ हो शोषकवर्गको पक्षमा लेख्नु । वर्गसङ्घर्षमा साहित्यकारहरू तटस्थ रहन सक्दैनन् । तिनीहरू यता कि उता लाग्नै पर्छ र लागेकै हुन्छन् । यहाँ कुन दृष्टिकोणले हेर्ने भन्ने कुरो नै मुख्य हुन आउँछ । शोषक वर्गीय दृष्टिकोण भएका साहित्यकारलाई किसान–मजदुर र जनताको पक्षमा लेख्न गाह्रो हुन्छ । लेखे पनि त्यसमा बनावटीपन आउँछ, भद्दा हुन्छ, जहिलेसम्म त्यसले आफ्नो मनलाई कामदार वर्गको पक्षमा लगाएको हुँदैन अथवा अर्पण गरेको हुँदैन । उसको रचनामा चमक र ज्यान आउँदैन । त्यस्तै सर्वहारा दृष्टिकोण भएका साहित्यकारले शोषक वर्गको तारिफमा कलम चलाउन सक्दैन । उसलाई आफ्नो मनले नै दिँदैन । फेरि जसले शोषकवर्गको पक्षमा मनैदेखि कलम कोर्छ त्यो सर्वहारावर्ग र जनताको साहित्यकार हुँदैन ।
स्रोत : जनताको साहित्य र साहित्यकार
Leave a Reply