विल्हेम वेट्लिङबारे सङ्क्षिप्त जीवनी
- श्रावण १, २०८३
विश्वविद्यालय सञ्चालनार्थ अनुमति दिँदा के के नोक्सानी होला ? सरसरती हेर्दा विश्वविद्यालय खुल्दा कलेजको सङ्ख्या धेरै चाहिन्छ, प्राध्यापकको सङ्ख्या धेरै चाहिन्छ, डाक्टरको सङ्ख्या धेरै चाहिन्छ, इन्जिनियर र वकिलको सङ्ख्या पनि बढी चाहिन्छ । टङ्कप्रसाद आचार्य प्रधानमन्त्री हुँदा उनी भक्तपुर गएका थिए । त्यहाँ कलेज पढ्ने विद्यार्थीहरूले एउटा जुलुस प्रदर्शन गरे । भक्तपुरमा कलेज स्थापना गरेमा पढाइ राम्रो हुने, धेरै विद्यार्थी पढ्न सक्ने थिए, उच्च शिक्षा छिटो विकास हुने कुरा राखिएको थियो । नत्र, ठिमी भक्तपुरदेखि त्यति लामो सडक आउजाउ गरी आईए, बीए, एमए पढ्नुपथ्र्यो । थोरै मान्छे भक्तपुर, ठिमी, बोडेदेखि हिँडेर काठमाडौँ त्रिचन्द्र कलेज पढ्नुपर्ने । पुस्तक नपाइने अर्को समस्या त छँदै थियो । काठमाडौँ खाल्डो भोटाहिटीमा एउटा र असनमा एउटा गरी दुई वटामात्र पुस्तक पसल थिए । पुस्तक किनेर ल्याउँदा जिल्ला पनि किनेर ल्याउने चलन थियो । यसैले पुस्तकको सा¥है माया गरिन्थ्यो । त्यही उनी पछिका पुस्तक भाइहरूले पनि प्रायः पढ्थे । त्यो जमानामा महिलाले पढ्ने चलन थिएन । स्कूल गएर पढ्दैनथे । अङ्गुरबाबा जोशीले पढ्न सुरु गरिछन् । भाइ कृष्णप्रसाद पन्तको पुस्तक लुकाएर पढ्दी रहिछन् । सर्वप्रथम पहिलोपल्ट नेपालमा २००७ सालपछि मात्र एसएलसी जाँच दिँदा साहना प्रधान, साधना प्रधान, अर्की एकजना अङ्गुरबाबासमेत चार जनाले प्रवेशिका परीक्षा दिएका रहेछन् । महिलाले जाँच दिन आए गएको रमिता नै भएछ । धेरै पुरुषहरूले हेरेका थिए रे !
यति भ्याउनु भो ?
ख्वप विश्वविद्यालयलाई सञ्चालनको स्वीकृति दिँदा के बिग्रने रहेछ ? त्यो रहस्य मैले भने बुझिनँ । कि नेपाल मजदुर किसान पार्टीले एउटामात्र विश्वविद्यालय सञ्चालन गर्ने अनुमति पायोे भने नेमकिपाले मुलुकभरको शिक्षा कब्जा गर्छ भने त्रास छ हो ? ख्वप विश्वविद्यालयको जग त्यति बलियो छ र ? अध्ययन अध्यापन गर्ने विश्वविद्यालयमा सबैतिरको राम्रो हावा आउन पाउनुपर्छ । यति स्वतन्त्रताको उपभोग र उपयोग पनि गर्ने हिम्मत नभएकोले विश्वविद्यालय सञ्चालनको केही औचित्य छ र ? एउटा मजाका भनाइहरू नेपाली भाषामा कि काम्लोमा पिठो नै नमुछ्नु मुछिसकेपछि नघिनाउनु । काम्लोमा मुछेको पिठो घिनलाग्ने हुन्छ नै । विश्वविद्यालय सञ्चालन नगर्ने हो भने व्यापक र दीर्घकालीन सोच नै हुँदैन । दीर्घकालीन सोच नभई थालिएका साना वा ठूला कदमको दीर्घकालको प्रत्याभूति हुँदैन । यसो भनेर ख्वप कलेज त्यसको कदम कसैले अनुसरण ग¥यो भने के त्यो व्यक्ति वा संस्था सफल होला ? परिणाम, घरमा ख्वप कलेजको कुरा गर्ने केटी वा केटालाई उनीहरूको घरमा के भन्दा हुन् ? उनीहरूमा मायाप्रिति बसेको रहेछ, ख्वप विश्वविद्यालय खुल्छ र बिहे गर्ने भनेका भए के भए होलान् ? यस्तो कसैले नपत्याउने कुरा कसैले नगरौँ । यस्तो कामले धेरैलाई नोक्सानमात्र परेको छ, नोक्सानमात्र पार्छ । सरकार छ कि छैन यो देशमा ? लौन हो प्रचण्ड कति ठट्टा गर्नुहुन्छ ? मान्छेहरू धेरै आत्तिइसक्यो यसो तपाईं अलिकति ध्यान दिन भ्याउनुहोला ?
कहाँबाट आयो यो नपुसंक चरित्र
ख्वप विश्वविद्यालय के नेमकिपाको उल्काको कखरा हो ? भक्तपुरमा ख्वप विश्वविद्यालय स्थापना र सञ्चालनको बेला आएको छैन ? कसले गर्छ निक्र्योल ? ख्वप विश्वविद्यालय के लँगडा सोख हो नेमकिपाको ? कसले जवाफ दिने ? पदमा टाँसिएर बस्ने तर समस्या आउँदा मुन्टो लुकाउने प्रवृत्ति के प्रवृत्ति हो ? सरकार जिम्मेवार छ भने ख्वप विश्वविद्यालय विधेयक सदनमा अविलम्ब छलफल गरियोस् र समस्या लम्ब्याएर सडाउने काम सा¥है घिनलाग्दो हो, लुच्चो काम हो । भक्तपुरमा ख्वप विश्वविद्यालय सञ्चालन हुँदा क–कसलाई के के हानि हुन्छ त्यो भन्न सक्नुप¥यो । हामीले सरसरती हेर्दा कसैको केही हानि नोक्सानी हुँदैन । हुन्छ भन्ने किन हुन्छ नभन्ने तर विधेयक भने बिरालोले के लुकाएजस्तो गरी लुकाउने ¤? यो लुच्चाइ कहाँबाट सिके नेपालका राजनीतिक दलहरूले ? औपचारिकरूपमा कोही वा कुनै पार्टी पनि ख्वप विश्वविद्यालय स्थापना र सञ्चालनको समय आएको छैन कोही पनि भन्दैन । तर, जुन पार्टीको सरकार भए पनि विधेयक पेश गर्दैन । कस्तो नपुंसक प्रवृत्ति ? आँट भए विधेयक प्रस्तुत गर, अल्पमतमा पार सो विश्वविद्यालयको भ्रुण हत्या गर । त्यो आँट पनि नगर्ने तर विधेयक पेश पनि गर्न नसक्ने । यो नपुंसक चरित्र कहाँबाट सिकेको ?
विधेयक पारित गर
यसो हिसाब गरौँ । ख्वप विश्वविद्यालय विरोधीहरू कति वर्षमा यो विधेयक प्रस्तुत भएछन् ? धैर्यको पराकाष्ठा हुन्छ कि होइँदैन र ? भक्तपुरमात्र होइन देशभरका हजारौँ हजार विद्यार्थीका अभिभावकहरू आफ्ना बच्चा बच्चीलाई प्रस्तावित ख्वप विश्वविद्यालयमा पढाइरहेका छन् । सो विश्वविद्यालयका कति विशाल कति भूकम्पबाट पनि सुरक्षित बलवान भवनहरू निर्माण गरेका छन् । ती विश्वविद्यालयका पूर्वाधारहरू हेर्दा पनि लाग्छ यो विश्वविद्यालय झाराटार्ने बनाउन लागिएको छैन । सबै विश्वविद्यालय बनाउन लागेका छन् । भक्तपुर पर्यटकीय नगरी त हो हो । अबको पुस्ताले पनि सम्पदाको संरक्षण गरी कस्तो नमुना सहर बनाएको छ । ग¥यो भने के हुँदैन भन्ने आकर्षक उदाहरण भएको छ भक्तपुर । यो एउटा भक्तपुरमा नै बनाउन सकियो भने देश निर्माण प्रारम्भ भइहाल्छ नि ! आजको भक्तपुर हुन्छ भन्ने कतिजना पुराना साहु कल्पना पनि गर्दैनथ्यो । खोइ त हुँदोरहेछ ग¥यो भने । राज्य, सरकार र मुख्यतः सरकार सञ्चालन गर्ने राजनीतिक पार्टीहरू यति सानो कुरो पनि किन नबुझेको ? किन बुझ्ने प्रयास नगरेको ? यस्तै बेवास्ताहरूबाट राज्य चल्छ सधैँ ? लौन हो राज्य बिउँझिनुप¥यो । ख्वप विश्वविद्यालय विधेयक संसद् अधिवेशनमा अविलम्ब पेश हुनुप¥यो र पारित हुनुप¥यो ।
Leave a Reply