विल्हेम वेट्लिङबारे सङ्क्षिप्त जीवनी
- श्रावण १, २०८३
श्री अन्न भनेर भारतमा, कागुनो, चिनो, फापर चिनो, कोदोलाई ठूलो महत्व दिएर बजेटमा राखिएको छ यो सालको
नेपालले कहिले सिक्ने होला ?
कालीकोट र जुम्लामा बस्दा चिनो खान पाइन्छ भन्ने प्रश्नमा धेरै सरकारी कर्मचारी, व्यापारी आदिले भने, कहाँ आजकाल चिनो पाइन्छ र ? चिनो, कोदो, फापर त लगाउनै छोडे नि । अब त यहाँका मानिसहरूले पनि सेतो चामल खान पाएका छन् । किन चिनो लगाउन दुःख गर्नु नि ?
मैले भनेँ, चिनो त एकदम राम्रो पौष्टिक खाना हो । मेरो कुरा सुनेर जुम्लाका आदर्श किसान राम बुढा थापाले भनेका थिए । चिनो राम्रो भनेर कसलाई थाहा थियो र ? यसको बजार राम्रो पाए त म पनि रोप्थेँ नि । के गर्नु यहाँ स्थानीय अन्न नै सखाप पा¥यो सरकारले ।”
“सबैले खाने भनेको भातमात्रै हो भन्नेछ, नजिकको तीर्थ हेला भनेझैँ हुम्लीहरूले अझै कागुनोको महत्व बुझेका छैनन् ।”
जौ अति नै पोषणयुक्त अन्न हो । यसलाई टुसा उमारेर, पकाएर, उसिनेर, भुटेर खान सकिन्छ । चिसो मौसममा तातो तरकारी र दालको झोलमा जौको पिठो हालेर खानाले हाम्रो शरीरलाई सही पोषण दिन्छ । यसमा म्याग्नेसियम, फस्फरजस्ता सूक्ष्म पोषण तत्वका साथै रेशादार पदार्थ पर्याप्त मात्रामा पाइन्छ । जौले शरीरमा चिनीको मात्रालाई उचित ठाउँमा राख्न मद्दत गर्छ
जौले शरीरको आन्द्रा स्वस्थ राख्न ठूलो भूमिका निर्वाह गर्छ । यसमा रहेको रेशादार पदार्थले आन्द्रामा रहेको ‘असल किटाणु’ को रक्षा गर्छ । साथै, आन्द्राको क्यान्सर हुनबाट पनि बचाउँछ । जौमा रहेको पानी र अघुलनशील रेशादार पदार्थले शरीरमा कोलेस्टेरोल (बोसो) घटाउन मद्दत गर्छ ।
फापरमा पाइने ‘रुटिन’ नामक तत्वले शरीरमा भिटामिन ‘सी’ को कामलाई बढाउन मद्दत गर्छ अर्थात् रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । साथै, फापरमा रहेको तत्वले बुढ्यौलीको प्रक्रियालाई कम गराउने अनुसन्धानले देखाएको छ ।
जौमा जस्तै फापरमा पनि पर्याप्त मात्रा म्याग्नेसियम हुन्छ, जसले शरीरका रक्तनलीलाई प्रभाव पारेर उच्च रक्तचाप कम गराउँछ ।
गहुँ र फापरको आँटा मिसाएर बनाएको रोटीमा शरीरलाई चाहिने धेरै पौष्टिक तत्व प्रदान गर्छ । फापरमा रहेको प्रोटिन उच्चस्तरको प्रोटिन मानिन्छ । यसरी विभिन्न किसिमका पौष्टिक तत्वहरू पाइने फापरलाई हेपेर हामीले पोषणसम्बन्धी समस्याहरू आफैँ निम्त्याइरहेका छौँ ।–
Leave a Reply