कबड्डी प्रतियोगितामा सहभागी हुन जाने खेलाडीलाई बिदाइ तथा शुभकामना
- कार्तिक २०, २०८३
काठमाडौँ, २६ माघ । भारतको राजधानी नयाँ दिल्लीमा १३ देखि २७ मार्चसम्म सञ्चालन हुन गइरहेको विश्व महिला च्याम्पियनसिपका लागि भक्तपुरका अस्मिता दुवाल छनौट भएका छन् ।
नेपाल बक्सिङ्ग सङ्घद्वारा आयोजित राष्ट्रव्यापी खुला छनोट प्रतियोगिताको ५० किलो तौल समूहको फाइनल खेलमा नेपाल पुलिस क्लवका दिवाना सेर्मालाई अङ्कको आधारमा पराजित गर्दै अस्मिता दुवाल छनोट भएकी थिइन् । फेदर वेट ५७ किलो तौल समूहको फाइनल खेलमा आर्मीका चन्द्रकला थापाले झापाका सुस्मिता राईलाई ५ः० अङ्कको आधारमा पराजित गर्दै छनोट भएकी थिइन् । ६० किलो तौल समूहको फाइनल खेलमा एपीएफका सङ्गीता सुनारले आर्मीका निरु गुरुङलाई ४ः१ अङ्कको आधारमा पराजित गर्दै छनोट भएकी थिइन् र मिडिल वेट ७५ किलो तौल समूहको फाइनल खेलमा एपीएफका सरस्वती रानामगरले झापाका त्रिसा जवेगुलाई ५ः० अङ्कको आधारमा पराजित गर्दै छनोट भएकी थिइन् ।
Leave a Reply