मध्यपूर्व सङ्कट गहिरिँदै
- जेष्ठ २८, २०८३
युरोपेली क्षेत्रमा विश्वव्यापी मागमा सबैभन्दा बढी निर्भर हुने उद्योगहरूमा कर्पोरेट मुनाफा वृद्धिको कारणले गर्दा मुद्रास्फीति दर बढेको हो । फलस्वरूप युरोपेली क्षेत्रका कम्पनीहरूले हालै निर्यात मूल्य बढाएर ‘आयात गर्दै आएका मुद्रास्फीति’ निर्यात गरिरहेका छन् ।
युरोप र अमेरिकाले जारी गरेको उच्च मुद्रास्फीति सूचाङ्कको साथसाथै आर्थिक तथ्याङ्कले विश्व बजारको ध्यान आकर्षित गरेको छ । विशेषगरी युरोपेली क्षेत्रमा मुद्रास्फीति सूचाङ्क वार्षिकरूपमा ९ दशमलव १ प्रतिशतले बढेको छ, जुन १९९१ पछिको उच्च रेकर्ड हो । यद्यपि, अमेरिकी मुद्रास्फीति सूचाङ्क अघिल्लो वर्षको जूनमा ९ दशमलव १ प्रतिशतको उच्चतम बिन्दुमा पुगेपछि गिरावट सुरु भयो । अगस्टमा यो अझै ८ दशमलव ३ प्रतिशतको उच्चस्तरमा रहेको छ । तथ्याङ्गले उच्च मुद्रास्फीति छोटो अवधिमा समाधान हुन्छ भन्ने मानिसहरूको अपेक्षालाई ठूलो मात्रामा गलत साबित गरेको छ र धेरै मानिसहरूले अझै मूल्य बढ्ने सम्भावना रहेको महसुस गरेका छन् ।
यसका कारणहरू स्पष्ट छन् । युरोपले ठूलो ऊर्जा सङ्कटको सामना गरिरहेको छ । केही देशहरूमा १० गुणा वार्षिक वृद्धिको साथै ग्यास र तेलको सङ्कटको कारण युरोपेली देशहरूमा बिजुलीको मूल्य आकाश छोएको छ । जाडोमा ऊर्जाको माग झनै बढ्ने हुनाले यसको मूल्य बढ्दा युरोपमा बढ्ने मुद्रास्फीतिलाई यसले ठूलो योगदान पु¥यायो । अमेरिकासँग पर्याप्त ऊर्जा हुँदा पनि इन्धनको उच्च मूल्यले पनि अरु वस्तुको मूल्य बढायो । अझ महत्वपूर्ण कुरा अमेरिकी कोभिड–१९ को नीतिले श्रमको अभाव र बढ्दो ज्यालाको कारणले गर्दा उच्च ज्याला र उच्च मुद्रास्फीतिले एकअर्कालाई जोड्ने दुष्चक्रमा फसेको छ जहाँबाट निस्किन गाह्रो भएको छ ।
१९८० पछि सबैभन्दा खराब मुद्रास्फीतिको सामना गरिरहेको युरोप र अमेरिकाले मौद्रिक नीति झन् कडा गर्दै छन् । यस वर्षको मार्चदेखि संयुक्त राज्य अमेरिकाले चार दशकमा सबैभन्दा छिटो वृद्धि रिकर्ड कायम गर्दै चार पटकमा ३ सय प्रतिशत अङ्कले ब्याजदर बढाएको छ । युरोपेली केन्द्रीय बैङ्कले पनि दुई दशकयताकै सबैभन्दा ठूलो ब्याजदर वृद्धि गरेको छ । तसर्थ, उच्च मुद्रास्फीतिले ल्याएको ठूलो सामाजिक दबाब युरोप र अमेरिकाको निम्ति लगभग प्रलय नै भएको छ ।
यद्यपि, युरोप र अमेरिकालगायत अधिकांश देशको अर्थतन्त्रले कोभिड–१९ महामारीबाट पूर्णरूपमा निको हुन सकेको छैन र बढ्दो ब्याजदरले उनीहरूको आर्थिक वृद्धिलाई नकारात्मक क्षेत्रमा दोहो¥याउने सम्भावना छ । अमेरिकी अर्थतन्त्रले लगातार दुई त्रैमासिक अवधिमा नकारात्मक वृद्धि दर्ता गरेको छ । यसैबिच सरकारी ऋणपत्रको छोटो अवधिको ब्याजदर बढेको छ जसले अमेरिकी आर्थिक दृष्टिकोणप्रति बजारको निराशावादी मनोवृत्तिलाई झल्काउँछ । यद्यपि युरोपेली क्षेत्रको अर्थतन्त्र वर्षको पहिलो आधामा बढेको छ । यसले अन्धकार भविष्यको सामना गरिरहेको छ र औद्योगिक उत्पादनलाई असर गर्ने ऊर्जा अभावको ठूलो झट्काको कारण यस वर्ष मन्दीमा फस्ने प्रबल सम्भावना पनि छ ।
मौलिकरूपमा वर्तमान उच्च मुद्रास्फीतिको मुख्य कारण पश्चिमी विकसित देशहरूले पहिले अपनाएको अति–सजिलो मौद्रिक नीति हो । अमेरिकी डलर, युरो र अन्य अन्तर्राष्ट्रिय मुद्राहरूको भूमिकालाई ध्यानमा राख्दै धेरै विकासशील देशहरूले पश्चिमी देशहरूभन्दा पनि खराब अवस्थाको सामना गरिरहेका छन् । विशेषगरी अमेरिकी केन्द्रीय बैङ्कद्वारा आक्रामक ब्याजदर वृद्धि सुरु भएदेखि गैर–अमेरिकी डलर मुद्राहरू उल्लेखनीयरूपमा अवमूल्यन भएका छन् । अमेरिकी डलरको तुलनामा पाउन्ड, युरो र येनजस्ता विकसित अर्थतन्त्रका मुद्राको विनिमय दर घटेको छ । अझ खराब कुरा पाकिस्तान, इजिप्ट, घाना र टर्कीजस्ता उदयीमान अर्थतन्त्रका मुद्राहरू पनि कम बिक्री भएका छन् । विकासोन्मुख देशहरूका केही केन्द्रीय बैङ्कहरूले ठूलो आर्थिक मन्दीबाट बच्नको लागि विकसित बैङ्कले गरेजस्तै व्याजदर बढाउनु परेको छ । यसरी पश्चिमी देशहरूमा देखिएको मुद्रास्फीतिले विश्वव्यापी अर्थतन्त्रलाई नराम्ररी धक्का दिएको छ ।
खासमा वर्तमान उच्च मुद्रास्फीतिको मुख्य कारण पश्चिमी विकसित देशहरूले पहिले अपनाएको अति–लचिलो (सुपर–इजी) मौद्रिक नीति हो । अति–लचिलोे मौद्रिक नीतिकोे विशेषता भनेको आर्थिक वृद्धि र मुद्रास्फीतिलाई बढाउनको लागि धेरै कम ब्याज दर र उच्च स्तरको मौद्रिक प्रोत्साहन हुन् । यो नीति प्रायः केन्द्रीय बैङ्कहरूले आर्थिक मन्दी वा सङ्कटको समयमा उधारो र खर्चलाई उत्प्रेरित गर्न र आर्थिक पुनरुत्थानलाई बढावा दिन प्रयोग गर्दछ । अर्थतन्त्रमा थप पैसा पठाउनको लागि सरकारी ऋणपत्र वा अन्य वित्तीय सम्पत्तिहरू खरिद समावेश हुन्छ । यसले व्यवसाय र व्यक्तिहरूलाई पैसा उधारो लिन सजिलो र सस्तो बनाउँछ जसले आर्थिक गतिविधि बढाउनमा मद्दत गर्छ ।
अर्कोतिर विश्वका प्रमुख अर्थतन्त्रहरूमध्ये एसियाली मुलुक चीनको मुद्रास्फीति सामान्य दायराभित्र राखिएको छ । २०२२ पछि यसको उच्चतम मुद्रास्फीति २ दशमलव ५८ प्रतिशतमा रहेको छ । अघिल्लो वर्षको तुलनामा साह्रै कम हो । यसले विश्वव्यापी मुद्रास्फीतिलाई थोरै भएपनि नियन्त्रण गर्न योगदान पु¥याएको छ । चीनसँग अपेक्षाकृत पूर्ण औद्योगिक प्रणाली छ र ऊर्जाजस्ता कच्चा पदार्थको मूल्यमा भएको वृद्धिलाई अझ राम्रोसँग अवशोषित गर्नसक्ने भएको केन्द्रीय बैङ्कलाई आर्थिक वृद्धिलाई टेवा पु¥याउन थप लचिलो मौद्रिक नीतिहरू अपनाउन सजिलो बनेको छ । यसले व्यवसायको वित्तीय लागत घटाएको छ र जनतालाई आवास ऋण र उपभोग ऋणको दबाब कम गरेको छ भने वास्तविक अर्थतन्त्रलाई बढावा दिइरहेको छ । चिनियाँ तथ्याङ्क ब्यूरोका अनुसार वार्षिक दुई करोड युआनभन्दा बढी राजस्व भएका औद्योगिक कम्पनीहरूको उत्पादन, उपभोग्य वस्तुको कुल खुद्रा बिक्री, स्थिर–सम्पत्ति लगानी र वित्तीय राजस्वलगायतका सूचकहरू अघिल्लो महिनाको तुलनामा बढेका छन् । यद्यपि, विश्वले पश्चिमी देशहरूमा बढ्दो मुद्रास्फीतिमा विशेष ध्यान दिनुपर्दछ । इतिहासको समीक्षाले विश्वका प्रमुख देशहरूमा हुने हरेक महत्वपूर्ण मुद्रास्फीतिले विश्वव्यापी अर्थतन्त्रलाई विनाश गर्ने कुरा देखाएको छ । उदाहरणका लागि प्रथम विश्वयुद्धपछि जर्मनीजस्ता देशहरूद्वारा लिइएको अति–लचिलोे मौद्रिक नीति र केही पश्चिमी देशहरूमा अराजक मौद्रिक नीतिहरूको कारणले भएको उच्च मुद्रास्फीतिले गर्दा जर्मनीमा दक्षिणपन्थी शक्ति सरकारमा आउन सफल भएको थियो र मन्दी पछाडि विश्वलाई असर पार्ने महत्वपूर्ण घटना हुन गयो ।
त्यसैले, प्रमुख पश्चिमी देशहरूमा उच्च मुद्रास्फीति र मौद्रिक नीतिहरूले विश्वव्यापी अर्थतन्त्रलाई हानि पु¥याउन सक्ने सम्भावना छ । यस सन्दर्भमा घरेलु उच्च–प्रविधिको विकास र आपूर्ति शृङ्खलाहरू सुरक्षित गर्दै चीन र जापानजस्ता एसियाली आर्थिक शक्तिले अन्य देशहरूसँगको आर्थिक सहयोगलाई पनि बलियो बनाउनुपर्छ ।
(विभिन्न समाचार ऐजेन्सीको सहयोगमा)
Leave a Reply