भर्खरै :

युरोपेली उच्च मुद्रास्फीतिले विश्वव्यापी अर्थतन्त्रमा पार्ने असर

युरोपेली उच्च मुद्रास्फीतिले विश्वव्यापी अर्थतन्त्रमा पार्ने असर

युरोपेली क्षेत्रमा विश्वव्यापी मागमा सबैभन्दा बढी निर्भर हुने उद्योगहरूमा कर्पोरेट मुनाफा वृद्धिको कारणले गर्दा मुद्रास्फीति दर बढेको हो । फलस्वरूप युरोपेली क्षेत्रका कम्पनीहरूले हालै निर्यात मूल्य बढाएर ‘आयात गर्दै आएका मुद्रास्फीति’ निर्यात गरिरहेका छन् ।
युरोप र अमेरिकाले जारी गरेको उच्च मुद्रास्फीति सूचाङ्कको साथसाथै आर्थिक तथ्याङ्कले विश्व बजारको ध्यान आकर्षित गरेको छ । विशेषगरी युरोपेली क्षेत्रमा मुद्रास्फीति सूचाङ्क वार्षिकरूपमा ९ दशमलव १ प्रतिशतले बढेको छ, जुन १९९१ पछिको उच्च रेकर्ड हो । यद्यपि, अमेरिकी मुद्रास्फीति सूचाङ्क अघिल्लो वर्षको जूनमा ९ दशमलव १ प्रतिशतको उच्चतम बिन्दुमा पुगेपछि गिरावट सुरु भयो । अगस्टमा यो अझै ८ दशमलव ३ प्रतिशतको उच्चस्तरमा रहेको छ । तथ्याङ्गले उच्च मुद्रास्फीति छोटो अवधिमा समाधान हुन्छ भन्ने मानिसहरूको अपेक्षालाई ठूलो मात्रामा गलत साबित गरेको छ र धेरै मानिसहरूले अझै मूल्य बढ्ने सम्भावना रहेको महसुस गरेका छन् ।
यसका कारणहरू स्पष्ट छन् । युरोपले ठूलो ऊर्जा सङ्कटको सामना गरिरहेको छ । केही देशहरूमा १० गुणा वार्षिक वृद्धिको साथै ग्यास र तेलको सङ्कटको कारण युरोपेली देशहरूमा बिजुलीको मूल्य आकाश छोएको छ । जाडोमा ऊर्जाको माग झनै बढ्ने हुनाले यसको मूल्य बढ्दा युरोपमा बढ्ने मुद्रास्फीतिलाई यसले ठूलो योगदान पु¥यायो । अमेरिकासँग पर्याप्त ऊर्जा हुँदा पनि इन्धनको उच्च मूल्यले पनि अरु वस्तुको मूल्य बढायो । अझ महत्वपूर्ण कुरा अमेरिकी कोभिड–१९ को नीतिले श्रमको अभाव र बढ्दो ज्यालाको कारणले गर्दा उच्च ज्याला र उच्च मुद्रास्फीतिले एकअर्कालाई जोड्ने दुष्चक्रमा फसेको छ जहाँबाट निस्किन गाह्रो भएको छ ।
१९८० पछि सबैभन्दा खराब मुद्रास्फीतिको सामना गरिरहेको युरोप र अमेरिकाले मौद्रिक नीति झन् कडा गर्दै छन् । यस वर्षको मार्चदेखि संयुक्त राज्य अमेरिकाले चार दशकमा सबैभन्दा छिटो वृद्धि रिकर्ड कायम गर्दै चार पटकमा ३ सय प्रतिशत अङ्कले ब्याजदर बढाएको छ । युरोपेली केन्द्रीय बैङ्कले पनि दुई दशकयताकै सबैभन्दा ठूलो ब्याजदर वृद्धि गरेको छ । तसर्थ, उच्च मुद्रास्फीतिले ल्याएको ठूलो सामाजिक दबाब युरोप र अमेरिकाको निम्ति लगभग प्रलय नै भएको छ ।
यद्यपि, युरोप र अमेरिकालगायत अधिकांश देशको अर्थतन्त्रले कोभिड–१९ महामारीबाट पूर्णरूपमा निको हुन सकेको छैन र बढ्दो ब्याजदरले उनीहरूको आर्थिक वृद्धिलाई नकारात्मक क्षेत्रमा दोहो¥याउने सम्भावना छ । अमेरिकी अर्थतन्त्रले लगातार दुई त्रैमासिक अवधिमा नकारात्मक वृद्धि दर्ता गरेको छ । यसैबिच सरकारी ऋणपत्रको छोटो अवधिको ब्याजदर बढेको छ जसले अमेरिकी आर्थिक दृष्टिकोणप्रति बजारको निराशावादी मनोवृत्तिलाई झल्काउँछ । यद्यपि युरोपेली क्षेत्रको अर्थतन्त्र वर्षको पहिलो आधामा बढेको छ । यसले अन्धकार भविष्यको सामना गरिरहेको छ र औद्योगिक उत्पादनलाई असर गर्ने ऊर्जा अभावको ठूलो झट्काको कारण यस वर्ष मन्दीमा फस्ने प्रबल सम्भावना पनि छ ।
मौलिकरूपमा वर्तमान उच्च मुद्रास्फीतिको मुख्य कारण पश्चिमी विकसित देशहरूले पहिले अपनाएको अति–सजिलो मौद्रिक नीति हो । अमेरिकी डलर, युरो र अन्य अन्तर्राष्ट्रिय मुद्राहरूको भूमिकालाई ध्यानमा राख्दै धेरै विकासशील देशहरूले पश्चिमी देशहरूभन्दा पनि खराब अवस्थाको सामना गरिरहेका छन् । विशेषगरी अमेरिकी केन्द्रीय बैङ्कद्वारा आक्रामक ब्याजदर वृद्धि सुरु भएदेखि गैर–अमेरिकी डलर मुद्राहरू उल्लेखनीयरूपमा अवमूल्यन भएका छन् । अमेरिकी डलरको तुलनामा पाउन्ड, युरो र येनजस्ता विकसित अर्थतन्त्रका मुद्राको विनिमय दर घटेको छ । अझ खराब कुरा पाकिस्तान, इजिप्ट, घाना र टर्कीजस्ता उदयीमान अर्थतन्त्रका मुद्राहरू पनि कम बिक्री भएका छन् । विकासोन्मुख देशहरूका केही केन्द्रीय बैङ्कहरूले ठूलो आर्थिक मन्दीबाट बच्नको लागि विकसित बैङ्कले गरेजस्तै व्याजदर बढाउनु परेको छ । यसरी पश्चिमी देशहरूमा देखिएको मुद्रास्फीतिले विश्वव्यापी अर्थतन्त्रलाई नराम्ररी धक्का दिएको छ ।
खासमा वर्तमान उच्च मुद्रास्फीतिको मुख्य कारण पश्चिमी विकसित देशहरूले पहिले अपनाएको अति–लचिलो (सुपर–इजी) मौद्रिक नीति हो । अति–लचिलोे मौद्रिक नीतिकोे विशेषता भनेको आर्थिक वृद्धि र मुद्रास्फीतिलाई बढाउनको लागि धेरै कम ब्याज दर र उच्च स्तरको मौद्रिक प्रोत्साहन हुन् । यो नीति प्रायः केन्द्रीय बैङ्कहरूले आर्थिक मन्दी वा सङ्कटको समयमा उधारो र खर्चलाई उत्प्रेरित गर्न र आर्थिक पुनरुत्थानलाई बढावा दिन प्रयोग गर्दछ । अर्थतन्त्रमा थप पैसा पठाउनको लागि सरकारी ऋणपत्र वा अन्य वित्तीय सम्पत्तिहरू खरिद समावेश हुन्छ । यसले व्यवसाय र व्यक्तिहरूलाई पैसा उधारो लिन सजिलो र सस्तो बनाउँछ जसले आर्थिक गतिविधि बढाउनमा मद्दत गर्छ ।
अर्कोतिर विश्वका प्रमुख अर्थतन्त्रहरूमध्ये एसियाली मुलुक चीनको मुद्रास्फीति सामान्य दायराभित्र राखिएको छ । २०२२ पछि यसको उच्चतम मुद्रास्फीति २ दशमलव ५८ प्रतिशतमा रहेको छ । अघिल्लो वर्षको तुलनामा साह्रै कम हो । यसले विश्वव्यापी मुद्रास्फीतिलाई थोरै भएपनि नियन्त्रण गर्न योगदान पु¥याएको छ । चीनसँग अपेक्षाकृत पूर्ण औद्योगिक प्रणाली छ र ऊर्जाजस्ता कच्चा पदार्थको मूल्यमा भएको वृद्धिलाई अझ राम्रोसँग अवशोषित गर्नसक्ने भएको केन्द्रीय बैङ्कलाई आर्थिक वृद्धिलाई टेवा पु¥याउन थप लचिलो मौद्रिक नीतिहरू अपनाउन सजिलो बनेको छ । यसले व्यवसायको वित्तीय लागत घटाएको छ र जनतालाई आवास ऋण र उपभोग ऋणको दबाब कम गरेको छ भने वास्तविक अर्थतन्त्रलाई बढावा दिइरहेको छ । चिनियाँ तथ्याङ्क ब्यूरोका अनुसार वार्षिक दुई करोड युआनभन्दा बढी राजस्व भएका औद्योगिक कम्पनीहरूको उत्पादन, उपभोग्य वस्तुको कुल खुद्रा बिक्री, स्थिर–सम्पत्ति लगानी र वित्तीय राजस्वलगायतका सूचकहरू अघिल्लो महिनाको तुलनामा बढेका छन् । यद्यपि, विश्वले पश्चिमी देशहरूमा बढ्दो मुद्रास्फीतिमा विशेष ध्यान दिनुपर्दछ । इतिहासको समीक्षाले विश्वका प्रमुख देशहरूमा हुने हरेक महत्वपूर्ण मुद्रास्फीतिले विश्वव्यापी अर्थतन्त्रलाई विनाश गर्ने कुरा देखाएको छ । उदाहरणका लागि प्रथम विश्वयुद्धपछि जर्मनीजस्ता देशहरूद्वारा लिइएको अति–लचिलोे मौद्रिक नीति र केही पश्चिमी देशहरूमा अराजक मौद्रिक नीतिहरूको कारणले भएको उच्च मुद्रास्फीतिले गर्दा जर्मनीमा दक्षिणपन्थी शक्ति सरकारमा आउन सफल भएको थियो र मन्दी पछाडि विश्वलाई असर पार्ने महत्वपूर्ण घटना हुन गयो ।
त्यसैले, प्रमुख पश्चिमी देशहरूमा उच्च मुद्रास्फीति र मौद्रिक नीतिहरूले विश्वव्यापी अर्थतन्त्रलाई हानि पु¥याउन सक्ने सम्भावना छ । यस सन्दर्भमा घरेलु उच्च–प्रविधिको विकास र आपूर्ति शृङ्खलाहरू सुरक्षित गर्दै चीन र जापानजस्ता एसियाली आर्थिक शक्तिले अन्य देशहरूसँगको आर्थिक सहयोगलाई पनि बलियो बनाउनुपर्छ ।
(विभिन्न समाचार ऐजेन्सीको सहयोगमा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *