खेलकुदले अनुशासन, नेतृत्व र आत्मविश्वास विकास गर्ने भएकोले अध्ययनसँगै खेलकुदमा पनि निरन्तर लाग्नुपर्ने
- जेष्ठ २४, २०८३
भक्तपुर, ५ फागुन । भक्तपुर युवा टिम भक्तपुरको आयोजनामा शुक्रबारदेखि दोश्रो भक्तपुर कप खुला फुटबल प्रतियोगिता सुरू भएको छ ।
प्रतियोगिताको उद्घाटन सङ्घीय सांसद एवं नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले गर्नुभएको थियो ।
उद्घाटन समारोहमा भक्तपुर युवा टिमका अध्यक्ष केशव त्वानाबासु, आयोजक टिमका संस्थापक अध्यक्ष विश्वराम कवां, टिमका सल्लाहकार उकेश कवां, महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठ, अखिल नेपाल फुटबल एसोसिएसन एन्फाका उपाध्यक्ष वीरजङ्ग शाह, भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक थापा, भक्तपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष गौतम सुजखूलगायतले खेलकुदका विभिन्न क्षेत्रबारे बोल्नुभएको थियो ।
प्रतियोगिता फागुन ५ देखि १३ गतेसम्म हुने जनाइएको छ । प्रतियोगिताका खेलहरू महेश्वरी खेल मैदानमा सुरू भएका छन् । प्रतियोगिताको विजेताले १ लाख २५ हजार र उपविजेताले ६० हजार रूपैयाँ प्राप्त गर्ने जनाइएको छ ।
प्रतियोगितामा १६ वटा टिमहरूको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन खेल आयोजक भक्तपुर युवा टिम भक्तपुर र बौद्ध एफसी काठमाडौँबिच सुरू भएको थियो ।
‘अनुशासन र स्वास्थको लागि खेलकुद’ भन्ने नाराका साथ भक्तपुर युवा टिम २०५० सालमा गठन भएको थियो । टिमले गतवर्ष २०७८ फागुन ६ देखि १४ सम्म खुल्ला भक्तपुर कप फुटबल प्रतियोगिताको आयोजना गरेको थियो ।
Leave a Reply