भर्खरै :

अन्तर नगर खो खो प्रतियोगितामा भक्तपुरको दुवै टीम क्वाटरफाइनलमा प्रवेश

अन्तर नगर खो खो प्रतियोगितामा भक्तपुरको दुवै टीम क्वाटरफाइनलमा प्रवेश

भक्तपुर, ७ फागुन । भक्तपुर नगरपालिकाको आयोजनामा भइरहेको अन्तरनगर पुरुष खो खो प्रतियोगिताको लिग चरणका खेलहरू आइतबार सम्पन्न भएका छन्
प्रतियोगिताको लिग चरणबाट आयोजक भक्तपुर नगरपालिकाका दुवै टीम क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएका छन् ।
भक्तपुर नगरपालिकाको ‘बी’ टिम समूह ‘घ’ बाट विजेता र ‘ए’ टिम समूह क बाट उपविजेता भएर क्वाटरफाइनल प्रवेश गरेका हुन् । त्यसैगरी समूह ‘क’ बाट धनगढी उपमहानगरपालिका विजेता भई क्वाटरफाइनल प्रवेश गर्न सफल भएको छ । समूह ‘ख’ बाट ठाकुरबाबा नगरपालिका विजेता र नवलपुर जिल्लाको कावासोटी नगरपालिका उपविजेता हुँदै क्वाटरफाइनल प्रवेश गरेका छ्न्् ।
समूह ‘ग’ बाट भने कीर्तिपुर नगरपालिकाले लिग चरणका तीनवटा नै खेल जित्दै यस समूहको विजेता र यही समूहबाट सङ्खुवासभा जिल्लाको खाँडबारी नगरपालिका उपविजेता हुँदै क्वाटर फाइनल प्रवेश गर्न सफल भएका छन् ।
भक्तपुर नगरपालिकाको ‘बी’ टीम विजेता भएको समूह ‘घ’ मा भने बारा जिल्लाको कलैया उपमहानगरपालिका उपविजेता हुँदै समूह चरण पार गर्न सफल भएको छ ।
आइतबार बिहान सम्पन्न लिग चरणका अन्तिम खेलहरूमा खाँडबारी नगरपालिकाले भरतपुर महानगरपालिकालाई २८–६ अङ्कले, कलैया नगरपालिकाले बनेपा नगरपालिकालाई ९–० अङ्कले, ठाकुरबाबा नगरपालिकाले कावासोटी नगरपालिकाले २५– ३ अङ्कले र धनगढी उपमहानगरपालिकाले पोखरा महानगरपालिकालाई १६–५ अङ्कले पराजित गरेका थिए ।
त्यस्तैगरी कीर्तिपुर नगरपालिकाले खाँडबारी नगरपालिकालाई १५–३ अङ्कले, भक्तपुर नगरपालिकाको ‘बी’ टीमले बनेपा नगरपालिकालाई ३१–७ अङ्कले र कलैया नगरपालिकाले वीरगञ्ज महानगरपालिकालाई ११–८ अङ्कले पराजित गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *