विकास निर्माणलाई अघि बढाउँदा ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक सम्पदाको संरक्षणलाई विशेष प्राथमिकता दिनुपर्ने
- असार ७, २०८३
भक्तपुर, १० फागुन । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा तेह«ौँ नगरसभा बैठकको सातौँ दिन सभा चालू रह्यो । बुधबार बसेको सभाले भक्तपुर नगरपालिका, सहकारी नियमावली २०७९ सुझावसहित सर्वसम्मतिले पारित ग¥यो ।
भक्तपुर नगरपालिकाको सहकारी ऐन २०७४ लाई व्यवस्थितरूपमा कार्यान्वयन गर्न सहकारी नियमावली २०७९ प्रस्तुत गरिएको बताउँदै सभाध्यक्ष प्रजापतिले नगरभित्र सहकारीहरूलाई नियमन गरी उत्पादनमूलक क्षेत्रमा लगानी गराउन नियमावलीले थप सहयोग पु¥याउने बताउनुभयो ।
सो नियमावलीमा एकै वा फरक प्रकृतिका दुई वा दुईभन्दा बढी संस्था वा सङ्घले अन्तर सहकारी सहयोगको भावनाले संयुक्त वा साझेदारीमा आप्mनो उत्पादन वा सेवाको बजारीकरणका लागि कारोबार, व्यवसाय, उद्योग वा परियोजना सञ्चालन गर्न सकिने उल्लेख छ भने समस्याग्रस्त सहकारी व्यवस्थापनसम्बन्धी कार्य गर्न छुट्टै व्यवस्थापन समिति गठन गरिने व्यवस्था रहेको छ ।
सभामा नियमावलीमाथि भएको छलफलमा सभासद्हरू रामसुन्दर बासी, पुरुषोत्तम तमखु र नारायणप्रसाद बासीले सञ्चालक समिति पदाधिकारीहरूको फोटोसहित स्पष्ट परिचय खुल्ने होर्डिङ बोर्डको व्यवस्था गर्नुपर्ने, सहकारी संस्थाहरूलाई उत्पादनमूलक क्षेत्रमा लगानी गराउन ऐनमा बाध्यात्मक व्यवस्था गर्नुपर्ने,कालोसूचीमा रहेका ऋणीहरूलाई नगरपालिकाले दिने सुविधाबाट वञ्चित गर्नुपर्नेलगायत सुझाव दिनुभयो ।
सहकारी नियमावली २०७९ माथि उठेका जिज्ञासा विधायन समितिका संयोजक हरिराम सुवालले प्रस्ट पार्नुभयो ।
Leave a Reply