भर्खरै :

दोस्रो भक्तपुर कप–२०७९ को फाइनलमा द हिलिङ होम एफसी र केदारनाथ सुटर्स प्रवेश

दोस्रो भक्तपुर कप–२०७९ को फाइनलमा द हिलिङ होम एफसी र केदारनाथ सुटर्स प्रवेश

भक्तपुर, ११ फागुन । भक्तपुर युवा टीमको आयोजनामा भइरहेको दोस्रो भक्तपुर कप–२०७९ खुला फुटबल प्रतियोगिताको फाइनल खेल द चरणमा द हिलिङ होम एफसी र केदारनाथ सुटर्स फाइनलमा प्रवेश गर्न सफल भएको छ ।
बिहीबार भएको भक्तपुर युवा टीम र द हिलिङ होम एफसीबिचको पहिलो खेलमा खेलको निर्धारित समयमा दुवै टीमबाट ३–३ गोलको बराबरी नतिजा भएको थियो । दुवै टीमबिच भएको पेनाल्टी सुट आउटमा द हिलिङ होम एफसीले भक्तपुर युवा टीमलाई २–४ गोलले पराजित गरी द हिलिङ होम एफसी फाइनल प्रवेश गरेको हो ।
खेलबाट भक्तपुर युवा टीमका जर्सी नम्बर ४ का जान लिम्बु उदीयमान खेलाडी घोषित भए भने जर्सी नम्बर ७ का अमित लामा उत्कृष्ट खेलाडी घोषित भएका थिए ।
त्यस्तै बिहीबार नै भएको दोस्रो सेमिफाइनल खेलबाट केदारनाथ सुटर्स फाइनल चरणमा प्रवेश गर्न सफल भएको छ । केदारनाथ सुटर्स र गोदावरी युनाइटेड एफसीलाई ३–१ गोलले पराजित गरी केदारनाथ सुटर्स फाइनलमा प्रवेश गरेको हो । खेलबाट केदारनाथ सुटर्सका जर्सी नं. ४ का सतिस सुवाल उत्कृष्ट खेलाडी र गोदावरी युनाइटेड एफसीका जर्सी नं. ८ का सम्राट लिम्बु उदयीमान घोषित भएका थिए ।
फागुन ५ गते शुक्रबारदेखि सुरु भएको दोस्रो भक्तपुर कप–२०७९ खुला फूटबल प्रतियोगिताको फाइनल, पुरस्कार वितरण तथा समापन समारोह नेपाल मजदुर किसान पार्टीका श्रद्धेय अध्यक्ष एवम् वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँको प्रमुख आतिथ्यमा फागुन १३ गते शनिबार हुने जानकारी आयोजक टीमका अध्यक्ष केशव त्वानाबासुले दिनुभयो ।
प्रतियोगिताको विजेताले नगद एक लाख पच्चीस हजारसँगै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद साठी हजारसँगै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
प्रतियोगिताबाट अनुशासित टीम र उत्कृष्ट खेलाडीलाई नगद दस हजार र ट्रफी प्रदान गरिने छ । प्रतियोगिताका उत्कृष्ट मिडफेन्डर, डिफेन्डर, गोलकिपर, कोच र प्रतियोगिताको उदयीमान खेलाडीलाई नगद पाँच हजार र ट्रफी प्राप्त गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *