स्थानीय पाठ्यक्रम अध्यापनको लागि शिक्षकको व्यवस्था कहिले ?
- असार ९, २०८३
आम सञ्चारमा गुल्मी जिल्लाको समाचार प्रकाशित भयो– ७२ घर भएकोमा ६२ युवा वैदेशिक रोजगारीमा । केटाकेटी पढाउन बुहारीहरू पनि सहर गइन्, गाउँमा ज्येष्ठ नागरिक मात्रै । गुल्मी जिल्लामा नेका र एमालेबाट धेरै मन्त्री भएका छन् । लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरेर निजामती र अन्य सरकारी सेवामा धेरै सङ्ख्या कर्मचारी भएको जिल्ला पनि गुल्मी हो । आज गुल्मी जिल्लामा खेतीपाती गर्ने ज्येष्ठ नागरिकमात्रै छन् । गाउँमा मर्दापर्दा सहयोग गर्ने युवा छैनन् गुल्मी जिल्लामा । नेका, एमाले, माओवादी, रास्वपा, राप्रपा, जसपा, जनमतलगायत शासक दलहरूले चुनावताका त आकाशका तारा पनि भुइँमा झार्ने आश्वासन दिएका थिए । निर्वाचनको बेला वैदेशिक रोजगारीमा गएका देशका युवालाई देशभित्रै रोजगारी दिने बताएका शासक दलका प्रधानमन्त्री, मन्त्री, सांसद, उच्च अधिकारीहरू काठमाडौँ उपत्यकामा घरजग्गा जोडेर परिवारसहित बसेका छन् । देशको सन्तुलित विकास गर्ने र युवालाई स्वदेशमा रोजगारी दिने प्रधानमन्त्री, मन्त्री, सांसद र उच्च अधिकारीहरू आआफ्नो निर्वाचन क्षेत्रमै बसोबास गर्नुपर्ने कानुन बनाउनु आवश्यक छ ।
गुल्मी जिल्लाको यो पीडा प्रतिनिधि उदाहरणमात्रै हुन् । देशभरिका ८० लाख युवा एक हजारभन्दा बढी म्यानपावर कम्पनीहरूमार्फत ११० भन्दा बढी देशमा बहुराष्ट्रिय कम्पनीको लागि सस्तो ज्यामी बन्न बाध्य छन् । यसरी वैदेशिक रोजगारीमा गएका युवाहरूको लाश दैनिक ८–१० ओटा फिर्ता भइरहेका छन् । नेपाली युवालाई घर खेत बेचेर विदेश पठाउने प्रधानमन्त्री, मन्त्री, सांसद र उच्च अधिकारीहरू आफ्ना छोराछोरीलाई विभिन्न देशका राम्रा विश्वविद्यालयमा उच्च शिक्षा अध्ययन गराउँदै छन् ।
Leave a Reply