नयाँ नयाँ सेवा सञ्चालन गर्दै जनतालाई स्वास्थ्य सेवा प्रदान गर्ने कार्यलाई निरन्तरता दिनुपर्ने
- कार्तिक २०, २०८३
भक्तपुर, २५ फागुन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को अध्यक्षतामा फागुन २५ गते केन्द्रीय सचिवालयको बैठक बस्यो । उक्त बैठकले राष्ट्रपतिको निर्वाचनमा पार्टी सहभागी नहुने निर्णय ग¥यो । पार्टीको सो निर्णयबारे पार्टीका सचिव प्रेम सुवालले बिहीबार एक प्रेस वक्तव्य जारी गर्नुभयो । उक्त वक्तव्यको व्यहोरा निम्नाअनुसार रहेको छ –
आज २०७९ फागुन २५ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुने राष्ट्रपतिको निर्वाचनबारे पार्टी केन्द्रीय सचिवालयको बैठकमा छलफल भयो । राष्ट्रपतिको उम्मेदवार व्यक्ति होइन, पार्टीको दृष्टिकोण हो । राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय विषयमा नेका र एमालेको दृष्टिकोणमा तात्विक अन्तर छैन ।
राष्ट्रपति पदमा उम्मेदवार दिएका नेका र एमालेले वर्तमान र भविष्यको अमेरिकी कानुन र नीति पालना गर्नुपर्ने एमसीसी सम्झौता, अमेरिकी सेनाले नेपालको सैनिक ब्यारेक कब्जा गर्ने एसपीपी साझेदारी, नेपाली सेनालाई भाडाको सिपाही बनाउने गोर्खा भर्ती, नेपाललाई भारतको सुरक्षा छातामा राख्ने सन् १९५० को नेपाल–भारत सन्धि, कोसी, गण्डक, महाकाली, माथिल्लो कर्णाली, अरुण तेस्रो, पश्चिम सेतीलगायत नेपालको हितविपरीतका सन्धि सम्झौताहरू खारेज गर्ने प्रतिबद्धता गरेका छैनन् ।
जन्मको आधारमा नेपाली नागरिकता लिएका विदेशीका छोराछोरीलाई वंशजको नेपाली नागरिकता दिने नागरिकता विधेयक खारेज गर्ने, ७१ भन्दा बढी ठाउँमा भारतले अतिक्रमण गरेको ६० हजार हेक्टरभन्दा बढी नेपाली भूमि फिर्ता ल्याउने, नेपाली भूमि कालापानीमा ७० वर्षभन्दा अगाडिदेखि कब्जा गरी बसेका भारतीय सेनालाई हटाउने लगायत विषयमा पनि ती दुबै पार्टीले प्रतिबद्धता गरेका छैनन् ।
यसकारण, राष्ट्रपतिको निर्वाचनमा पार्टी सहभागी नहुने निर्णय भयो ।
Leave a Reply