तिहार
- कार्तिक १४, २०८३
थोरै ज्यालामा धेरै श्रम गर्ने नारी तिमी
समानताको लामो यात्राका लागि अघि सरौँ
छाउपडी र लैङ्गिक विभेदलाई समाजबाट उन्मूलन गर्न
चेतनाको राँको बाल्न एकजुट भई अघि बढौँ ।
तिम्रो नाम र रूपलाई देखाउने साधन रूपमा नभई
असल र सुशासनयुक्त समाज निर्माणमा सदुपयोग गरौँ
सुन्दर पहिरन र तडकभडकमा नभुली तिमी
राजनैतिक सांस्कृतिक चेतनास्तर बढाउने कार्यमा जुटौँ ।
बैजनी रङ्गले न्याय र गरिमालाई प्रतिनिधित्व गरेसरि
नारी तिमी न्याय र समानताका प्रतीक बनी अघि बढौँ
आरक्षण नभई अवसरको दिऔ भन्ने बुलन्द आवाज बोकी
संसारका श्रमिक महिलालाई एक गर्न यात्रामा हिँडौँ ।
राम्रो ज्याला र मताधिकारका लागि लड्ने क्लाराजस्तै
कामदार महिलाको हकहितको लडाइँमा होम्ने आँट गरौँ
११३ औँ श्रमिक महिला दिवसको सुखद सन्देश बोकी
गाउँ सहर बस्तीमा चेतनाको लहर फैलाउने प्रण गरौँ ।
Leave a Reply