कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
-हिना
भक्तपुर, १० असोज । दशैं नजिकिएसँगै सबैलाई आफ्नो गाउँ तथा जन्मथलो जाने हतारो छ । सबै परिवारसँगै बसी दुःख, सुखको कुरा साट्ने हिन्दुहरुको महान् चाड हो, दशैं । यो पर्वमा विदेशमा रहेका युवाहरु पनि छुट्टि लिएर घर फर्कन्छन् । तर, रुकूममा घर भएकी सुनिता रोकामगरलाई भने घर जाने चाहना हुँदाहुँदै पनि घर जान नसकेको बताउँछिन् । फेरि उनको काममा बिदा पनि छैन । टीकाको एकदिन मात्र बिदा छ । सुनिता घर बनाउने काम गर्छिन् । डोकोमा बालुवा, ईटा बोक्छिन् । तर उनलाई त्यो टिकाको एकदिन कसरी बिताउने भन्ने थाहा छैन ।
२७ वर्षकी सुनिताको एक छोरा छ । त्यही छोरोलाई मँहगीमा लुगा किनिदिन नसक्ने उनको दुखेसो छ । सुनिता भन्छिन्, ‘बिहेपछि त मलाई दशैं नै आएन । हरेक दिन काम गर्दा पनि यो महँगीले सताइहाल्छ ।’ उनी ३ वर्षको एक पटकमात्र आफ्नो गाउँमा पुग्छिन् । भाइलाई भाइटिकासमेत गर्न पाएको छैन, सुनिताले आफ्नो दुख पोखिन् । “श्रीमान् ट्रकमा खलासीको रुपमा काम गर्नुुहुन्थ्यो । तर केही महिनाअघि सानो दुर्घटना भएकोले अहिले राम्रोसँग काम गर्न सक्नुहुन्न । त्यसैले झन् सबै जिम्मेवारी मेरो काँधमा आएको छ,” सुनिता भन्छिन् । त्यसैले यसपालिको उनको दशैं झनै खल्लो हुने भयो ।
सुनिताको श्रीमान् अरु युवाजस्तै कमाउनको निम्ति विदेश नगएको होइन । ‘बुढो एक लाख पचास हजार ऋण काढेर साउदी अरबमा जानुभएको थियो । दलालले फ्रिभिसामा एउटा सस्तो कम्पनीमा लगाइदियो । त्यहाँ काम सा¥है गा¥हो भएको हुनाले उहाँ ३ वर्षमै फर्कनुभयो,’ सुनिताले भनिन् । विदेश गएको ऋण चुक्ता भएको छैन । तीन वर्षमा हातमा केही पनि परेन । उल्टो फर्कंदा गाडीको लागि भाडा पनि म आफैंले नै बोकेर जानुप¥यो । गाउँकै चिन्ने मान्छेले पठा्रइदिएको हो, त्यही चिन्ने मान्छेले नै ठ्ग्यो । एउटा नराम्रो कम्पनीमा फ्रिभिसामा पठाइदिएको रहेछ । काम पनि फेरि सा¥है गा¥हो रहेछ । त्यसैले यतै नेपालमा नै केही गर्छु भनी फर्के तर यहाँ पनि केही काम पाउन सक्नुभएन । सुनिताले भनिन् । सुनिताको श्रीमान् धनबहादुर रोकामगरलाई गाडी चलाउन आउँछ र साथै लाइसेन्स पनि छ, तर देश बाहिरको । कसैको गाडी भाडामा चलाउने काम गर्ने सोचे तर महिनौ बित्दा पनि काम पाएका छैनन् । काम खोज्दाखोज्दै भएको पैसा पनि सकियो । भोलि आउ, पर्सि आउ गर्दागर्दै महिनौ बित्यो तर काम बनेन । जहाँ पनि आफ्नै मान्छे । कि त पैसाको खाँचो हुन्छ, हाम्रो देशमा, धनबहादुर भन्छन् ।
दशैंको पहिलेको रमझम सम्झँदै उनी बताउँछिन्, गाउँमा साथीसङ्गी खेल्दै, पिङ खेलेको एकदमै रमाइलो थियो । दशैंमा हामी भात खान पाउँछौं । एकदमै रमाइलो हुन्थ्यो । गाउँमा मकै र गहँुमात्र फल्थ्यो, त्यो नै वर्षभरि खान्थ्यौ । दशैमा भने बुबाले चामल किनेर ल्याइ, भात खान्थ्यौ । त्यही सबैसँग रमाइलो हुन्थ्यो ।
अहिले बजारभाउ सबै महँगो भइसकेको छ । एकदिनको रु.६ सय आम्दानी हुने काम गर्छु, त्यही पनि पुग्दैन । उनी सुनाउँछिन् । महिनाको रु.२५ सय घर भाँडा र विद्यालयमा छोरोको शुल्क तिनुपर्छ । साथै दिनदिनै तरकारी किनेर खानुपर्छ । अरु पनि सबै किन्नुपर्छ । भविष्यको लागि जम्मा गर्ने त कहिले हो कहिले, सुनिता बताउँछिन् । सुनिता एक प्रतिनिधि पात्रमात्र हो, सुनिताजस्तै कयौं मजदुर दशैंमा घर जान सकिरहेको छैन ।
Leave a Reply