नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
व्यवस्थापिका–संसद सञ्चालन गर्न आवश्यक गणपुरक सङ्ख्यासम्बन्धि नियम मिचेर मङ्गलबार सभामुख ओनसरी घर्तीमगरले संसदको कार्यबाही अघि बढाएको घटना नेपालको प्रजातान्त्रिक इतिहासमा सदैव कलङ्कको रुपमा रहिरहनेछ । संसद चलिरहँदा कोही एक जना मात्र सांसद पनि उठेको अवस्थालाई संसद अवरोध मानिने प्रचलनको बर्खिलाप गर्दै संसद–सदस्यहरुले नाराबाजी गर्दै गर्दा समेत सभामुखले विधेयक पारित भएको घोषणा गरिन् । यो प्रजातन्त्र र विधिको शासनको उल्लंघन र अपमान हो ।
संसदभवन भित्र जम्मा १२९ जना मात्र सांसदहरु सहभागी भएको बेलामा सभामुखले १५१ जना सांसद सहभागी भएको झुठ बोलेर विधेयक पारित भएको घोषणा गरिन् । संवैधानिक निकायको प्रमुख पदमा आसिन व्यक्ति समेतले यसप्रकार झुठ बोलेर जबरजस्ती आफ्नो मनोमानी लाद्नु लोकतन्त्रविरोधी कदम हो । कुनै पनि लोकतान्त्रिक देशमा संसदलाई लोकतान्त्रिक अभ्यासको सबभन्दा उच्चतम थलो मानिन्छ । सदनभित्र सांसदहरुले बोलेका कुराको तत्काल सम्बोधन हुनु र त्यसवापत कुनै मुद्दा नचल्ने बन्दोबस्त नै लोकतन्त्रको सर्वोत्तम पक्ष मानिन्छ । संसद सांसदहरुले आफूले प्रतिनिधित्व गरेको वर्गको पक्षमा सङ्घर्ष गर्ने संवैधानिक थलो हो । तर जब कुनै संसदमा सांसदहरुको कुनै सुनुवाई हुँदैन बरु चर्को नाराबाजीबीच पनि जबरजस्ती कुनै पनि कानुन पारित गरिन्छ भने लोकतन्त्रको नाममा पाखण्ड सावित हुनेछ ।
लोकतन्त्रको सबभन्दा सुन्दरतम पक्ष भनेको विचारको कदर हुनु हो भन्ने मान्यता छ । तर संवैधानिक निकायको प्रमुखले कानुनी रुपमा कोही सांसदले उठाएको कुराको सम्बोधन नगरी झुठको आडमा विधेयक पारित गर्छन् भने संसदको नाटक किन जरुरी भयो र ? कुनै दल विशेषको पार्टी कार्यालय वा कसैको निवासमा बैठक बसेर आफूले खोजेको विधेयक पारित गर्दा के समस्या हुन्छ र ? अब कम्तीमा सभामुख ओनसरी घर्तीले कुनै पनि सन्दर्भमा लोकतन्त्रको शब्दोच्चरण गर्नु अनैतिक हो ।
शक्तिपृथकीकरणको सिद्धान्तअनुसार सभामुख सरकारलाई निरङ्कुश बन्न रोक्ने शक्तिकेन्द्रका प्रमुख हुन् । कार्यपालिकालाई अधिकार दिने कानुनबाट सकभर देश र जनताको अहित नहोस् भन्ने विषयमा सभामुख सदैव सजग बन्नु पर्ने हो । त्यसकारण सदनबाट पारित हुने कुनै पनि विधेयकमाथि विभिन्न कोणबाट छलफल गराउनु सभामुखको कर्तव्य हो । तर मङ्गलबार सभामुख घर्तीमगरको प्रस्तुति आफै कार्यपालिका सदस्यको जस्तो देखियो । सभामुख पद राजनीतिक पार्टीबाट पूर्ति हुने पद भए तापनि पदासीन भएपश्चात सभामुख दलभन्दा माथि बस्न जान्नु पर्दछ । तर घर्तीमगरको रवैया हिजो उनी संलग्न रहेको माओवादी केन्द्र सम्मिलित सरकारलाई टेको दिने खालको थियो । तसर्थ सभामुखको व्यवहार शक्तिपृथकीकरणको सिद्धान्तप्रति चुनौती हो र लोकतन्त्रमाथि निरङ्कुश मानसिकताको हमला हो ।
Leave a Reply