आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
सुर्खेत, १३ चैत । नेपाल क्रान्तिकारी महिला सङ्घ सुर्खेतको प्रथम जिल्ला सम्मेलन वीरेन्द्रनगर सुर्खेतमा शनिबार सम्पन्न भयो ।
सम्मेलनमा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य नर्मा गुरुङले भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादलाई खुसी पार्नको लागि शासक पार्टीहरूले नागरिकता विधेयक ल्याएको बताउनुभयो ।
उहाँले एमसीसी सम्झौता र एसपीपी साझेदारी देशघाती भएको हुँदा उक्त सम्झौता र समझदारी खारेजीको लागि नेमकिपाले विरोध गर्दै जाने बताउनुभयो ।
नेमकिपा सुर्खेतका जिल्ला संयोजक हरिबहादुर बोहराले समाजवादी व्यवस्थामा मात्र महिला मुक्ति सम्भव हुने बताउनुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घका अध्यक्ष तुल्सी खड्काको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेमकिपा वीरेन्द्रनगर समितिका अध्यक्ष शेरबहादुर शाही, नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय सदस्य प्रेमकुमार थापा, नेमकिपा बाँकेका सदस्य प्रकाश शाही, प्राध्यापक समाजका शारदा पौड्याल, नेपाल क्रान्तिकारी मजदुर सङ्घका अकल राना, महिला सङ्घका जानकी सुनार, व्यापारी समाजका मुनबहादुर सुनार, महिला सङ्घका बिजुकला रानाले शुभकामना व्यक्त गर्नुभएको थियो ।
बन्द सत्रले तुल्सी खड्काको अध्यक्षतामा नेक्रामहिला सङ्घको सुर्खेत जिल्ला समिति गठन गरेको छ ।
Leave a Reply